२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

तलव नपाएपछि गोकुलेश्वर अस्पतालका कर्मचारी आन्दोलीत, ओपीडि सेवा बन्द

१ कार्तिक २०७४, बुधबार १०:४५

लोकेन्द्र प्रशाद जोशी | कात्तिक १, दार्चुला । तीन महिनादेखि तलवभत्ता नपाएको भन्दै कर्मचारीहरुले दार्चुलाको शैल्यशिखर नगरपालिकामा रहेको गोकुलेश्वर अस्पतालमा ओपीडि सेवा बन्द गरेका छन । पटक पटक स्थानीय तहमा तलबभत्ताको लागि पत्राचार गर्दा पनि तलबभत्ता नपाएको मात्रै नभएर कहिले पाउने ? भन्ने बारेमा समेत टुंगो नलागेकोले बाध्य भएर सेवा नै बन्द गर्नु पर्ने स्थिति सिर्जना भएको कर्मचारीहरुको भनाई छ । 

दार्चुला र बैतडी गरी दुइ जिल्लाका सेवाग्राहिहरुले सेवा लिदै आएको उक्त अस्पतालका कर्मचारीहरुले चालु आर्थीक बर्षको तलबभत्ता केहि नपाएको भन्दै कर्मचारीहरुले आकस्मिक सेवा बाहेकका सेवाहरु बहिस्कार गरेका हुन् । तर, अस्पतालामा आएका विरामीहरुलाई भने आकस्मिक कक्षबाटै सेवा प्रदान गराइरहेको गोकुलेश्वर अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डाक्टर सरिता जोशीले बताउँनुभयो ।


पटक पटक स्थानीय तहमा तलबभत्ताको लागि पत्राचार गर्दा कहिले पाउने भन्ने बारेमा समेत जानकारी नभएपछि बिरामीलाई मर्का पार्न नभई नगरपालिकालाई दवाब दिन बाध्य भएर ओपीडी सेवा बन्द गर्नु परेको डा.जोशीको भनाइ छ ।

अस्पतालका कर्मचारीहरुको तलबभत्ता नगरपालिका मार्फत आउने भएपछि पटकपटक नगरपालिकालाई पत्राचार गरिएको तर अहिलेसम्म कर्मचारी तलबभत्ता पाउन नसकेको अस्पताल व्यस्थापन समितिका अध्यक्ष धनबहादुर विष्टले बताउनुभयो । 

‘अस्पतालले बस्ने व्यवस्था मिलाउन नसक्दा जिल्लाबाहिरबाट आएका सबै कर्मचारीहरु भाडामा बस्दै आएका छन, दसैँ खर्च त परै जाओस् तलबभत्ता कहाँबाट कहिले खाने भन्ने समेत टुंगो नलागेको भन्दै कर्मचारीहरु निरास देखीन्छन । अस्पतालका कर्मचारीहरुको तलबभत्ता नगरपालिका मार्फत आउने भएपछि पटक पटक नगरपालिकालाई पत्राचार गरिएको तर अहिलेसम्म कर्मचारीको तलबभत्ता पाउन नसकेको अस्पताल प्रशासनले जनाएको छ ।

यता शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिँह धामीले भने स्वास्थ्य विभागले अस्पतालका कर्मचारीहरुलाई तलबभत्ता खुवाउन पत्राचार गरेको तर रकम निकाशा नगरिदिदा समस्या भएको बताउनुभयो । 

तलब निकासाकालागी बिभागमा कुरा भएकोले केहि दिनमै समस्या समाधान हुने नगरप्रमुख धामीको भनाइ छ । तर तीन महिनाको तलब र दशैंभत्ता नपाउँनुमात्रै हैन, कर्मचारीहरुले पाउने प्रोत्साहान भत्ता समेत नगरपालिकाले कटौति गरेर कर्मचारी पिरोल्ने काम गरेको अस्पताल प्रशासनको आरोप छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य