१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा १५ दिनको अवधिमा दुईको हत्या

६ कार्तिक २०७४, सोमबार १८:१२

राम नारायण पंडित | कात्तिक ६, सिरहा | सिरहाको कर्जन्हा नगरपालिका २ बन्दिपुरको कमला नदि किनारको झाडीमा हत्या गरी फलिएको अवस्थामा एक बालकको शव फेला परेको छ । स्थानिय कुशुमलाल यादवको १२ वर्षिय छोरा भवेश यादवको शव कमला किनारको झाडीमा टाउको छुट्टिएको अवस्थामा आइतबार वेलुका फेला परेको प्रहरीले जनाएको छ ।


 कात्तिक ३ गतेबाट हराईरहेको बालकको घाँटी छुट्टिएको अबस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक शेखर कोइरालाले जनाएको छ । 

मृतकका बुवा कुशुमलालले छोरा हराएदेखि नै आफ्नो आफन्तकोमा खोजविन गर्दा पनि नभेटेपछि प्रहरीलाई खवर गरेको जनाएको छ । शुक्रबार सँगै पढ्ने गाउँकै अजय साहसँग कमलाको नहरमा नुहाउन गएका उनी अवेरसम्म घर नफर्केपछि उनको खोजतलास सुरु गरेको बुवा कुशुमलालले बताए । 

जिल्ला प्रहरी कार्यालय सिरहाले घट्नाको अनुसन्धान जारी रहेको बताएको छ । 

यसअघि  कर्जन्हा नगरपालिका १० प्रयागपुरमा असोज २३ गते राति एक युवकको धारिलो हातियार प्रहार गरि घाटी रेटी हत्या गरेको थियो । आफ्नै घरमा सुतिरहेको वेला ३५ वर्षिय शशिभुषण प्रसाद साहको हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएपनि उनको नाम सार्वजनिक गरेको छैन । सिरहामा १५ दिनभित्र दुईजनाको हत्या भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए