2026-10-28 11:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

मुसिकोटका ५६ जना विपन्नले राजगारी पाएपछि जनप्रतिनिधीहरुको जयजयकार

प्रेम सुनार/कात्तिक १०, गुल्मी ।  गुल्मीको मुसिकोट नगरपालिकाका जनप्रतिनिधीहरुले कार्यभार सम्हालेको सय दिन नपुगदै अति विपन्न परिवार छनौट गरी ५६ जनालाई रोजगारी प्रदान गरेका छन् । 

प्रत्येक वडामा ६ जना विपन्न परिवार छानेर ५६ जनालाई कार्यभार सम्हालेको सय दिन नपुग्दै सडक मर्मत सम्भार गर्ने लेन्थ वर्करको रोजगारी दिएको मुसिकोट नगरपालिकाका मेयर  सोमनाथ सापकोटाले बताए ।

‘मासिक १० हजारका दरले तलव पाउने भए पछि अव त सजिलै छोरा छोरी पाल्ने भएँ’–वडा नम्वर १, अरेवा गाउँकी विपन्न महिला पार्वती बिकले भनिन–‘ श्रीमान लफङ्गिएर हिडेर असाध्धै दुख पाएकी थिएँ , जागिर दिनु भयो उहाँहरुको जयहोस् ।’  उनि संगै सडकमा काम गर्दै गरेका अरु महिला र पुरुषहरुले पनि त्यहाँका जनप्रतिनिधीहरुको त्यस कार्यलाई धन्यवाद दिए । जागिर पाएकाहरु मध्ये अधिकांस दलित, अति सिमान्तकृत कुमाल, जनजाती र अति विपन्न अन्य समुदायका छन् ।

उनिहरुले कार्यभार सम्हाले देखि मुसिकोटका सवै सडक सुचारु छन् । मेयर सापकोटाले पहिलो प्राथामिकता गरिव विपन्नको उत्थानमा   रहेको  बताए । भने–‘ हामी गरिव विपन्न लक्षित कार्यक्रमहरुलाई पहिलो प्राथामिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरेका छौं , उनिहरुलाई अवको केहि वर्ष भित्रैमा आत्मानिर्भार बनाउने लक्ष्य छ ।’

नगर कार्य समिति सदस्य प्रकाश काफ्लेले एक जना महिला , गरिव विपन्नलाई एउटा मात्रै शिप प्रदान गरेर आत्मानिर्भर बनाउन लागिएको जानकारी दिए । 

‘गरिव वेरोजगार छु भन्नु हुन्छ भने आउनु होस नगरपालिकामा’ उनले भने– ‘तपाई के सिक्नु चाहनु हुन्छ ? हामी त्यही तालिम दिने छौं र त्यही शिपलाई पुर्णतः रोजगारीमा स्थापित गरी आत्मानिर्भर बनाउने छौं ।’

उनका अनुसार व्यवसायीक कृषि खेती, सिलाई बुनाई, मुसिकोट नगरपालिका भित्र आवश्यक सवै प्राविधिक जनशक्ति उत्पादन गरेर रोजगारी दिने लक्ष्य नगरपालिकाले लिएको छ । 

त्यस नगरपालिकाको पहिलो नगरसभाले रोजगारमुलक धुप्रै कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । कृषकहरुलाई अनुदानको व्यवस्था समेत गरेको जनाईएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स