2026-10-26 08:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका असिना पिडितको खाद्यन्न दुई बर्षसम्म जुम्लाको गाठीजिउलामा लुकाही राखेको भेटीयो

बैशाख १३, मुगु । दुई बर्ष अगाडी किसानले लगाएको अन्नबालि घर भित्राउन बेला परेको असिनाले जिल्लाका आठ गाबिसमा सम्पुर्ण बाली क्षति बनाए पछि सरकारले तत्काल राहतका लागी पठाएको चामल दुई बर्ष बिति सक्दा पनि बितरण नगरी गोदाममै थन्काएर राखिएको छ ।

०७१ कार्तिक ८ गते परेको असिनाले कृसानहरुले लगाएको अन्न बाली नष्ट गरेपछि सरकारले तत्कालका लागी राहतका लागी भनेर जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड भेगका पाँच गाबिस सदरमुकाम नजिकका दुई र सोरु भेगका एक गाबिसका असिना पिडितहरुका लागी ३ हजार १ सय ४ क्विन्टल १० केजि चामल राहत पठाएको भए पनि ५४ क्विन्टल चामल दुई बर्ष बिति सक्दा पनि कोटडाँडा गाबिस वडा नम्बर एक देखि ४ सम्मका १ सय १५ घरधुरीलाई बितरण गरिनुपर्ने चामल बितरण नगरी जुम्ला जिल्ला बिराट गाबिस स्थित गोठी ज्युलाको एक घरमा थन्काएर राखिएको हो ।

जिल्ला खाद्य ब्यबसथापन समितिको निर्णयले सरकारले असिना पिडितका लागी छुटाएको ३ हजार १ सय ४ क्विन्टल चामल सुर्खेत देखि खत्याड भेगका पाँच गाबिसका लागी श्रीकोट डिपो सम्म ढुवानि गर्नका लागी राष्ट्रिय प्रजातन्त्रपार्टीका जिल्ला स्तरका नेता पुरु नेपालीलाई जिम्मा दिएको थियो । खत्याड भेगका पाँच गाबिसका लागी छुटाएको २२ सय २० क्विन्टल चामल मध्ये ५४ क्विन्टल खाद्यन्न कोटडाँडा गाबिस एक देखि चार वडा गाँउका रिखिया १ सय १५ घरधुरी लाई बितरण नगरी ढुवानिको जिम्मा लिएका नेपाली र सेरी गाबिसका जनक टमट्टा लगाएतका अन्य ब्यक्तिको मिलोमोतोमा दुई बर्ष सम्म गोदाममै थन्काएर राखिएको पाईएको छ ।

यता खत्याड भेगका सेरी,श्रकिोट,गम्था, खमाले, कोटडाँडा,सोरु भेगका धैनकोट र गमभेगका कार्कीबाडा र श्रीनगर गाबिसका लागी छुट्याएको ३ हजार सय २० क्विन्टल खाद्यन्न ढुवानि भई बितरण भईसकेको जिल्ला खाद्यान्न समितिले २ पटक जिल्लामा खाद्यान्न पुगी सरोकारवालाने पाईसकेको निर्णय र बिल भरपाईका पठाईएको आधारमा सुर्खेत देखि श्रीकोट डिपो सम्मका लागी प्रति केजि २५ रुपैया दरले ढुवानिको कुल १९ लाख ५० हजार रुपैयाँ खाद्य संस्थान सुर्खेत शाँखाबाट पुरु नेपालीले भुक्तानी लगि सकेको खाद्य संस्थान सुर्खेतका प्रमुख भिम थापाले लेखा जानकारी दिएका छन ।

जिल्ला कृषि विकास कार्यालयले असिनाबाट पिडित गाबिसको क्षेतिपुर्ति मुल्याकंन अनुसार खत्याड भेगका , श्रीकोटका लागी १ हजार २ सय क्वीण्टल ६० केजी , सेरीका लागि ५ सय ३३ क्विन्टल ९६ केजी , गम्थाका लागि २ सय ५१ क्विन्टल १० केजी, खमालेका लागि ६० क्विन्टल र कोटडाँडाका लागि २ सय १९ क्विन्टल चामल राहतका रुपमा सरकारबाट प्राप्त भए पनि अहिले कोटडाँडा गाबिस रिखिया गाँउको ५४ क्विन्टल चामल दुई बर्ष देखि गोदाममा थन्किएको छ ।

ढुवानिकर्ता नेपालीले डिपो सम्म चामल नपु¥याए पछि गोदामलाई सेरी गाबिस १ का राजबहादुर मल्ल, सोही वडाका प्रेम शाही ,खाद्य संस्थान मुगुका कर्मचारी कर्ण रावलले गोदाममा रहेको घर मालिक लाल सिंह बुढाको रोहबरमा प्रहरी चौकि गोठी ज्युलाले मुचुल्का उठाई गोदाम तालाबिन्द गरेको गोठी ज्युलाका स्थानिय बासि हरुलले बताएका छन।

राहतको खाद्यन्न हालसम्म पनि सिंजाको गोठीज्युलामा रहेको तथा असिना पिडीतले नपाएको भन्ने गुनासो नआएको तथा चामल वितरण गरिएको विल भरपाई अनुसार खाद्यन्नको ढुवानी रकम दिई सकिएको जानकारी मात्र प्राप्त भएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।
असिना पिडीत तथा नेपाली कांग्रस मुगुका पाटी सभापति खड्क बहादुर शाहीका अनुसार यो बिषयलाई पटक पटक पहलगरेको हुँ तर मुगु जिल्लाको प्रशासनको कमी देखीएको समेत गुनासो गरेका छन ।
असिना पिडीतका नाममा आएको राहतको खाद्यन्न जुम्ला जिल्लाको गोठी ज्युलामा बेचिएको र केही अहिलेसम्म गोदाममा थन्किएको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने साथै पटक पटक मौखीत रुपमा जानकारी गराउदा जिल्ला खाद्यान्न समनय समितिका अध्यक्ष जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख अहील् सम्म चुपचाप लागेका छन तर लेखीत निबेदन चाहीएको र यसको बारेमा म असीना पिडीतको चामल ढुवानिको जिम्मा लीएको पुरु दमाईलाई बुझने बताउ छन प्रमुख जिल्ला अधीकारी शम्भु प्रसाख रेग्मी बताउछन ।कोटडाँडा गाविसका स्थानीयवासी मानबहादुर शाहीले बताए ।
राहतको खाद्यन्न गोठीज्युलामा थन्कीएको ढुवानिको जिम्मा लिएका पुरु दमाई सहित अन्य ब्याक्तीहरु सापीत भई सक्ता पनि नेलाल खाद्यान्न संस्थान शाखा मुगुका प्रमुख टेक बहादुर रेग्मीले भताउछन मुगुका सम्पूर्ण असिना पिडितले राहात पाएको दाबि गर्दाछन ।जानकारी आए पछि मुगुबाट सञ्चारकर्मीको टोली यसै हप्ता सिंजाको गोठी ज्युला पुग्दा चामल ढुवानी कर्ता पुरु नेपालीले हालसम्म घर भाडा नदिएको भन्दै घर मालिक लालसिंह बुढाले गोदाम खोल्न मानेनन ।
यता राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष समेत रहेका राजबहादुर मल्लले राहतको खाद्यन्न ढुवानिमा रहेको जनक टमटाले बेचेको देखीएको आफुले टमटालाई कारवाई हुनु प्रछ भेर प्रहरीको रेहबरमा मुचुल्का गरेको बताउ छन । पुरु नेपाली लाई अध्यक्ष मल्ललेनै खाद्यन्न ढुवाानि गर्न अन्य राजनितिक दल र सम्बन्धित सरकारी निकायको सर्बदलिय बैठक बाट निर्णय गराउन लगाएका थिए । लुकाई राखेको मुगु जिल्लाका असीना पिडीतको खाद्यन्न जुम्लाको गोठीज्यूलामा प्रहरी मुचुल्कामा रहेका संलग्न रहेका हाँड सिन्जा ईलाका प्रहरी कार्यालयका ईन्चाज गुन्ज घर्तिमगर यो बिसयमा राज बहादुर मल्ललाई मात्र बुझेर मात्र नत्र कसै संग कुरा कानि गदौन भनेर हामी पत्रकारहरुमार्थी प्रस्तुत गरेका छन ।
राहातको चामल बितरणकोलागी जिल्ला अनुगमन समितीमाका सदस्य रहेका गोकर्ण शाहीका अनुसार आफुलाई कुनैजानकारी नगराएको कसरी राहातको कारोवार गरीएको हो भन्ने जानकारी गरेका छन ।
भिडीयो सहीत छ सर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने