चिसाङ शेर्पा | कात्तिक १, खोटाङ | वडामा भएका राम्रा गतिविधिलाई प्रोत्साहन र नराम्रा गतिविधिलाई निर्मुलन गर्ने उद्देश्यका साथ संगठित ‘नुनथला युवा सेवा समाज "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा | कात्तिक १, खोटाङ | वडामा भएका राम्रा गतिविधिलाई प्रोत्साहन र नराम्रा गतिविधिलाई निर्मुलन गर्ने उद्देश्यका साथ संगठित ‘नुनथला युवा सेवा समाज "/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नुनथला युवा सेवा समाज नेपालको उद्घाटन, को–को छन् समाजमा !

१ कार्तिक २०७४, बुधबार १५:१९


चिसाङ शेर्पा | कात्तिक १, खोटाङ | वडामा भएका राम्रा गतिविधिलाई प्रोत्साहन र नराम्रा गतिविधिलाई निर्मुलन गर्ने उद्देश्यका साथ संगठित ‘नुनथला युवा सेवा समाज नेपाल’ नुनथलाको तिहार विशेष कार्यक्रमको आयोजनासंगै विधिवत रुपमा संस्थाको उद्घाटन गरिएको छ ।

कार्यक्रमका विशेष अतिथि तथा साविक नुनथला ९ का स्थानिय समाजसेवी विशाल गोम्देनले जालपा माविको प्राङगणमा संस्थाको व्यानर खोली संस्था उद्घाटन गरेका हुन । रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ मा रहेका युवायुवती, अभिभावक लक्षित विभिन्न शन्देसमुलक कार्यक्रम तथा विकास निर्माणमा टेवा पुर्याउने हेतुले सुरु गरिएको युवा समाजले गत कार्तिक ३० देखी साविक वडा स्तरिय पुरुष तथा महिला भलिवल, टेवल टेनिस र नृत्य प्रतियोगिता गराई बुधवार संस्था उद्घाटन गरेका हुन् ।

जालपा माविको प्राङगणमा सञ्चालन भएको साविक वडा स्तरिय भलिवलमा वडा नं २ धौलाङ प्रथम, वडा नं. १ महुरे दितिय र वडा नं. ७ खाम्ला तृतिय भएको थियो । टेवल टेनिसतर्फ हेम विक्रम राई पहिलो, उज्ज्वल राई दोस्रो, साईमान तामाङ तेस्रो भएका थिए । 

भलिवलका विजयी टिमले क्रमशः १५ केजी खशी, १० केजीको २ वटा कुखुरा भाले र ५ केजी कुखुरा भाले पाएका छन् । टेवल टेनिसका प्रथम, दितिय र तृतियले २ हजार, १५ सय र १ हजार नगद पाएका छन् । नृत्यमा सहभागी ७ टिमलाई दामासायी रुपमा प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिएको समाजका अध्यक्ष शुक्र तामाङले बताए । 

विजेता खेलाडी तथा नृत्याङगनालाई युवा तथा समाजसेवी विशाल गोम्देन र रुपाकोट हलेसी यातायात व्यवसायी संघका अध्यक्ष महेश तामाङ र वडाध्यक्ष भीम राईले तिहारको शुभकामना सहित पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रम समाजका अध्यक्ष शुक्र तामाङको अध्यक्षतामा समापन भएको हो । 

को–को छन् समाजमा !

पुरानो कार्य समितीलाई भंग गर्दै नयाँ कार्य समिती निर्माण गरिएको नुनथला युवा सेवा समाजमा ११ सदस्य रहेको छ । समितकिो अध्यक्षमा शुक्र तामाङ, उपाध्यक्ष लक्ष्मण राई, सचिव जयन राई, सहसचिव हेम कुमार राई, कोषाध्यक्ष आरती राई, सह–कोषाध्यक्ष प्रमोद राई रहेका छन् । गत कार्तिक २६ गते वैधानिक रुपमा दर्ता भएको समाजको सदस्यहरुमा शुष्मा तामाङ, रचना राई, सुजता राई, नरेश मोक्तान र सुनिल राई रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन