असोज २९, तेह्रथुम | तेह्रथुममा अन्तराष्ट्रिय ग्रामीण महिला दिवसको अवसरमा आयोजित खुला महिला दौडको प्रतियोगितामा पत्रकार नरमाया श्रेष्ठ विजयी भएकी छिन् । दुई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २९, तेह्रथुम | तेह्रथुममा अन्तराष्ट्रिय ग्रामीण महिला दिवसको अवसरमा आयोजित खुला महिला दौडको प्रतियोगितामा पत्रकार नरमाया श्रेष्ठ विजयी भएकी छिन् । दुई "/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ग्रामीण महिला दिवसमा आयोजित दौडमा पत्रकार श्रेष्ठ विजयी

२९ आश्विन २०७४, आईतवार ११:२०


असोज २९, तेह्रथुम | तेह्रथुममा अन्तराष्ट्रिय ग्रामीण महिला दिवसको अवसरमा आयोजित खुला महिला दौडको प्रतियोगितामा पत्रकार नरमाया श्रेष्ठ विजयी भएकी छिन् । दुई किलोमिटर दुरीको सो दौडमा चन्द्रकला तेयुङ द्धितीय र अनुशा राई तृतीय भएका छन् । 

जिल्ला महिला अधिकार मन्चसहित दर्जनौँ अधिकारवादी संघसंस्थाहरुले संयुक्तरुपमा ग्रामीण महिला दिवस मनाएका हुन् । सन् २००७ मा संयुक्त राष्ट्र संघको महासभाले गरेको निर्णय अनुसार सन् २००८ देखि यो दिवस मनाउन थालिएको थियो । 

प्राकृतिक श्रोत र कृषिमा निर्भर ग्रामीण महिलाको जीवनस्तर उकासौँ भन्ने सन्देशसहित मैत्रीपुर्ण महिला खेलकुदको आयोजना गरिएको महिला अधिकार मन्चकी अध्यक्ष इङवा सुब्बाले बताउनुभयो । उत्पादनमुलक कुषिमा महत्वपूर्ण योगदान गर्ने भएकाले ग्रामीण महिलाको अवस्था सुधारका लागि सबै एक भएर लाग्नु पर्नेमा जिल्लाका महिला अधिकारकर्मीहरुले जोड दिएका छन् । 

विश्वको जनसंख्याको एक तिहाई हिस्सा ग्रामीण महिलाकोे छ । तर ती महिला जीविकोपार्जनका लागि प्राकृतिक स्रोत र कृषिमा निर्भर छन् । ४३ प्रतिशत ग्रामीण महिलाले कृषि मजदुरको रुपमा काम गर्ने गरेको संयुक्त राष्ट्र संघको तथ्यांक छ । गम्भीर गरिबीमा रहेका मध्ये ७६ प्रतिशत मानिसको बसोबास ग्रामीण क्षेत्रमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा