2026-06-25 11:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

मुसिकोटका ५६ जना विपन्नले राजगारी पाएपछि जनप्रतिनिधीहरुको जयजयकार

2017-10-27

प्रेम सुनार/कात्तिक १०, गुल्मी ।  गुल्मीको मुसिकोट नगरपालिकाका जनप्रतिनिधीहरुले कार्यभार सम्हालेको सय दिन नपुगदै अति विपन्न परिवार छनौट गरी ५६ जनालाई रोजगारी प्रदान गरेका छन् । 

प्रत्येक वडामा ६ जना विपन्न परिवार छानेर ५६ जनालाई कार्यभार सम्हालेको सय दिन नपुग्दै सडक मर्मत सम्भार गर्ने लेन्थ वर्करको रोजगारी दिएको मुसिकोट नगरपालिकाका मेयर  सोमनाथ सापकोटाले बताए ।


‘मासिक १० हजारका दरले तलव पाउने भए पछि अव त सजिलै छोरा छोरी पाल्ने भएँ’–वडा नम्वर १, अरेवा गाउँकी विपन्न महिला पार्वती बिकले भनिन–‘ श्रीमान लफङ्गिएर हिडेर असाध्धै दुख पाएकी थिएँ , जागिर दिनु भयो उहाँहरुको जयहोस् ।’  उनि संगै सडकमा काम गर्दै गरेका अरु महिला र पुरुषहरुले पनि त्यहाँका जनप्रतिनिधीहरुको त्यस कार्यलाई धन्यवाद दिए । जागिर पाएकाहरु मध्ये अधिकांस दलित, अति सिमान्तकृत कुमाल, जनजाती र अति विपन्न अन्य समुदायका छन् ।

उनिहरुले कार्यभार सम्हाले देखि मुसिकोटका सवै सडक सुचारु छन् । मेयर सापकोटाले पहिलो प्राथामिकता गरिव विपन्नको उत्थानमा   रहेको  बताए । भने–‘ हामी गरिव विपन्न लक्षित कार्यक्रमहरुलाई पहिलो प्राथामिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरेका छौं , उनिहरुलाई अवको केहि वर्ष भित्रैमा आत्मानिर्भार बनाउने लक्ष्य छ ।’

नगर कार्य समिति सदस्य प्रकाश काफ्लेले एक जना महिला , गरिव विपन्नलाई एउटा मात्रै शिप प्रदान गरेर आत्मानिर्भर बनाउन लागिएको जानकारी दिए । 

‘गरिव वेरोजगार छु भन्नु हुन्छ भने आउनु होस नगरपालिकामा’ उनले भने– ‘तपाई के सिक्नु चाहनु हुन्छ ? हामी त्यही तालिम दिने छौं र त्यही शिपलाई पुर्णतः रोजगारीमा स्थापित गरी आत्मानिर्भर बनाउने छौं ।’

उनका अनुसार व्यवसायीक कृषि खेती, सिलाई बुनाई, मुसिकोट नगरपालिका भित्र आवश्यक सवै प्राविधिक जनशक्ति उत्पादन गरेर रोजगारी दिने लक्ष्य नगरपालिकाले लिएको छ । 

त्यस नगरपालिकाको पहिलो नगरसभाले रोजगारमुलक धुप्रै कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । कृषकहरुलाई अनुदानको व्यवस्था समेत गरेको जनाईएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ