2026-09-08 12:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मध्यपश्चिमकै सबैभन्दा बढी बेरुजु रहेको जिबिस मुगु

चैत १८, मुगु । जिल्ला बिकास समिति मुगुमा रहेको बेरुजु फछ्र्यौट गर्न नसकि मध्यपश्चिमका  जिल्लाहरु मध्य सबै भन्दा बढी बेरुजु देखीएको आर्थिक ०७१।०७२ सम्मको लेखा परिक्षण गर्दा सम्म जिल्ला बिकास समिति मुगुको नाममा रु ३० करोड बेरुजु रहेकोमा ४२ लाख फछ्र्यौट गरेको देखीएको जिबिस मुगुका स्थानिय बिकास अधिकारी प्रहलाद प्रसाद पुडासैनीले बताएका छन । बेरुजु क कसको नाममा रहेको छ त्येसको नामावली बिवरण लिन जादा लेखापाल ईश्वरी चन्द्र अधिकारीले समय लाग्छ समय दिन नसकिने बताएका छन ।

चालु आर्थिक वर्ष २०७२ । ०७३ का लागि जिल्ला विकास समितिले विकास खर्च तर्फ विनियोजन गरिएको बजेट मध्य हालसम्म ६ करोड ४७ लाख ८१ हजार २ सय दश रुपैयाँ मात्र खर्च भएको जिल्ला विकास समिति मुगुले जनाएको छ ।

जिल्ला विकास समिति मुगुले चालु आर्थिक वर्षका लागि कुल विनियोजन गरेको कुल ४१ करोड ९३ लाख ७६ हजार ५ सय ६७ रुपैयाँ मध्य आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकिरहँदा ६ करोड ४७ लाख ८१ हजार रकम मात्र खर्च भएको छ । कहिले जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारी उपस्थित नहुनु, कहिले लेखा अधिकृत नहुने र समयमा नै उपभोक्ता समितिले योजना सम्झौता गर्न नआउनुले पनि समयमा नै विकास बजेट खर्च हुन नसकेको जिल्ला विकास समितिले जनाएको छ । एक त मन्त्रालयबाट नै बजेटको निकासामा ढिलाई हुने गरेका कारणले पनि बजेट खर्च हुन नसकेको जिल्ला विकास समिति मुगुका लेखापाल ईश्वरी अधिकारीले बताए ।

हिउँदमा जाडोको समयमा काम हुन नसकेको, केही समय परिषदमा नै अलमलिनु परेका कारण सोचे जति बजेट खर्च हुन नसकेको र आर्थिक वर्षको अन्त्यसम्म सबै बजेट खर्च हुने जिल्ला विकास समिति मुगुका स्थानीय विकास अधिकारी प्रल्हादप्रसाद पुडासैनीले बताए । दलिय विवादका कारण निर्वाचन क्षेत्र विकास कार्यक्रमको १ करोड पचास लाख रकमका योजनाहरु पनि अहिलेसम्म विवादित अवस्थामा नै रहेको पुडासैनीले बताए ।

जिल्ला प्राविधिक कार्यालय र जिल्ला विकास समिति अन्तरगतका विकास योजनाहरु यि निकाय मातहतका ग्रामीण पहुँच कार्याक्रम , जलवायु सहयोग कार्यक्रम, विकेन्द्रीत ग्रामीण पुर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम, सामुदायिक सिचाई कार्यक्रमका योजनाहरुको रकम खर्च हुन सकेको छैन । उपभोक्ताहरुले विकास योजनाको पेश्की रकम लिए पनि अहिलेसम्म कति प्रगती भयो भन्ने विवरण आउन नसकेको, उपभोक्तालाई योजना सञ्चालनका लागि सम्झौता गर्न पटक पटक आग्रह गरे पनि कार्यालयमा नआएको जिल्ला प्राविधिक कार्यालयका लेखापाल कृष्णबहादुर सेजुवालले जानकारी दिए ।

जिल्लाको विकास पुर्वाधारका लागि विनियोजन गरिएको बजेट तथा कार्यक्रमका लागि हरेक वर्ष विभिन्न बहानामा वैशाखको मध्य देखि मात्रै योजना सम्झौता हुने तथा हतारमा विकासका काम नै नभएर करोडौ बजेट खेर जाने गरिरहेको स्थानीयको आरोप छ । विकासको बजेट आर्थिक वर्षको अन्तिममा खर्च गर्न खोज्दा ठुलो रकम बालुवामा पानी हाले सरह हुने र उतिकै ठूलो परिमाणको रकम खर्च हुन नसकेर फिर्ता जाने गरेको छ । चालु आर्थिक वर्षमा मात्रै जिल्ला विकास समिति मार्फत साना ठुला गरेर ८५ वटा योजना प्राथामिकतामा राखिएको भए पनि हाल सम्म १०,१२ वटा योजना मात्र सम्झौता भएका छन अन्य योजना कुन ठाउका हुन कसैलाई पनि थाहा छैन ।

योजना सम्झौता गर्न आएका मुगु ३ सुकाढी बाट २ दिन पैदल आएका प्रेम रावल बताउछन् । कर्मचारी समयमा नआउनाले हामी कुरी बसेका छौ । नेकपा एमालेका का.वा अध्यक्ष र्धम बहादुर शाही बताउछन । समयमा कार्यालय प्रमुख र लेखापाल जिल्लामा नबस्ने प्रवृतिले अहिले सम्म योजना सम्झौता हुन नसकेको र जिल्लामा रहेका कृयासिल राजनितिक दलहरुले छिठो योजना सम्झौता गर्न लगाउने निर्णय गरेका उनले बताए । कतिपय योजना सम्झौता हुन सकेका छैनन भने कतिपय योजनाको अवस्था के छ भन्ने कसैलाई जानकारी छैन । असारको समयमा अधिकासं योजनाहरु कागजमा सिमित मिलाएर राख्ने जिल्लाको बिकासलाई पछाडी धकेल्ने र पेर्सोनल ब्यक्ति मोटाउने प्रबिर्ती मुगुमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल