२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

बिश्व हात धुने दिवस ६ चरणले हात धोएर मनाइयो

२९ आश्विन २०७४, आईतवार ११:१५

टेक शाही | असोज २९, डोल्पा | “हाम्रा हातहरु हाम्रा भबिष्य” भन्ने मुल नाराका साथ डोल्पामा बिश्व हात धुने दिवस मनाइएको छ । जिल्ला समन्वय समितिको प्राङ्गणबाट र्याली निकालेर दुनै बजारको बिरेन्द्र्र चोकमा गएर हातधुने दिवस मनाइएको हो । 

दिवसमा उपस्थिति भएका उच्चपदाधिकारिहरु,जनप्रतिनिधिहरु,स्वास्थय स्वयम सेबिकाहरु,सरकारी तथा गैरसरकारी निकायमा स्वास्थय सम्बन्धी काम गर्ने सामाजिक सहजकर्ताहरु,सञ्चारकर्मिहरुले हातधुने ६ वटा बिधिको प्रयोग गरि हात धोएका थिए । 

यसरि ६ वटा बिधि प्रयोग गरेर दैनिक हात धोएमा हामीले हातको माध्यामबाट लाग्ने सबै किसिमका रोगहरुबाट बच्न सकिने सहजकर्ता दिलमाँया केसिले दिवसमा उपस्थित सबैलाइ जानकारि गराइन । उनले भनिन हामी सबैले काम गरि सकेपछि,सौचालय गए पछि,खाना बनाउनु अघि र खाना खानु भन्दा पहिले सावुन पानिले मिचिमिचि ६ वटा चरणमा हात धुनु पर्ने बताइन । 


बिरेन्द्र चोकमा बाटोमा बिभिन्न कामले आएका बटुवा र साना साना बिद्यार्थिहरुले समेत बिश्व हात धुने दिवसमा ६ वटा चरणमा हात धोएका नेपाल रेडक्रस सोसाइटिले जानकारि दिएको छ । यसरि दिवसका दिनमा बाटैमा बसेर सबैलाइ स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कुरा सिकाउनुले धेरै उपलब्धी पाउने जिल्ला खानेपानि कार्यालयले बताएको छ । 

करिव ११ बजे सम्म चोकमा राखेर सबैलाइ हात धुने तरिका सम्बन्धी जानकारि दिएको र दिउसो दुनै बोर्डिङ्गका १ सय ५० भन्दा धेरै बालबालिकालाइ उक्त ६ वटा हात धुने तरिकाबारे जानकारि दिएको डिएसबिएसले जानकारि दिएको छ । यसरि बिद्यालयमा रहेका बालबालिकालाइ सामुहिक रुपमा सिकाउदा अझ धेरै प्रभाबकारि हुने दुनै बोर्डिङ्ग स्कुलका प्रिन्सीपल लोकेन्द्र जैसिले बताए । उनका अनुसार साना नानिले स्वास्थ्य समबन्धी कुरा आफना अभिभाबकलाइ समजै सिकाउन सक्ने बताए । 

हात हुनु पर्छ भनेर भन्दा हरेक मानिसलाइ सामान्य कुरा लागने गर्दछ । तर हाम्रो हात नै हाम्रो मृत्यूको प्रमूख कारण हो भन्ने कुरा कसैले पनि सहजै स्वीकार्न सक्दैन । अहिले पनि धेरै जसो मानिसले हात नधोएर खाना खाने र स्वास्थ्यमा लापरवाहि गर्नाले बिरामी पर्ने गरेको चिकित्सकहरु बताउछन । 

फोहोर हातको कारण झाडापखला,आउ,हैजा लगायत अन्य बिभिन्न महामारि तथा सरुवा रोगहरु लाग्ने र समयमा उपचार नपाएर मृतयूको मुखमा पुग्ने गरेको तथ्याङ्क रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम