पर्वत । आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको माहौल पर्वतमा दिन प्रतिदिन बढ्दै गएको छ । निर्वाचनका लागि सबै पक्षले आआफ्नो तयारीसमेत तिब्र पारेका छन् ।  आगामी निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्नका लागि जिल्लामा क्रियाशील दल सक्रि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको माहौल पर्वतमा दिन प्रतिदिन बढ्दै गएको छ । निर्वाचनका लागि सबै पक्षले आआफ्नो तयारीसमेत तिब्र पारेका छन् ।  आगामी निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्नका लागि जिल्लामा क्रियाशील दल सक्रि"/>
2026-09-19 12:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा आगामी निर्वाचनको तयारी तिब्र

पर्वत । आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको माहौल पर्वतमा दिन प्रतिदिन बढ्दै गएको छ । निर्वाचनका लागि सबै पक्षले आआफ्नो तयारीसमेत तिब्र पारेका छन् ।  आगामी निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्नका लागि जिल्लामा क्रियाशील दल सक्रिय त बनेका छन् नै समग्र निर्वाचनको तयारीमा जिल्ला निर्वाचन कार्यालय पनि जुटेको छ ।

उता प्रहरीले म्यादी प्रहरी छनोट कार्य शुरु गरेको छ । म्यादी प्रहरीमा भर्ना हुनका लागि एक हजार ३०० भन्दा बढीले आवेदन समेत दिएका छन् भने अहिले छनोट कार्य शुरु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।  जिल्ला निर्वाचन कार्यालय, पर्वतले यतिवेला मतदानस्थलको व्यवस्थापनका लागि तयारी गरेको छ । आगामी निर्वाचनमा पनि पर्वतमा ७४ वटै मतदानस्थल राखिने तयारी भइरहेको छ ।

स्थानीय तहको निर्वाचनमा पनि जिल्लाका सातवटै तहमा गरी ७४ वटा मतदानस्थल तोकिएको थियो ।  राजनीतिक दलले उम्मेदवारको नामावली टुंगो लगाएर केन्द्रमा पठाइसकेका छन् भने मतदातालाई आफ्नो प्रभावमा पार्नका लागि गाउँ अभियान सञ्चालन गर्ने तयारी समेत गरेका छन् । त्यस्तै, मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकिएको छ ।  पर्वत जिल्ला अदालतका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतका रुपमा नियुक्त गरिएको छ भने यही कात्तिक ९ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने भएको छ । मतदाता शिक्षा कार्यक्रम भने यही कात्तिक २१ गतेदेखि जिल्लाका ६१ वटै वडामा सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।  पर्वतमा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको संख्या एकलाख सात हजार ३०० कायम भएको छ । स्थानीय तहको चुनावमा ९९ हजार ६०० जना मतदाता रहेकोमा अहिलेको चुनावमा झण्डै आठ हजार बढी मतदाता कायम भएका हुन् । 

प्रत्येक मतदानस्थलमा एकहजार मतदाता रहने गरी तयारी गरिएको छ र पछिल्लो पटक थपिएका मतदाताका कारण केही स्थलमा एक हजारभन्दा बढी हुने भएकाले त्यसैमा व्यवस्थापन गर्ने वा केही संख्या थप गर्ने भन्नेबारेमा पनि छलफल भइरहेको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।  स्थानीय तहको जस्तो छुट्टाछुट्टै मतदान अधिकृतको कार्यालय नभई जिल्ला अदालतमै मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने र त्यहीँबाट सबै व्यवस्थापन गरिने समेत उहाँले जानकारी दिनुभयो ।  

आगामी निर्वाचनको सबै मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुने भएको छ । मतदाता शिक्षा सामग्रीसमेत आइनसकेको अवस्थामा तिहारपछि सबैजसो तयारीमा जुट्ने भएका छन् । उता सुरक्षा निकायले पनि निर्वाचन केन्द्रित सुरक्षा योजनामा जुटेको जिल्ला निर्वाचन अधिकारी शर्माले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो