२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

नमुना सहकारीको प्रतिनिधित्व गर्दै कर्नाली जडिबुटी सहकारी

२०७२, २५ कार्तिक बुधबार ०६:४२

kalikot 1

दलसिंह गिरी । कात्तिक २५, कालिकोट । कर्नाली जडिबुटी उत्पादक सहकारी समग्र कर्नालीकै नमुना सहकारीको रुपमा प्रस्तुत हुन सफल भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । कर्नाली जडिबुटी उत्पादक सहकारी संस्था लि. कालिकोटले मंगलवार आयोजना गरेको आफ्नो आठौं बार्षिक साधारण सभाको उद्घाटन सत्रमा उपस्थीत सहकागिहरुले यस्तो कुरा बताएका हुन् ।

“जडिबुटी सहकारी हाम्रो स्वाभिमान, स्थानीय उत्पादन हाम्रो पहिचान” भन्ने मुल नाराका साथ उद्घाटन गरिएको साधारण सभामा बोल्दै प्रमुख अथिति एवं सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले नमुना सहकारीको रुपमा स्थापित कर्नालीकै एकमात्र जडिबुटी सहकारीले नमुना सहकारीको प्रतिनिधित्व गरेको बताउनु भएको छ । खेर बनपाखामा गैरहेका जडिबुटीहरुलाई संकलन तथा प्रशोधन गरी जीवन उपयोगी उपभोग्य जडिबुटीजन्य बस्तु उत्पादन तथा बजारीकरण गरी कर्नालीकै पहिचान देखाउन सफल भएको बताउनु भएको हो । यस सहकारीबाट उत्पादित बस्तुहरुको गुणस्तरमा थप बृद्धि गरी देशका विभिन्न बजार पहुँच सम्म विस्तार गर्न सके कर्नालीको पहिचान उच्च रहने वहाले बताउनु भयो ।

साधारण सभाको उद्घाटन सत्रमा बोल्दै गैर–सरकारी संस्था महासंघका अध्यक्ष कर्ण चौलागाई, नेपाली कांगे्रसका नन्द बहादुर शाही, तिला–कर्नाली बहुुमुखी क्याम्पसका प्रशासकिय अधिकृत पदम बहादुर विष्ट लगायतले सहकारीद्धारा उत्पादित जडिबुटी जन्य बस्तुको उपयोगिता र यसबाटको हुने स्वास्थ्यकर लाभबारे समस्त उपभोक्ताहरुमा ब्यापक प्रचार प्रशार गरी बजारीकरणमा विस्तार गर्न उद्योग बाषिज्य संघले मुख्य भूमिका खेल्नु पर्ने बताउनु भएको छ ।

Kalikot 2

मंगलबार नै साधारण सभाको बन्दशत्र सुरु गरी सहकारीले बर्ष भरी गरेका काम र आर्थिक कारोवारबारे प्रतिवेदन पेशगरी भावि दिनहरुमा गरिने कार्यक्रमहरु बारे विभिन्न निर्णयहरु पारित गरी साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाको आर्थिक तथा प्रगति प्रतिवेदन पस्तुत गर्दै सहकारीका अक्ष्यक्ष अज बहादुर गिरीले आर्थिक बर्ष २०७१ । ०७२ मा सहकारीले ४७ लाख बरावरको आर्थिक कारोवार संचालन गर्न सफल भएको बताउनु भएको छ । सहकारीले अबका दिनहरुमा संचालन गर्ने कार्यक्रम बारे प्रस्तुत गर्दै सहकारीको लगानीमा यो आर्थिक बर्ष भित्रै सहकारीको गाडी खरिद गर्ने, सहकारी मार्फत छापाखाना संचालन गर्ने जस्ता विभिन्न निर्णयहरु परित गरी साधारण सभा सम्पन्न गरेको सहकारीका कोषाध्यक्ष कल बहादुर शाहीले बताउनु भएको छ ।

पहिला कर्नालीमा रहेका जडिबुटीहरूको अध्ययन गरी कर्नालीमा रहेका जडिबुटी र यसको स्वास्थ्य उपयोगितावारे ४ सय बढी जडिबुटीहरूको नाम र उपयोगिता सहितको भाग ४ सम्मको जडिबुटी कुञ्ज किताव प्रकाशन गरी बस्तु उत्पादनसुरू गरेको सहकारीले हाल १० वटा जडिबुटी प्रयोग गरी जडिबुटी पेय, १० वटै जडिबुटी प्रयोग गरी जडिबुटी मसला, ४ वटा जडिबुटी प्रयोग गरी ग्याष्ट्रिक चूर्ण, ४ वटै जडिबुटी प्रयोग गरी डाइबेटीज चूर्ण, सिस्नु घुलो, लोकल बेसार, कर्नाली मह र एलोभेरा जुस जस्ता उपभोग्य सामानहरु उत्पादन गरी बजारीकरण गर्दै आईरहेको छ भने यो आर्थिक बर्ष भित्रै नवजात शिशु र सुत्केरी महिलाहरुको लागि मातृशिशु पोषण उत्पादन गर्ने तयारी रहेको सहकारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह