कात्तिक ७,ओखलढुंगा । आगामी मंसिर १० गते हुने संघीय प्रतिनिधी र प्रदेश प्रतिनिधी सभाको निर्वाचन प्रयोजनका लागि नेकपा एमालेको नेतृत्वमा रहेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ७,ओखलढुंगा । आगामी मंसिर १० गते हुने संघीय प्रतिनिधी र प्रदेश प्रतिनिधी सभाको निर्वाचन प्रयोजनका लागि नेकपा एमालेको नेतृत्वमा रहेक"/>
2026-07-03 01:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

चुनाव जित्न के गर्दैछ ओखलढुंगामा वाम गठबन्धनले ? हेर्नुहाेस् चुनावी कार्यक्रम

कात्तिक ७,ओखलढुंगा । आगामी मंसिर १० गते हुने संघीय प्रतिनिधी र प्रदेश प्रतिनिधी सभाको निर्वाचन प्रयोजनका लागि नेकपा एमालेको नेतृत्वमा रहेको संयुक्त वाम गठबन्धनले ओखलढुंगाको निर्वाचनका कार्यक्रम सार्वजनिक गरेको छ । आज सदरमुकाम ओखलढुंगामा पत्रकार सम्मेलन आयोजना गरेर निर्वाचन परिचालन र व्यवस्थापनका लागि गठबन्धनले गरेको तयारी र निर्णयका बारेमा जानकारी गराएको हो । कात्तिक ६ गते बसेको बैठकले गठबन्धनमा आबद्ध दल (नेकपा एमाले र माओवादी केन्द्र) का  नेताहरु रहनेगरी गाउँपालिका र नगरपालिकामा निर्वाचन परिचालन कमिटी, क्षेत्रीय स्तरमा प्रदेश सभा निर्वाचन परिचालन कमिटी र जिल्ला स्तरमा संघीय निर्वाचन परिचालन कमिटी  घोषणा गरेका छन् ।

गठबन्धनले निर्वाचनलाई लाई व्यवस्थित सहकार्यलाई मजबुद बनाउन शीर्ष नेताहरु रहेको अनुगमन तथा निर्देशन समिति समेत गठन गरेका छन् ।

गठबन्धनले ओखलढुंगाका सात गाउँपालिका र एक नगरपालिकामा निर्वाचन परिचालन तथा व्यवस्थापन मा नेता कार्यकर्ताहरुलाई जिम्मेवारी तोकेको छ । जिम्मेवारी पाएका नेताहरुको अगुवाइमा बृहद भेला आयोजना गरेर विभिन्न उप समिति गठन गर्न र चुनावमा प्रतिपक्षीको शसक्त शामना गर्ने नीति अख्तियारी गरेको छ ।

 वाम गठनबन्धन बनेपछि ओखलढुंगाका कम्युनिष्ट कार्यकर्ताहरु उत्साहित बनेपछि उम्मेदवार तथा नेताहरु चुनाव जितिनेमा ढुक्क देखिएका छन् । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बाम गठबन्धनबाट संघीय प्रतिनिधी सभाको सदस्य पदका उम्मेदवार एमाले केन्द्रिय सदस्य यज्ञराज सुनुवारले वाम गठबन्धनले ओखलढुंगाका तीन क्षेत्र अत्याधिकम मत अन्तरले जित्ने दावी गर्नुभएको छ । स्थानीय तहको निर्वाचनको मत परिणाम ओखलढुंगामा काँग्रेसको भन्दा ६ हजार बढी वाम गठबन्धनको रहेकाले धेरैले काँग्रेसको गढ भनेर चिनिए पनि वामपन्थीहरुहले जित्ने आाकलन गरेका छन् । तटस्थ मतदाताहरु समेत प्रगतिशिल गठबन्धनमा आकर्षित भएकाले तीनै जना उम्मेदवार सात हजारभन्दा बढी मतान्तर जित्ने सुनुवारले दावी गर्नुभएको छ ।

उहाँले सत्तामा रहेर कांग्रेसले ओखलढुंगामा समृद्धिभन्दा बिकृति भित्र्याएकाले वाम गठबन्धनले सुन्दर शान्त र समृद्ध ओखलढुंगा बनाउने उद्घोष गरेकाले समृद्ध ओखलढुंगा बनाउन गठबन्धनले जित्नै पर्ने दावी गर्नुभयो । गठबन्धनका तर्फबाट प्रदेश क मा अम्बिरबाबु गुरुङ, ख मा मोहनकुमार खड्का हिमशिखर, नेताहरु पेशल खतिवडा, रामहरि कार्की, बाबुराम गौतम, मोहनकुमा श्रेष्ठ, नेत्रप्रसाद भट्टराई, हर्कबोल राई सिताराम गुरुङ लगायतका नेताहरुले वाम गठबन्धन ओखलढुंगाको समृद्धि र विकासको संवाहक भएकाले गठबन्धनका सबै उम्मेदवाहरुलाई मतदाता गर्न मतदाताहरुसग अपिल गरका छन् ।

गठबन्धनले कार्यक्रम तालिकासमेत सार्वजनिक गरेको विज्ञप्तीमा नेपाली कांग्रेसले ओखलढुंगामा धेरै पटक जित्दा  काँग्रेसको शासनकालमा मौलाएको भ्रष्टाचार, विसंगति र सामाजिक कु संस्कारको अन्त्य गर्दै सामाजिक न्याय र समानतासहितको सुन्दर शान्त र समृद्ध ओखलढुंगा निर्माण गर्ने अभियान वाम गठबन्धन रहेकाले गठबन्धनका साझा उम्मेदवाहरु संघीय प्रतिनिधी सभामा क. यज्ञराज सुनुवार र प्रदेश प्रतिनिधी सभा क्षेत्र नं. १ मा अम्बिरबाबु गुरुङलाई सूर्य चिन्ह तथा क्षेत्र नं. २ मा क. मोहनकुमार खड्का (हिमशिखर) लाई गोलाकारभित्रको हसिया हथौडामा मतदान गर्न सम्पूर्ण जिल्लाबासी न्यायप्रेमी मतदाताहरुलाई अपिल समेत गरेको छ । विज्ञप्तिमा मोहनकुमार श्रेष्ठ र बाबुराम गौतमले हस्ताक्षर गर्नुभएको छ ।

 हेर्नुहाेस् चुनावी कार्यक्रम  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक