१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

हात्तिले घर भत्काएपछि परिवारको विचल्ली, तिहारमा बेला खुसी लुटियो

२ कार्तिक २०७४, बिहीबार ०५:४६

कात्तिक २, कञ्चनपुर | कञ्चनपुरका दुई स्थानीय परिवारको घर तिहारकै मुखमा जंगली हात्तिले भत्काईदिएपछि विचल्ली भएको छ । गयराती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तिको बथानले कञ्चनपुरको दक्षिणी क्षेत्रका दुई स्थानीयको घर भत्काईदिएको हो । जंगली हात्तीको बथानले बेल्डाँडी गाउँपालिका–१ का गगन सिह महरा र मने बहादुर ओखेडाको घर भत्काईदिएपछि उनीहरुको परिवार विचल्लीमा परेको छ ।

बेल्डाँडीका स्थानीय पीडित गगन सिह महराले राती एक्कासी बथानमा आएका हात्तीले घर भत्काउन थालेपछि पुरै परिवार ज्यान जोगाउन भागेको बताए । ‘हात्तीले घर घेरिसकेको थियो, ‘उनले भने, ‘हामीहरु झ्यालबाट खेततिर भागेर ज्यान जोगायौँ ।’ हात्तीले घरभित्र राखेको अन्नबाली समेत नष्ट गरिदिएको बताउदै पीडित महराले तिहारकै मुखमा विचल्लीमा बनाएको दुखेसो गरे । ‘तिहारकै मुखमा हात्तीले झण्डै हाम्रो ज्यान लगिसकेको थियो, ‘उनले भने, ‘भगवानले हाम्रो परिवारलाई अर्को जुनी दियो ।’ यस्तै अर्का पीडित मन बहादुर ओखेडाले पनि हात्तीले घरभित्र रहेको अन्न खाईदिएपछि विचल्लीमा परेको दुखेसो पोखे । पीडित दुवै परिवारले राहत तथा क्षतिपूर्तिको माग गरेका छन् । हात्तीले महरा र ओखेडा परिवारको बस्ने घरै भत्काईदिएपछि उनीहरु संकटमा परेका छन् । आर्थिक रुपमा विपन्न दुवै परिवार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउकै दक्षिणी क्षेत्रमा बस्दै आएका छन् । 

बेल्डाँडी गाउँपालिका–१ का वडाध्यक्ष अम्मर बहादुर खत्रीले पीडित परिवारको राहतका लागि स्थानीय तहबाट समेत पहल भईरहेको बताए । दुवै परिवारको क्षतिको मुचुल्का उठाएर राहत र क्षतिपूर्तिका लागि वडा कार्यालयले सम्बन्ध निकाय माफर्त राहत दिलाउने बताए । दशैँ अघि देखि भारतीय दुधुवा नेशनल पार्कबाट नेपाल छिरेका हात्तीले कञ्चनपुरको पुर्नवास, लालझाँडी, बेलौरी, बेल्डाँडी, महाकाली, बेदकोट, शुक्लाफाँटा र भीमदत्तका आतङ्क मच्याईरहेको छ । हात्तीले धानकै सिजनमा बढि क्षति गर्दछ । हात्ती पीडितलाई समयमै उचित राहत र क्षतिपूर्ति नदिदा मानव र बन्यजन्तु विचको द्वन्द्व समेत बढ्दै जाँदा जैविक विविधता संरक्षणमा चुनौती थपिएको संरक्षणकर्मीको भनाई छ । पीडितको घाउमा मलम लगाउनुपर्नेमा संरक्षणकर्मीले जोडदिदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन