2026-09-19 06:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

म्यादी प्रहरीको लिखित परीक्षा सकियो

लोकेन्द्र प्रशाद जोशी | कात्तिक ७, दार्चुला । आगामी मंसिर १० गते हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षाको लागि म्यादी प्रहरी छनोट चलिरहेको छ । दार्चुला जिल्लामा म्यादीप्रहरीको छनोट कात्तिक ५ गतेबाट भइरहेको हो । पहिलो चरणमा फिजिकल लगायतमा पास भएकाहरुले मंगलवार दार्चुला सदरमुकामको बसपार्कमा रहेको नेपाली सेनाको खुला जमिनमा सामुहिक लिखित परीक्षा दिएका छन । लिखित परीक्षामा २५ ओटा बहुबैकल्पीक प्रश्नको उत्तर दिनकोलागी ३० मनेटको समय छुट्टाइएको थियो ।

सदरमुकामा दौड र सामान्य फिजिकल चेकजाचँमा छनोट भएर आएका १ हजार ३ सय ५३ जनाले लिखित परीक्षा दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जसमध्ये ११ सय ५४ पुरुष र १ सय ९९ महिला रहेका छन । जम्मा ६ सय ७३ जना आवश्यक रहेकोमा झन्डै तेब्बर १७ सय १ जनाको आवेदन परेको थियो ।

लिखित परिक्षा दिएका मध्ये बुधबार बिहानसम्म कपीजाँच गरेर नतीजा निकाल्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरिक्षक जनक बहादुर शाहीले जानकारी दिनुभयो ।

म्यालीकोलागी बैदेशिक रोजगारी गरी घर फर्कीएका, पहिला सुरक्षाकर्मी भएर छोडेका वा अवकासमा परिसकेकाले र पुर्ब म्यादीहरुले समेत परिक्षा दिएका छन ।

देशमा शिक्षित बेरोजगारहरुको संख्या दिनप्रतिदिन बढी रहेको कारणपनि उच्च शिक्षा प्रबिधिक शिक्षा र स्नातक तह अद्ययन गरीरहेका युवायुवतिहरुले समेत म्यादीमा परिक्षा दिएका छन । हातमा उच्च शिक्षाका प्रमाणपत्रहरु भएपनि वेरोजगारीको समस्याले म्यादी प्रहरीमा आएको युवाहरुले भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई