२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा छठ पर्वको चटारो

३० आश्विन २०७४, सोमबार १५:३८

सरोज यादव | असोज ३०, सर्लाही | सूर्य पुजाको लोकपर्व छठको लागि सर्वसाधारणहरुले आवश्यक सामग्री खरिद गर्न तथा जलाशयमा पूजा स्थलको सरसफाइ एवं सजावटमा जुटेका छन् । सर्लाहीको जनसागर पोखरी, सागर पोखरी, मुलही पोखरी, मुसैली पोखरी, झिम नदि , लखनदेहि  खोला, सिस्वाबेल्ही पोखरी, भाड्सर र खुटौनाका पोखरी, कोशी ब्यारेज, लगायतका जलाशयमा छठ मनाउनका लागि सर्वसाधारणहरु तयारीमा जुटेका छन् । 

पुजा स्थलहरु सुरक्षित गर्नुका साथै घाटको झकिझकाउ पार्ने काम युद्ध स्तरमा शुरु गरेका छन् । सदरमुकाम मलङ्वामा वडा – वडका विभिन्न पोखरीहरुमा विशेष सेवा सुबिधा प्रदान गरेका छन् । वडा अध्यक्षहरुले पोखरीको वरिपरि सरसफाई गराई सफा स्वछ र यसपाली लामखुट्टे विहिन बनाउने योजनामा जुटेका छन् । छठ पर्वमा गाइने गीत तथा धुनहरु सर्वत्र बजन थालेको छ । सर्लाही  सदरमुकामर मलङ्वा सहित ग्रामिण भेगका प्रत्येक चौक–चौराहा एवं घरहरुमा छठपर्वको गीतहरु बज्ने गरेको छ । जिल्लाका उतरी भेगका एफएमहरुले समेत छठ पर्वका विशेष गीतहरु बढी समयसम्म बजाउन थालेको छ ।अहिले घरघरमा मात्र होइन, सार्वजनिक ठाउँमा लाउडस्पिकर राखेरै छठ पर्वको गीतहरु गुञ्जन थालिएको छ । यतिबेला जिल्लाको मलङ्वा सहित ग्रामीण बजारमा लोकभाषाका समेटिएका एल्बम, सिडी र भिसिडीको विक्री पनि बढेको छ । मैथली तथा भोजपुरी भाषामा छठ सङ्गीत गुञ्जिने गरेको छ । 

यस पर्वमा श्रद्धालुहरु सूर्य देवतासँग प्रार्थना गर्नुको साथै आफ्नो दुःख, कष्ट र रोग व्याधीको नास होस भन्ने कामना समेतका लागि मनाइने यो पर्व विगतको वर्षहरु देखि महँगो र भडकिलो बन्दै गएको छ । पुजा सामग्री, ढाकी, डाला,माटाका हात्ती, केराको घरी, नैवेधका रुपमा भाती–भातीका परिकार तथा फलफूलहरु समावेश गरिने यस पर्वमा तराईवासी मात्र होइन पहाडी तथा मुस्लिम समुदायका व्यक्तिहरुले पनि श्रद्धापूर्ण रुपमा मनाइन्छ । सक्नेले व्रतमा बस्ने, नसक्नेले फलफूल व्रतालुलाई दिएर सूर्यको आराधना गरिन्छ । तराईका सप्तरी, सिरहा, धनुषा, सुनसरी, मोरग, सर्लाही, रौतहट, बारा, पर्सा जिल्लामा धुमधामका साथ मनाइने छठ पर्व नजिकिदै जाँदा छठ पर्वमा चढाइने सामग्रीहरुको मूल्य आकाशिएको छ । छठ पर्वका लागि चढाउने केरा, नरिवल, उखु, ट्याव नेमो लगायतका सामग्रीको मूल्य गत वर्षको भन्दा यस वर्ष बढेको छ । 

जिल्लाको अधिकांश ठाउँमा दुई हजार रुपियाँ सम्ममा केरा घौर (घरी) विक्री हुने गरेको व्यापारीहरु बताउँछन् । चम्पा चिनी केरा एक हजार पाँच सयमा घौर, नटबर केरा ५ देखि ७ सयमा घौर, बन्सी बोट केरा ५ देखि ६ सय रुपियाँ घौर, कुरकुटीया ४ सय रुपिया घौर, पेची ४ देखि ५ सय रुपिया घौर, हजारी २ रुपिया घौरमा विक्री हुने गरेको केरा व्यापारीहरु बताउँछन् । गत वर्षको भन्दा ३० प्रतिशत मूल्य बढेको सर्वसाधारणहरु बताउँछन् । यस्तै छठ पर्वका लागि महत्वपूर्ण फलफूल मानिने नरिवल प्रतिगोटा ५० देखि ६० रुपैयाँसम्ममा विक्री भइरहेको छ । छठ पर्वका सामग्रीको मूल्य निर्धारण नहुदाँ व्यापारीहरु आफु खुशि ढंगले मूल्य बढाएर सामान बेच्ने गरेको सर्वसाधारणहरुले गुनासो पोखेका छन् ।


छठका सामग्रीमा बढेको मूल्यको कारण यस वर्षको छठ महगीमै गर्नुपर्ने सर्वसाधारणहरु बताउँछन् । ब्रतालुहरुद्वारा सूर्य देवतालाई बिहिवार साँझ अस्ताउदो र शुक्रबार  बिहानको उदाउदो सूर्यलाई अर्घ दिएपछि यस पटकको छठ पर्व सम्पन्न हुनेछ । यो पर्व परिवारिक सुख समृद्धि र मनोकामना पुर्तिका लागि गरिन्छ । यसका अतिरिक्त आफ्नो दुःख, कष्ट र रोग व्याधीको नास होसभन्ने कामना गर्दै पनि यो पर्व मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो