२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

शान्ति र समाजिक सदभाव कायम हुनेगरी तिहार मनाउँन आग्रह

२०७४, २ कार्तिक बिहीबार ०७:२१

लोकेन्द्र प्रशाद जोशी | कात्तिक २, दार्चुला । शान्ति सामाजिक सदभाब नखल्बलीने गरेर तिहार मनाउँन सबैलाइ प्रहरीले आग्रह गरेको छ । अहिले जिल्ला सदरमुकाम लगायत ग्रामिण क्षेत्रहरुमा जुवातास र मदिरा सेवनका घटनाहरु बढीरहेको भन्दै यस्तो कार्यमा संलग्नलाइ कानुनअनुसार कार्बाहि गरीने दार्चुला जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक जनक बहादुर साहीले जानकारी दिनुभयो । जिल्ला सदरमुकाममा हिजोआज चोरीका घटनाहरु घटन थालेकोले रातीको समयमा झ्यालढोका बन्द गरेर तथा घर बाहिर बत्तिबालेर सुत्न तथा सुरक्षा सर्तकता अपनाउँन आम नागरीकमा प्रहरीको आग्रह छ ।


तिहारमा पटाका तथा ज्वलनशील पदार्थ भित्रिन सक्ने भन्दै सीमा क्षेत्रमा चेकजाँचमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक जनक बहादुर साहीले जानकारी दिनुभयो । विशेष गरेर पटका भारतबाट आयात हुने भन्दै सीमानाका खलंगा लगायतका क्षेत्रमा चेकजाँचमा कडाइ गरिएको हो । पटाका ओसारपसार, किनबेच गर्ने र पड्काउने सबैलाई कारवाही गरिने उहाले बताउनुभएको छ । पटाकाको ओसारपसार र कारोवार हुने ठाउँको पहिचान गरेर प्रहरीले निगरानी बढाएको उहाको भनाइ थियो ।

तरपनी जिल्ला सदरमुकाममा पटाका लगायतका बिस्पोटक पदार्थहरुको प्रयोग भइरहेको छ । बुधबार मात्रै सिमानाका खलंगा पुलघाटबाट बच्चाहरुले नेपाल भित्राउदै गरेको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ७० प्याकेट पटाका बरामद गरेको छ । तिहारलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि प्रहरीले सबै सीमावर्ती नाकाका भारतीय प्रहरीसँग समन्वय गरेर चेकजाँच बढाएको जनाएको छ ।

चाडपर्वका नाममा रमाईलो गर्दा पटकाको आवाज र आतसवाजीले ध्वनी प्रदूषण हुने, धनजनको क्षति हुने, आतंक फैलिने र मानवीय स्वास्थ्यमा समेत असर पर्ने भएपछि कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । तिहारलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न देउसी भैली राती ९ बजेपछि नखेल्न पनि प्रहरीले आग्रह गरेको छ ।

भारतीय बजार धारचुलाबाट वालवालिकाहरुले लुकाई छिपाई पटाका, भुईचम्पाजस्ता बिस्पोटक पदार्थ नेपाल भित्र्याउने गरेका छन । प्रहरीको आँखा छलेर नेपाल ल्याई बिष्पोटक पदार्थ प्रयोग गरीरहेका हुन । यस्ता बिष्पोटक पदार्थको प्रयोगगर्दा मानब स्वास्थ्यमा प्रत्यक्ष वा अप्रतक्ष्य रुपमा असर पर्ने र प्रयोगमा त्रुटिभएमा अङगभङगहुने सम्भावना समेत रहने गर्दछ । भारतमा पटाकाको खुल्ला व्यापार तथा रमाईलोका लागी पट्काइने भए पनि नेपालमा भने यस्को पुर्णतया रोक लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो