2026-09-24 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै

अनिल अधिकारी । काठमाडौँ । वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकहरूको माग सम्बन्धि बिज्ञापनहरु उल्लेख्य रूपमा घट्न थालेको छ । विशेषगरी मध्यपूर्वमा तनाब बढेपछि त्यहाँबाट प्राप्त भएको कोटामा बिज्ञापन गर्ने क्रम खुम्चिँदै गएको देखिएको छ । अर्कोतर्फ वैदेशिक रोजगार व्यवसायीहरूले नयाँ सरकारले लिएको बढीमा १० हजार मात्र सेवा शुल्कको रुपमा लिन पाउने नीतिका कारण सक्रिय रुपमा प्राप्त कोटामा समेत कामदार छनौट प्रक्रियालाई स्थगित गर्न थालेको बुझिएको छ ।

म्यानपावर व्यवसायीले सेवा शुल्कको नीति परिमार्जन गरेर सरकारले निश्चित लागत निर्धारण गर्नुपर्ने माग लामो समयदेखि राख्दै आएका छन् । पछिल्लो पटक नयाँ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक कुमार साह आएपछि वैदेशिक रोजगार क्षेत्रमा नीतिगत व्यवस्थामा परिमार्जन चाहेका व्यवसायीले पुरानै नीति अनुसार सरकारले कडाई गर्ने संकेत पाएसँगै ‘पर्ख र हेर’ रणनीतिमा बसेको पाइएको छ । एकाएक अति न्यून शुल्कमा काम गर्दा वास्तविक आफूले खर्च गरिसकेको चर्को लागतको भार धान्न कठिन हुने र सरकारले कानुनी रुपमै कडाई गर्ने संकेत दिएपछि व्यवसायीहरूले वर्तमान अवस्थामा कामदार पठाउन र डिमाण्ड ल्याउन उत्साह नदेखाउने बुझिएको छ ।

लामो समयदेखि वैदेशिक रोजगार अन्तर्गत सरकारले तय गरेको नीति र व्यवहारिक पक्षमा तालमेल नहुँदा नेपाली श्रमिक चर्को लागतसंगै झुटो करारको मारमा छन् । बिगतमा सरकारी संयन्त्रले कामदारको समस्या समाधानको सट्टा व्यवसायीलाई नै गलत बाटोमा हिड्न सिकाउने गरेको आरोप छ । दुतावासबाट डिमाण्ड प्रमाणीकरणमा चलखेलदेखि भेदभावसम्मका कुरा व्यवसायीको गुनाशो छ । जानीजानी दुतावासले जति ढिलासुस्ती गर्यो त्यतिनै बाध्य भएर पैसा खुवाउनु परेको आरोप लगाउदै आएका छन् । त्यसो त नेपालको नीतिगत कमजोरीको कारण व्यवसायीहरु बीच अस्वस्थ प्रतिश्पर्धा बढ्दा प्रति कामदार अधिकांश मागमा व्यवसायीले पैसा खर्चने गरेको समेत पाइएको छ ।

यसै सम्बन्धमा व्यवसायीहरूका अनुसार नेपालको श्रम आपूर्ति प्रक्रिया, दुतावासदेखिनै पैसा बुझाउनुपर्ने, बिभागबाट बाध्यात्मक रुपमा अ-प चलखेल हुने, लागत सम्बन्धित नीतिको कारण एजेन्ट राखेर कारोबार मिलाउनुपर्ने बाध्यता, डिमाण्डको समन्वय तथा अन्य प्रशासनिक खर्चहरू समेट्दा तोकिएको शुल्कभित्र काम गर्न चुनौतीपूर्ण रहेको बताईरहेका छन् । साथै, सरकारले नीति कार्यान्वयनमा कडाइ गर्दा लाइसेन्स खारेजजस्ता जोखिमसमेत बढ्ने भएकाले उनीहरू सतर्क बनेका छन् । त्यसो त वैदेशिक रोजगारमा जाने कामदारको नयाँ सरकारसँग धेरैनै अपेक्षा र विश्वास समेत भएको हुँदा वैदेशिक रोजगारमा जाने कामदारले सरकारलाई उजुरी गर्ने मनोबल समेत बढ्ने हुँदा आफूहरु अफ्ट्यारोमा पर्ने बुझेर व्यवसायी थप ससंकित बनेको बुझिएको छ । पछिल्लो समय वैदेशिक रोजगारको प्रक्रियामा रहेका मागहरुमा मलेसियाको माग बढी देखिएको छ । तर मलेसियाको मागमा पनि गत साताको तुलनामा बिज्ञापनहरु प्रकाशन नभएको पाइएको छ ।

त्यसो त वैदेशिक रोजगारको माग घट्नुको अर्को मुख्य कारण मध्यपूर्वका विभिन्न देशहरूमा श्रम स्वीकृति प्रक्रियामा देखिएको अवरोध हो । नेपालले मध्येपुर्वमा समस्या सुरु भएपछि श्रम स्वीकृति रोक्का राखेको कारण म्यानपावर कम्पनीहरूले सम्बन्धित देशको नयाँ डिमाण्डमा कामदार पठाउने प्रक्रियालाई अगाडी बढाएका छैनन् । यसका कारण चैत महिना वैदेशिक रोजगारमा जानेहरुको संख्या समेत उल्लेख्य मात्रामा घट्ने देखिएको छ । नेपालको श्रम नखुलेपनि अन्यत्र देशबाट ति देशहरुमा कामदार जाने क्रम भने जारी रहँदा सम्बन्धित रोजगारदाता कम्पनीहरू अन्य वैकल्पिक श्रम आपूर्ति गर्ने देशतर्फ आकर्षित हुन सुरु गरिसकेको एक व्यवसायीले बताए ।

व्यावसायी उत्साहित नहुँदा डिमाण्ड घट्दै गएमा नेपालबाट बेरोजगारी दर वृद्धि हुने, विदेसिने आकांक्षी बढ्दै जाँदा वैदेशिक रोजगारमा जाने प्रक्रिया अनौपचारिक माध्यमतर्फ मोडिन सक्ने तथा क्रमश: रेमिट्यान्स आम्दानीमा समेत असर पर्ने जोखिम देखिएको छ ।

यस सन्दर्भमा सरोकारवालाहरूले वैदेशिक रोजगार क्षेत्र सुधारका लागि सन्तुलित, व्यवहारिक र कार्यान्वयनयोग्य नीति आवश्यक रहेको बताएका छन् । व्यवसायी र श्रमिक दुवै पक्षलाई समेटेर अघि बढ्ने नीति नआएमा वर्तमान संकट अझ गहिरिन सक्ने चेतावनीसमेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी