चिसाङ शेर्पा/कात्तिक ११, खोटाङ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा क्रियाशील पत्रकारहरुलाई निर्वाचन आचारसंहिता सम्बन्धी एक दिने ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा/कात्तिक ११, खोटाङ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा क्रियाशील पत्रकारहरुलाई निर्वाचन आचारसंहिता सम्बन्धी एक दिने ता"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा निर्वाचन सम्बन्धी पत्रकारलाई एक दिने तालिम

११ कार्तिक २०७४, शनिबार ०६:४५


चिसाङ शेर्पा/कात्तिक ११, खोटाङ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा क्रियाशील पत्रकारहरुलाई निर्वाचन आचारसंहिता सम्बन्धी एक दिने तालिम दिइएको छ । 

आगामी मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर शुक्रबार खोटाङमा एक दिने तालिम दिइएको हो । जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको तालिममा निर्वाचन सफल बनाउन पत्रकारले निर्वाह गर्नुपर्ने भूमिका, आचारसंहिता, गोपनीयता लगायतका विषयमा जानकारी गराइएको छ । 

जिल्लामा क्रियाशील १७ जना पत्रकारहरुको सहभागिता रहेको तालिममा नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राई, सम्पादक समाजका अध्यक्ष कृष्ण आचार्य र जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले तालिमको सहजीकरण गर्नुभएको थियो । 

तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जिल्लामा क्रियाशील पत्रकारहरुको सुरक्षाका लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो । “पत्रकारहरु सूचनाको सम्वाहक हुन् ।” उहाँले भन्नुभयो, “सूचनाको सम्वाहक पत्रकारहरुको सुरक्षाका लागि प्रशासन सम्वेदनशील रहेको छ ।”

प्रजिअ अधिकारीले निर्वाचनसँगै जिल्लामा हुने हरेक गतिविधिलाई निर्धक्क भएर प्रकाशन तथा प्रशारण गर्न पत्रकारहरुलाई सुझाव पनि दिनुभयो । “सत्य, तथ्य र विश्वसनीय समाचार प्रकाशन तथा प्रशारण गर्नु पत्रकारको धर्म नै हो ।” उहाँले भन्नुभयो, “यथार्थ विषयलाई लिएर पत्रकारले समाचार लेख्दा कुनै पनि घटना हुन दिइने छैन ।”

निर्वाचन कार्यालयले मतदाता शिक्षालाई जनस्तरसम्म पु¥याउन सामाजिक परिचालक, शिक्षक, वडा सचिव लगायतलाई पनि तालिम दिने तयारी गरेको छ । प्रदेशसभामा दुई क्षेत्र र प्रतिनिधिसभामा एक क्षेत्र रहेको जिल्लामा राजनीतिक दलहरु आफ्नो चुनावी अभियानलाई लिएर गाउँगाउँमा पुगेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर