२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सुचारूको दुई महिना नबित्दै विद्युत सेवा पुन: अवरोध

१४ कार्तिक २०७२, शनिबार १०:५०

दलसिंह गिरी/कात्तिक १४, कालीकोट । विगत २ बर्ष पहिले भिषण बाढीका कारण विद्युत इल्टेक र नहर बगाउदा अवरोध भएको पोतमारा साना जलबिद्युत अयोजना सुरू भएको २ महिना नबित्दै पुन बन्द हुदा सदरमुकाम मान्म लगाएत आधा दर्जनबढी गाविसहरूका बासिन्दाहरू अन्धकारमा बस्न बाध्य भएका छन् ।

jalabidhut copy

२०७० साल असार २ गते अएको बाढीका कारण अवरोध भएको विद्युत सेवा अवरोधको २ बर्ष पछि अथवा २०७२ साउनको तेश्रो साता देखि सुचारू भएको विद्युत सेवा पुन यहि असोज १८ गते पुन विद्युत गृहको २१ मिटर नहर भत्कीदा विद्युत सेवा अवरोध भै सेवाग्राहीहरू अन्धकारमा बस्न बाध्य भएका हुन् ।

अवरोध विद्युत् संचालन बारे राजनितिक दल, विद्युत कार्यालयका प्रतिनिधि तथा जिल्लाका अन्य सरोकारवालाहरु बिच जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा समेत विधुत सेवा तत्काल सुचारु गर्ने ठोस योजना वन्न नसकेको भन्दै सेवाग्राहीले आक्रोस ब्यक्त गरेको छन् ।

विधुत प्राधिकरण कार्यालयले भने आफ्नै इन्जिनियर सहितको टोलीले पुनः बिद्युत नहरको अवलोकन नगरी यसको योजना नबन्ने बताएको छ । बिद्युत प्राधिकारण शाखा कालिकोटका प्रमुख वद्रिनाराय चौधरीले नहरको अवलोकन सहित त्यसको रिपोर्ट मन्त्रालय सम्म पुर्याउने र सरकाले वजेट छुट्याइ सकेपछि मात्र टेन्डर प्रक्रियावाट काम सुरु हुने बताएका छन् ।

बिद्युत प्राधिकरण प्रमुख चैधरीले भनेको भनाइ अनुसार बिद्त सुचारूको लागि अझै ५, ६ महिना लाग्ने भन्दै तत्काल नहर पुर्ननिमार्णको काम कुनै वैकप्पीक रकमको ब्यवस्था थाल्नु पर्ने बारे सेवा ग्राहीले जोड दिएका छन् । विद्युत् नहुँदा कालीकोटमा वैकल्पिक ऊर्जा तथा जेनेरेटरमा लाखौं रकम बाहिरिएको छ ।

अघिल्लो २ बर्षमा विद्युत् बन्द हुदा २५ बढी ठूला जेनेरेटरका साथै करोडा लगानी बरावरको सोलार प्रणाली सञ्चालनमा आएका थिए । विद्युत् सुचारूको २ महिना नबित्दै पुन भएको अवरोधका कारण सेवा ग्राहीहरू थप मंहगो मूल्यमा फोटोकपी, फ्याक्स, प्रिन्टर मोबाइल चार्ज जस्ता विबिध काममा चर्को मूल्य तिर्न बाध्य भएका छन् ।

त्यति मात्र नभइ विद्युत् अवरोधका साथै जेनेरेटर संचालनका लागि चाहिने आवश्यक पेट्रोल समेत अभावका कारण सूचना पाउने समुदायको अधिकारमा समेत प्रत्यक्ष असर परेको छ ।

विद्युत् नभएका कारण एफएमहरू समेत निर्धारित समयभन्दा आधा समय छोटयाउनु परेको छ । भने नेपाल दुर संचारबाट प्राप्त मोबाइल सेवा लेडलाइन सेवा र इन्ट्रनेट सेवा समेतमा प्रभाव परेको स्थानीय वासी बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट