2026-10-17 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

बिबाह गरेलगत्तै बेहुला बेपत्ता भएपछी बेहुली अस्पतालमा, बाबुआमा धामी झाँक्रिकोमा

प्रेम सुनार | असोज –३०, गुल्मी । अर्घाखाँचीको पणेनी गाउँपालिकामा विवाहको एक हप्ता नवित्दै बेपत्ता भएका छोराको प्रहरी प्रशासनले हाल सम्म खोज तलासमा ढिलाई गरे पछि तड्पीएर बसेका बाबु आमाले चिना हेराउने पण्डित देखि धामी झाँक्रि गराएर मन बुझाई रहेका छन् । पाणेनी गाउँपालिका वडा नम्वर ५ मैदान धारापानी टोलका ३० वर्षिय बेहुला हरिप्रसाद भट्टराई असोज २२ गते दिउँसो सन्धीखर्कबाट बेपत्ता भएका हुन् ।                    

उनले सोही गाउँपालिका वडा नम्वर–४ पटौटीकी २१ बर्षिया विष्णु घिमिरेसंग असोज १६ गते दशै टिकाको तेश्रो दिन विवाह गरेका थिए ।  श्रीमान बेपत्ता भएको पिडा खेप्न नसकेर विरामी भएकी नवदुलही आज नवौं दिनको दिन सन्धीखर्कस्थित जिल्ला अस्पतालमा भर्ना भएकी छन् । अस्पतालको शैयामा गलाअवरुद्ध पार्दै  लौनौ मेरो उहाँलाई खोजि दिनुस भन्दै उनले ढाको छाडिन् । ‘उहाँ वेपत्ता भएका दिन देखि मेरो मुखमा पानी शिवाय अरु केहि परेको छैन्  ,  उहाँको फोन आउँछ कि त उहाँ नै टुप्लुक्क कति वेला आई पुग्नु हुन्छ कि भन्ने झल्को लाग्छ तर खै कुन्नी उहाँ किन आउनु हुन्न ।  विवाह भएको  चार पाँच दिनमै मैले यो अवस्था भोग्नु पर्यो, उनले ’ भनिन –‘मैले जस्तो अरु कसैले भोग्न नपरोस् ।’

यता उनका आमा वावुले गाउँमा हेराउने मान्छे कुनै खाली गरेका छ्रैनन् । हराउने भट्टराईका रुमकान्त भट्टराईले भने–‘ उहाँको खोजतलासमा प्रहरी प्रशासनबाट ढिलाई भयो, वुवा आमा रातै दिन रोएर वेहाल छ , उहाँहरुको मन बुझाउनका लागि हेराउने मान्छे एउटा खाली गरेका छैनौं , कसैले तिन दिनमा आाई पुग्छन भने , कसैले पाँच दिनमा भने कसैले सात दिन भने तर आज ९ दिन पुग्दा पनि दाजु नभेटिए पछि पण्डित बोलाएर घरमा ग्रहदशा कटाईदै छ । उनले थपे–‘ यसरी ग्रहदशा कटाए पछि दाजु भेटिनु हुन्छ भनेका छन् पण्डितले हेरौं कस्तो हुन्छ ।’ 

आज यतिका दिन वित्दा पनि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले खोजतलास र अनुसन्धान फितलो गराएको उनका दाजु रेणुकान्त भट्टराईले गुनासो गरे । ‘हामीले खोजतलासका लागि त्यस कार्यालयमा उजुरी दिएको पनि यतिका दिन भई सक्यो’, भट्टराईले भने, ‘ प्रहरीले फेला पार्न नसक्नुले अनुसन्धान फितलो भएको अनुभुत गरेका छौं । ’

यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी एकनारायण कोईरालासंग सम्पर्क राख्दा उनले मातहतका सम्पुर्ण ईकाईका प्रहरीहरु व्यापक रुपमा परिचालित गर्दा पनि फेला पार्न नसकेको प्रतिकृया दिए । उनले उनको कल डिटेलबाट पनि अनुसन्धान भई रहेको बताए ।

वेपत्ता भट्टराईका दाजुका अनुसार त्यस दिन दिउँसो १२ वजे र ३ मिनेटको समयमा सन्धीखर्कको एशियन लाईफ ईन्सुरेन्स कम्पनीमा किस्ता वुझाउन उनि पुगेको सिसीटिभिमा समेत देखा परेका छन् । किस्ता तिरी सकेपछि रशिद लिन पछि आउँछु भनेर त्यहाँबाट वाहिरिएका छन् ।

त्यहाँबाट अलि माथी सम्म हिँडिरहेको उनका छिमेकीले पनि देखेका छन् । त्यस अघि उनि राष्ट्रिय वाणिज्य बैंक सन्धीखर्कबाट ५० हजार निकालेर उनै सुनारलाई बुझाएका छन् ।

सुनारले उक्त रकम बुझेको र करिव १ वजेतिर घर फर्कियौं भनेर फोन गर्दा स्वीचअफ भएको पाएपछि परिवारजनलाई खवर गरेको बताईएको छ । सुनार घर फर्किएका छन र उनको पसल उनकै छिमेक मैदानमा रहेको छ ।

उनकी वेहुली विष्णु घिमिरेका अनुसार त्यस दिन १० वजेर ४० मिनेट जाँदा उनले श्रीमानलाई फोन गरेकी थिईन् । मैले फोन गरें, उहाँले उठाउनु भयो र अहिले बाटैमा छु, सन्धिखर्क गएर मैले गर्छु फोन भन्नु भएको थियो , त्यस पछि हाम्रो फोन हुन सकेन’– घिमिरेले भनिन्–‘ आफुहरु विच विवाहको दिन देखि निकै सुमधुर सम्वन्ध थियो ।’

के भन्नु हुन्थ्यो उहाँले रु भन्ने प्रश्नमा उनले भनिन्–‘तिहारको भाई टिका सम्म नवलपरासी विद्यालयमा जान्न । टिकाको अर्का दिन कार्तिक ५ गते तिमीलाई लिएर जान्छु र उतै बसौंला भन्नु भएको थियो ’उनले थपिन मैले त केहि अनुमान र्नै गर्न सकेकी छैन् ।’

यस घटनालाई परिवारका सदस्यहरुले निकै रहस्यम रुपमा लिएका छन् । केहि अनुमान नै गर्न नसकिएको परिवारको सवै सदस्यहरुको भनाई छ । उनका आमा वुवा र भाई वहिनीहरुमा रुवावासी छ । नव दुलही विच एक महिना अघि देखि चिनजान भएको थियो ।

विष्णुल भनिन्–‘एक महिना अघि मात्र उहाँसंग चिनजान भएको थियो , त्यस अघि मैले उहाँलाई देखेको पनि थिईन अँस्ती आफन्तले मागेर विवाह भएको हो । ’ स्नातक सम्म अध्यान गरेकी घिमिरे स्थानिय तहको निर्वाचनमा म्यादी प्रहरीमा भर्ति समेत भईकी थिईन् ।

बेपत्ता शिक्षक भट्टराईलाई कुनै विमार नभएको , साथमा पैसा पनि धेरै नभएको र कसै संग दुश्मनी पनि नरहेको उनका दाजुले बताए । परिवारमा आसंकको अर्को पाटो कसैले अपहरण गर्यो कि ? भन्ने छ ।

परिवारजनले खोज तलासका लागि सवै सञ्चार माध्यम , प्रहरी प्रशासन र आम नागरिक संग अपिल गरेका छन् । नव दुलही घिमिरे तनाव ग्रस्त हुँदै आज माईती घर पुगेकी छिन् ।

जिल्लाका विभिन्न विद्यालय हुँदै पछिल्लो चरण निमावि तह गाणित विषयका स्थाई शिक्षकका रुपमा भट्टराई नवलपरासीको डेढ मावि डेढगाउँमा कार्यरत थिए । उनि त्यस विद्यालयमा पनि नपुगेको विद्यालयले जानकारी दिएको छ ।

तस्वीरमा: विवाहको दिन वेहुला संग तस्वीर खिचाउँदै , वेहुला बेपत्ता पछि वियोगको पिडा थेक्न नसकेर अस्पतामाको शैयामा नवदुलहीै र यता घरमा छोरा पाउँने आशमा वावु आमाले पण्डित बोलाएर ग्रहदशा कटाउँदै र ईस्वर पुकार्दै छोराको सु–स्वास्थ्यको कामना गर्दै आमा वुवा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु