Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

देउसी भैलोबाट संकलीत रकमले गाँउमा प्लस टु खोलिने

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नन्दराम जैशी | कात्तिक ८, जुम्ला । जुम्ला तातोपानि गाउँपालिका–८ टोप्लाका स्थानीयले देउसी भैलो खेलेर संकलन गरेको १८ लाख ५० हजार रुपैया गाँउमा प्लस टु संचालनका लागि सहयोग गरेका छन् । हिन्दुहरुको महान पर्व तिहारको अवसरमा देउसी भैलो खेलेर सबैबाट थोरै थोरै जुटाएको रकमले गाँउमा प्लस टु संचालन गर्ने स्थानियको भनाइ छ ।

गाँउमै माध्यामिक विद्यालय भएपनि प्लस टु अध्ययनका लागि घर छोडेर बाहिर जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गाँउमा प्लस टु संचालनका लागि देउसी भैलो खेलेर संकलन गरेको १८ लाख ५० हजार रुपैया सहयोग गरीएको स्थानिय नरेन्द्र शाहिले बताउनुभयो । एउटा पनि दरवन्दी नभएको टोप्ला स्थिति कालिका माध्यामिक विद्यालयमा प्लसस टु अर्थात कक्षा ११–१२ संचालन गर्नका लागि पहल भैरहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरत बहादुर शाहीको भनाइ छ ।

उहाँले भन्नुभयो, तातोपानि गाउँपालिका ८ टोप्लाका विद्यार्थीहरुलाई उच्चशिक्षा हासिल गर्नका लागि धेरै टाढा जिला भित्र र जिल्ला बाहिर जानु पर्ने बाध्यता छ । जसले गर्दा सबैको आर्थिक अवस्थाले साथ दिदैन । कतिपयले त एसइइ पास पछि पढाइ छोड्नु पर्ने बाध्यता छ । त्यसैले यस्ता समस्या समाधानको लागि पहल गर्न देउसी भैलो खेलेर रकम जम्मा गरी गाउँमै प्लस टु संचालन गर्ने अभियान थालेको शाहिले बताउनुभयो ।

अभियानमा सहयोग गर्न अपिल गर्दै उहाँले भन्नुभयो, मावि कक्षाको दरबन्दी नभएको अवस्थामा प्लस टु को दरबन्दीको कल्पना छैन । तर समुदायले निजि स्रोतबाट भएपनि प्लस टु संचालन गर्नेछन् । देउसीभैलो कार्यक्रममा अभिभावक, शिक्षक विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, राजनीतिक दल, युवा युवती, जनप्रतिनिधि लगायत सहभागि भएका थिए ।