२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बाढीले कृषि बालीसहित खानेपानी योजना बगायो

२७ बैशाख २०७३, सोमबार ००:०९

सुबास चन्द्र मल्ल | वैशाख २७, मुगु | लामो खडेरी पछि वैशाख २३ गतेदेखि सुरु भएको बर्षाले कतिपय कृषकलाई वर्षे वाली सप्रिनेमा खुसि तुल्याएको छ भने कतिपय कृषकलाई झन दु:खि बनाएको छ ।

शनिवार अपरान्हबाट अबेर रातीसम्म भएको वर्षाका कारण रुगा गाविसको वडा नम्बर १ तिर्प गाउँ वडा नम्बर २ लह गाउँका स्थानीयले खेत गह्रामा छरेको धान, कोदो, चिनु, कागुना, मकै, आलु भटमास, लगायतको बालीनाली बगाई दिएको छ । शनिवारको वर्षाले वडा नम्बर २ लह गाउँमा रहेको मष्टा प्राथामिक विद्यालयको चार कोठे भवन समेत भत्काई दिए पछि विद्यार्थीको पठन पाठन कार्यमा समेत अवरोध सिर्जना भएको विद्यालयका शिक्षक तुलबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार बर्षाका कारण आएको बाढीले दुवै गाउँको खानेपानीका पाईप बगाएर लगे पछि गाउँमा खाने पानिको हाहाकार सुरु भएको छ ।

वडा नम्बर २ का ३० घर धुरी र वडा नम्बर १ का ६७ घर धुरी बर्षा र बाढीका कारण खानेपानीको समस्यामा परेका तथा बर्षाका कारण आएको बाढी स्थानीयवासीका खेत वारीमा लगाएको वर्षे बाली सहित माटो समेत बगाउदा अहिले त्यस ठाउँ ढुंगा बाहेक अरु केही नरहेको वडा नम्बर १ का स्थानीयवासी मानबहादुर ऐडीले बताए । खडेरीका कारण हिउदेवालीको उत्पादनमा ठुलो क्षेति व्यहोरेका स्थानीयवासीले वर्षा सुरु भए पछि खेत वारीमा लगाएको बर्खेवालीको उत्पादन राम्रो हुने आशा गरे पनि शनिवारको वर्षाले यि दुई गाउँका स्थानीयले लगाएको सबै बाली बगाई दिए पछि थप चिन्तामा परेका छन ।

यता जिल्ला कृषि बिकास कार्यालय मुगुलाई कुनै पनि जानकारी नआएको बरिष्ट कृषि बिकास कार्यालय प्रमुख डा.चन्द्र प्रसाद रिसालले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह