१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

कोठामा थुनेर आगो लगाई श्रीमतीले गरिन् श्रीमानको हत्या, यस्तो छ हत्या गर्नुको कारण

७ कार्तिक २०७४, मंगलवार ०७:३९

कात्तिक  ७, भक्तपुर | भक्तपुरमा आफ्नै श्रीमतीले आगो लगाएर श्रीमानको हत्या गरेकी छिन् । मध्यपुरथिमि नगरपालिका–६ पुरानोठिमीस्थित मैया बुढाथोकीको घरमा डेरामा बस्दै आएका सिन्धुपाल्चोक सिपामंखा घर भएका ४० वर्षका विदुर नेपालको श्रीमतीले आगो लगाउँदा मृत्यु भएको हो । 

नेपाललाइ उनलाई जेठी श्रीमती गीता नेपालले कोठामा थुनेर आगो लगाएर हत्या गरेको प्रहरीले जनाएको छ । जेठीलाई हेला गरेर कान्छीसँग बसेका नेपाललाई सोहि रिसको आवेग सहन नसकेपछि जेठी श्रीमति गीताले आगो लगाएको बयान दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।

आगो लगाउने गीतालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको छ । आगो लगाई फरार रहेकी गीतालाई प्रहरीले भक्तपुरकै जगातीबाट पक्राउ गरेको प्रहरी बृत्त थिमिका प्रहरी नायव उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए । 

कान्छी श्रीमती माइत गएको बेला पारेर जेठी श्रीमती गीताले नेपाललाई आगो लगाएकी थिइन् । आगो लगाएर घाइते बनाईएका श्रीमानलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि नर्भिक अस्पताल लगिएको थियो । तर त्यहाँ पनि उपचार हुन नसकेपछि कीर्तिपुरस्थित बर्न मोडेल अस्पतालमा उपचारकै क्रममा गएराति मृत्यु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड