३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

नमुना सहकारीको प्रतिनिधित्व गर्दै कर्नाली जडिबुटी सहकारी

२५ कार्तिक २०७२, बुधबार ०६:४२

kalikot 1

दलसिंह गिरी । कात्तिक २५, कालिकोट । कर्नाली जडिबुटी उत्पादक सहकारी समग्र कर्नालीकै नमुना सहकारीको रुपमा प्रस्तुत हुन सफल भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । कर्नाली जडिबुटी उत्पादक सहकारी संस्था लि. कालिकोटले मंगलवार आयोजना गरेको आफ्नो आठौं बार्षिक साधारण सभाको उद्घाटन सत्रमा उपस्थीत सहकागिहरुले यस्तो कुरा बताएका हुन् ।

“जडिबुटी सहकारी हाम्रो स्वाभिमान, स्थानीय उत्पादन हाम्रो पहिचान” भन्ने मुल नाराका साथ उद्घाटन गरिएको साधारण सभामा बोल्दै प्रमुख अथिति एवं सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले नमुना सहकारीको रुपमा स्थापित कर्नालीकै एकमात्र जडिबुटी सहकारीले नमुना सहकारीको प्रतिनिधित्व गरेको बताउनु भएको छ । खेर बनपाखामा गैरहेका जडिबुटीहरुलाई संकलन तथा प्रशोधन गरी जीवन उपयोगी उपभोग्य जडिबुटीजन्य बस्तु उत्पादन तथा बजारीकरण गरी कर्नालीकै पहिचान देखाउन सफल भएको बताउनु भएको हो । यस सहकारीबाट उत्पादित बस्तुहरुको गुणस्तरमा थप बृद्धि गरी देशका विभिन्न बजार पहुँच सम्म विस्तार गर्न सके कर्नालीको पहिचान उच्च रहने वहाले बताउनु भयो ।

साधारण सभाको उद्घाटन सत्रमा बोल्दै गैर–सरकारी संस्था महासंघका अध्यक्ष कर्ण चौलागाई, नेपाली कांगे्रसका नन्द बहादुर शाही, तिला–कर्नाली बहुुमुखी क्याम्पसका प्रशासकिय अधिकृत पदम बहादुर विष्ट लगायतले सहकारीद्धारा उत्पादित जडिबुटी जन्य बस्तुको उपयोगिता र यसबाटको हुने स्वास्थ्यकर लाभबारे समस्त उपभोक्ताहरुमा ब्यापक प्रचार प्रशार गरी बजारीकरणमा विस्तार गर्न उद्योग बाषिज्य संघले मुख्य भूमिका खेल्नु पर्ने बताउनु भएको छ ।

Kalikot 2

मंगलबार नै साधारण सभाको बन्दशत्र सुरु गरी सहकारीले बर्ष भरी गरेका काम र आर्थिक कारोवारबारे प्रतिवेदन पेशगरी भावि दिनहरुमा गरिने कार्यक्रमहरु बारे विभिन्न निर्णयहरु पारित गरी साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाको आर्थिक तथा प्रगति प्रतिवेदन पस्तुत गर्दै सहकारीका अक्ष्यक्ष अज बहादुर गिरीले आर्थिक बर्ष २०७१ । ०७२ मा सहकारीले ४७ लाख बरावरको आर्थिक कारोवार संचालन गर्न सफल भएको बताउनु भएको छ । सहकारीले अबका दिनहरुमा संचालन गर्ने कार्यक्रम बारे प्रस्तुत गर्दै सहकारीको लगानीमा यो आर्थिक बर्ष भित्रै सहकारीको गाडी खरिद गर्ने, सहकारी मार्फत छापाखाना संचालन गर्ने जस्ता विभिन्न निर्णयहरु परित गरी साधारण सभा सम्पन्न गरेको सहकारीका कोषाध्यक्ष कल बहादुर शाहीले बताउनु भएको छ ।

पहिला कर्नालीमा रहेका जडिबुटीहरूको अध्ययन गरी कर्नालीमा रहेका जडिबुटी र यसको स्वास्थ्य उपयोगितावारे ४ सय बढी जडिबुटीहरूको नाम र उपयोगिता सहितको भाग ४ सम्मको जडिबुटी कुञ्ज किताव प्रकाशन गरी बस्तु उत्पादनसुरू गरेको सहकारीले हाल १० वटा जडिबुटी प्रयोग गरी जडिबुटी पेय, १० वटै जडिबुटी प्रयोग गरी जडिबुटी मसला, ४ वटा जडिबुटी प्रयोग गरी ग्याष्ट्रिक चूर्ण, ४ वटै जडिबुटी प्रयोग गरी डाइबेटीज चूर्ण, सिस्नु घुलो, लोकल बेसार, कर्नाली मह र एलोभेरा जुस जस्ता उपभोग्य सामानहरु उत्पादन गरी बजारीकरण गर्दै आईरहेको छ भने यो आर्थिक बर्ष भित्रै नवजात शिशु र सुत्केरी महिलाहरुको लागि मातृशिशु पोषण उत्पादन गर्ने तयारी रहेको सहकारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली