कात्तिक ७,ओखलढुंगा । आगामी मंसिर १० गते हुने संघीय प्रतिनिधी र प्रदेश प्रतिनिधी सभाको निर्वाचन प्रयोजनका लागि नेकपा एमालेको नेतृत्वमा रहेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ७,ओखलढुंगा । आगामी मंसिर १० गते हुने संघीय प्रतिनिधी र प्रदेश प्रतिनिधी सभाको निर्वाचन प्रयोजनका लागि नेकपा एमालेको नेतृत्वमा रहेक"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

चुनाव जित्न के गर्दैछ ओखलढुंगामा वाम गठबन्धनले ? हेर्नुहाेस् चुनावी कार्यक्रम

७ कार्तिक २०७४, मंगलवार १२:५६

कात्तिक ७,ओखलढुंगा । आगामी मंसिर १० गते हुने संघीय प्रतिनिधी र प्रदेश प्रतिनिधी सभाको निर्वाचन प्रयोजनका लागि नेकपा एमालेको नेतृत्वमा रहेको संयुक्त वाम गठबन्धनले ओखलढुंगाको निर्वाचनका कार्यक्रम सार्वजनिक गरेको छ । आज सदरमुकाम ओखलढुंगामा पत्रकार सम्मेलन आयोजना गरेर निर्वाचन परिचालन र व्यवस्थापनका लागि गठबन्धनले गरेको तयारी र निर्णयका बारेमा जानकारी गराएको हो । कात्तिक ६ गते बसेको बैठकले गठबन्धनमा आबद्ध दल (नेकपा एमाले र माओवादी केन्द्र) का  नेताहरु रहनेगरी गाउँपालिका र नगरपालिकामा निर्वाचन परिचालन कमिटी, क्षेत्रीय स्तरमा प्रदेश सभा निर्वाचन परिचालन कमिटी र जिल्ला स्तरमा संघीय निर्वाचन परिचालन कमिटी  घोषणा गरेका छन् ।

गठबन्धनले निर्वाचनलाई लाई व्यवस्थित सहकार्यलाई मजबुद बनाउन शीर्ष नेताहरु रहेको अनुगमन तथा निर्देशन समिति समेत गठन गरेका छन् ।

गठबन्धनले ओखलढुंगाका सात गाउँपालिका र एक नगरपालिकामा निर्वाचन परिचालन तथा व्यवस्थापन मा नेता कार्यकर्ताहरुलाई जिम्मेवारी तोकेको छ । जिम्मेवारी पाएका नेताहरुको अगुवाइमा बृहद भेला आयोजना गरेर विभिन्न उप समिति गठन गर्न र चुनावमा प्रतिपक्षीको शसक्त शामना गर्ने नीति अख्तियारी गरेको छ ।

 वाम गठनबन्धन बनेपछि ओखलढुंगाका कम्युनिष्ट कार्यकर्ताहरु उत्साहित बनेपछि उम्मेदवार तथा नेताहरु चुनाव जितिनेमा ढुक्क देखिएका छन् । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बाम गठबन्धनबाट संघीय प्रतिनिधी सभाको सदस्य पदका उम्मेदवार एमाले केन्द्रिय सदस्य यज्ञराज सुनुवारले वाम गठबन्धनले ओखलढुंगाका तीन क्षेत्र अत्याधिकम मत अन्तरले जित्ने दावी गर्नुभएको छ । स्थानीय तहको निर्वाचनको मत परिणाम ओखलढुंगामा काँग्रेसको भन्दा ६ हजार बढी वाम गठबन्धनको रहेकाले धेरैले काँग्रेसको गढ भनेर चिनिए पनि वामपन्थीहरुहले जित्ने आाकलन गरेका छन् । तटस्थ मतदाताहरु समेत प्रगतिशिल गठबन्धनमा आकर्षित भएकाले तीनै जना उम्मेदवार सात हजारभन्दा बढी मतान्तर जित्ने सुनुवारले दावी गर्नुभएको छ ।

उहाँले सत्तामा रहेर कांग्रेसले ओखलढुंगामा समृद्धिभन्दा बिकृति भित्र्याएकाले वाम गठबन्धनले सुन्दर शान्त र समृद्ध ओखलढुंगा बनाउने उद्घोष गरेकाले समृद्ध ओखलढुंगा बनाउन गठबन्धनले जित्नै पर्ने दावी गर्नुभयो । गठबन्धनका तर्फबाट प्रदेश क मा अम्बिरबाबु गुरुङ, ख मा मोहनकुमार खड्का हिमशिखर, नेताहरु पेशल खतिवडा, रामहरि कार्की, बाबुराम गौतम, मोहनकुमा श्रेष्ठ, नेत्रप्रसाद भट्टराई, हर्कबोल राई सिताराम गुरुङ लगायतका नेताहरुले वाम गठबन्धन ओखलढुंगाको समृद्धि र विकासको संवाहक भएकाले गठबन्धनका सबै उम्मेदवाहरुलाई मतदाता गर्न मतदाताहरुसग अपिल गरका छन् ।

गठबन्धनले कार्यक्रम तालिकासमेत सार्वजनिक गरेको विज्ञप्तीमा नेपाली कांग्रेसले ओखलढुंगामा धेरै पटक जित्दा  काँग्रेसको शासनकालमा मौलाएको भ्रष्टाचार, विसंगति र सामाजिक कु संस्कारको अन्त्य गर्दै सामाजिक न्याय र समानतासहितको सुन्दर शान्त र समृद्ध ओखलढुंगा निर्माण गर्ने अभियान वाम गठबन्धन रहेकाले गठबन्धनका साझा उम्मेदवाहरु संघीय प्रतिनिधी सभामा क. यज्ञराज सुनुवार र प्रदेश प्रतिनिधी सभा क्षेत्र नं. १ मा अम्बिरबाबु गुरुङलाई सूर्य चिन्ह तथा क्षेत्र नं. २ मा क. मोहनकुमार खड्का (हिमशिखर) लाई गोलाकारभित्रको हसिया हथौडामा मतदान गर्न सम्पूर्ण जिल्लाबासी न्यायप्रेमी मतदाताहरुलाई अपिल समेत गरेको छ । विज्ञप्तिमा मोहनकुमार श्रेष्ठ र बाबुराम गौतमले हस्ताक्षर गर्नुभएको छ ।

 हेर्नुहाेस् चुनावी कार्यक्रम  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य