२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

EDV-2019 को डिभी फारम रद्द, यसअघि डिभी भरेकाले अब के गर्ने ?

२०७४, १ कार्तिक बुधबार १३:४८

कात्तिक १, काठमाडौँ | प्राबिधिक कारण भन्दै EDV-2019 अन्तर्गत अक्टोबर १० सम्म भरिएका सबै फारमहरु रद्द गरिएको छ । यस सम्बन्धि सूचना https://dvlottery.state.gov/ मा गई हेर्न सक्नुहुनेछ ।

EDV 2019 को आधिकारिक वेबसाइट तथा बिभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाए अनुसार अब इडीभी -२०१९ अन्तर्गत अक्टोबर ३ देखि १० तारिकसम्म भरिएका डाटा मान्य नहुने भएका हुन् । साथै समाचार अनुसार आज अर्थात Octover 18 देखि EDV फेरी खुल्ने भएको छ । आज सुरु भएर EDV 2019 को अब नोभेम्वर २२ सम्म भर्न सकिने भएको छ ।

अब भने EDV 2019 अन्तर्गत प्राबिधिक समस्या समेत समाधान भैसकेकोले ढुक्कले डिभी भर्न सकिने बताइएको छ । 

यस अघि डिभी भरेकाहरुले के गर्ने ? 

नेपालका कन्सलटेन्सी, फोटो स्टुडीयो तथा साइबरहरुले सित्तिमै भर्न मिल्ने EDV चर्को शुल्क लिएर भर्ने गरेका छन्। यस अघि आफैले डिभी भर्नेहरुलाई खासै घाटा लागेन तर कन्सलटेन्सी, फोटो स्टुडीयो तथा साइबरबाट पैसा तिरेर डिभी भरेकाहरुले भने फेरी भर्दा दोहोरो खर्च तिर्नुपर्ने भएको छ । आज केहि कन्सलटेन्सी, फोटो स्टुडीयो तथा साइबरहरुले असोज २४ गतेदेखि साइट डाउन हुँदा समेत खुलेपछि इडिभी भर्ने भन्दै ठगि गरेका थिए । 

केहि साइबरहरुले यस अघि नै फोटो खिचाईसकेको आधारमा केहि सस्तोमा पनि डिभी भरिदिन सक्छन् एक पटक प्रयास पनि गर्न सक्नुहुनेछ । अन्यथा सित्तैमा भर्न मिल्ने डिभी भर्न फोटो खिच्ने बहानामा ३०० भन्दा बढी उठाउने गरेका कनसलटेन्सी, फोटो स्टुडियो तथा साइबरहरुलाई फेरी पैसा कमाउने अवसर मिलेको छ । 

कसरी भर्ने डिभी ? 

अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन फेरी खुलेको छ । EDV आफैले भरेमा डिभी चिट्ठा भर्नका लागि कुनै शुल्क तिर्नु पर्दैन ।

नेपालस्थित अमेरिकी दूतावासले चिट्ठा भर्नका निम्ति आवश्यक परेअनुसार परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन आग्रह गर्दै कुनै पनि कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको छ ।

आफै डिभी भर्न चाहनोहरुले तोकिएको समयभित्र www.dvlottery.state.gov वेवसाइटमा गएर डिभीका लागि आदेवन भर्न सक्नेछन् । निवेदनकले २१ वर्ष भन्दा कम उमेरका सबै सन्तानको स्पष्ट विवरण राख्नु पर्ने छ । एउटा मात्र आवेदन दिनुपर्ने छ । साथै अरुमार्फत फारम भर्दा पनि आफ्नै अगाडी सबै डाटा स्पष्ट हुनेगरि भरेको निश्चित भएर भर्नुपर्छ ।

अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग भएको फोटो यस वर्ष प्रयोग गर्न हुँदैन । अनलाइनमा उल्लेख भएको फोटो सम्बन्धी नियमलाई पूर्णत पालना गर्नुपर्ने हुन्छ । डिभी भर्नका लागि फोटो खिच्दा चस्मा समेत लगाउनु हुँदैन ।

डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बर भने सुरक्षित राख्नुपर्छ । यही नम्बरका आधारमा पछी चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुन्छ ।

प्रत्येक वर्ष खुल्ने डिभीमा नेपालीको आकर्षण उस्तै छ । समय समयमा डिभी चिट्ठा परेर अमेरिका पुगेका नेपालीको पीडादायी कथा पढेकाहरु समेत अमेरिका स्थायी बसोबास गर्न पाउने आशामा डिभी भर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि