चिसाङ शेर्पा | असोज ३१, खोटाङ | सिडिएमए तथा नमस्ते फोन नचल्दा जिल्लाका उत्तरी क्षेत्रका स्थानिय वासिन्दाहरु ३ महिनायता सञ्चारवाट वञ्चित बनेका छन् । केपीलासगढी ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चिसाङ शेर्पा | असोज ३१, खोटाङ | सिडिएमए तथा नमस्ते फोन नचल्दा जिल्लाका उत्तरी क्षेत्रका स्थानिय वासिन्दाहरु ३ महिनायता सञ्चारवाट वञ्चित बनेका छन् । केपीलासगढी ग"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

जिल्लाको उत्तरी क्षेत्रमा सिडिएमए, नमस्ते फोनमा समस्यै–समस्या, हाकिमलाई हाई सन्चो

३१ आश्विन २०७४, मंगलवार १२:४१

चिसाङ शेर्पा | असोज ३१, खोटाङ | सिडिएमए तथा नमस्ते फोन नचल्दा जिल्लाका उत्तरी क्षेत्रका स्थानिय वासिन्दाहरु ३ महिनायता सञ्चारवाट वञ्चित बनेका छन् । केपीलासगढी गाउँपालिकाको वाक्सिलास्थित घिनुडाडाँमा रहेको स्काई र ऐसेलुखर्क गाउँपालिकाको झोलेडाडाँमा रहेको नमस्ते फोनको टावरले पुर्णरुपमा काम नगर्दा उत्तरी क्षेत्रका गाविसहरु सप्तेश्वर, वाक्सिला, सुङदेल, दिप्सुङ, राखावाङदेल, वासपानी, फेदी र खार्ताम्छाका लगभग १० हजार वासिन्दाहरु फोन तथा ईन्टरनेट सेवावाट वञ्चित हुनुपरेको छ ।

केपीलासगढी गाउँपालिकाको वाक्सिला घिनुडाडाँमा अवस्थित स्काई फोनको टावरमा सोलार प्यानल राखिएको छ । हुस्सु लाग्दा काम नगर्ने तथा साँझ भएपछि नेटवर्क नआउँने समस्या छ । ऐसेलुखर्कको झोलेडाडाँ रहेको नमस्ते फोनको पनि समस्या उस्तै छ । आशिंक रुपमा नेटवर्क आउँने र नेट नचल्ने, नेटवर्क भएपनि फोन नलाग्ने लागेता पनि १ मिनेट नभई कटिने समस्या छ ।

‘केपीलासगढी गाउँपालिकाभित्र पर्ने अति विकट दिप्सुङ र सुङदेलमा स्काई फोनको टावर नै आउँदैन, आउँने भनेको त्यही नमस्ते फोनको हो, त्यो पनि आंशिक रुपमा आउँने जाने हुंदा त्यस भेगका स्थानियहरु अन्धकारमा वस्न वाँध्य रहेका वाक्सिलाका स्थानीय कोशी कुमार राई बताए ।’

‘सदरमुकाम टाढा छ, टेलिकममा समस्या दर्साउँदा पनि काम नै गर्दैनन् हामी त, दिउँसै अन्धकारमा हुन्छौ । कसले त्यहाँका जनताका पिडा बुझिदिने, लौन हजुर सञ्चार माध्यमले केही गरिदिनुप¥र्याे । रावाखोला लघु जलविधुत योजनाका सचिव युवाराज सुनुवारले बताउनुभयो ।’   

सञ्चारजस्तो अनि संवेदनशिल क्षेत्रमा व्यापक समस्या आईरहंदा टेलिकम केही गदैनन् नि ? भन्ने प्रश्नमा दुरसंञ्चार शाखा कार्यालय खोटाङका प्रमुख ज्योती नारायण चौधरीले ‘सो समस्या पहिले नै आफुकहाँ आएको र खोटाङ जिल्लाको विटिएस सेवा प्रणाली हेर्ने ओखलढुंगालाई अग्रीम जानकारी गराईसकेको र उनीहरुले अनुसन्धान गरेर काम अगाडी बढाउने बताए ।’ 

पछिल्लो अवस्थामा जिल्लाको टेलिफोनमा समेत समस्यै–समस्या हुने गरेको छ । दिक्क्तेलकै हकमा पनि कतीपय स्थानमा स्काई तथा नमस्ते फोनले काम गर्दैन । आवाज प्रष्ट नसुनिने, नेट नचलने समस्याले यसका उपभोक्ताहरु हैरान वनेका छन् । विशेषगरी दुरसंञ्चारले वितरण गरेका लेण्डलाईन फोनमा समस्या हुंदा एडिएसएल नेट नै नचल्ने गरेको छ । प्रशासनसहितले ताकेता गर्दा समेत जिल्लाका टेलिफोन समस्या सन्तोषजनक रुपमा हल भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन