२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीको मलंगवामा म्यादी प्रहरीमा भर्ना हुन आउनेको भिड

३० आश्विन २०७४, सोमबार ०२:३७

सरोज यादव | असोज ३०, सर्लाही | सर्लाहीको सदरमुकाम मलंगवामा म्यादी प्रहरीमा आबेदन दिन आउने युवा युवतीहरुको भिड बढ्दै गइरहेको छ ।

आसन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन का लागी मलंगवा स्थित जिल्ला प्रहरी कार्यालयको परिसरमा म्यादी प्रहरीको आबेदन दिने कार्य भइरहेको प्रहरी प्रवक्ता एवं डि एस पी राजेश थापाले बताउनुभएको छ ।उहाँका अनुसार प्रत्येक इलाका प्रहरी कार्यालय हरु बाट म्यादी प्रहरी भर्नाको लागि आबेदनफारम बितरण भए पनि दर्ता भने जिल्ला प्रहरी कार्यालय मलंगवा मै भइरहेको छ । 


आबेदन दिनको लागि गाउँ -गाउँबाट ठुलो संख्यामा युवा युवतीहरु मलंगवा आइरहेकोले फोटो कपि , फोटो स्टुडियो तथा सानातिना चिया नास्ता पसलको ब्यापार अहिले ब्यापक रुपमा फस्टाएको छ । चर्को घाम र गर्मीको प्रवाह नगरीदिनभरि लाइनमा बसेरै भए पनि युवाहरु आवेदन दर्ता गराउन को लागि तछाडमछाड गरिरहेका छन् । देशमा बढ्दै गएको बेरोजगारीका कारण छोटो समयको लागि भए पनि म्यादी प्रहरीमा भर्ना हुन आबेदन दिन आउने मानिसहरुको संख्या बढेको हो ।

मंसिर १० र २१ गते हुन लागिएको प्रदेश सभार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सरकारले देश भरीबाट९८ हजार २ सय ६८ जना म्यादी प्रहरीहरु भर्ना गर्न गर्न लागेको छ । असोज ३० गते साँझ सम्म आवेदन दर्ता गरिने बताइएकोछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ