२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

वाग्लुङ्ग बन्दै कम्युनिष्टमय जिल्ला

११ कार्तिक २०७४, शनिबार ०६:४९


प्रेम सुनार/कात्तिक ११, गुल्मी । केन्द्र स्तरमा वाम एकताको प्रयास लगत्तै गाउँ गाउँमा रहेका कम्युनिष्ट कार्यकर्ताहरु निकै उत्साहित देखिएका छन् । 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रि जनमोर्चा लगायतका हरेक कम्युनिष्ट कार्यकर्ता वाम एकतालाई स्वागत मात्रै होईन कति बेला एक हुन पाईएला भन्ने कामना गरिरहेका छन् । देशैभर हरेक कार्यकर्ताको उत्साह संगै छिमेकी जिल्ला बाग्लुङ्ग कम्युनिष्ट कार्यकर्ताहरु संयुक्त रुपमा चुनावी सभाहरु  गर्न थालेका छन् ।

ति चुनावी सभाहरुमा रहेका एमाले कार्यकर्ताले म एमाले हुँ भन्दैनन हामी कम्युनिष्ट हुँ भन्छन् । माओवादी केन्द्र र जनमोर्चाका कार्यकर्ताहरुले पनि त्यह भन्छन् । अहिले वाग्लुङ्ग जिल्ला कम्युनिष्टमय बनेको छ । कम्युनिष्टहरुको ६२ प्रतिशत जनमत रहेको बताईने बाग्लुङ्गमा कांग्रेसको उमेदवारी औपचारिकता मात्रै भएको वामगठबन्धनका नेताहरुले दावि गर्दै आएका छन् । 

संयुक्त बाम गठबन्धनले  बागलुङ नगरपालिका वडा नम्बर ४ को उपल्लाचौरमा आयोजना गरेको उमेदवार परिचय कार्यक्रम तथा चुनावी सभालाई सम्वोधन गर्दै बाम गठबन्धनबाट बागलुङको क्षेत्र नम्बर १ प्रतिनिधिसभाका उमेदवार डा सूर्य पाठकले प्रतिनिधि र प्रदेशसभामा उठेका सम्पूर्ण बाम उमेदवारहरुले निर्वाचन जितीसकेको भन्दैं बाम्पन्थीहरुको बागलुङमा प्रतिष्पर्धा नै नभएको बताए ।

६२ प्रतिशत जनमत रहेका बागलुङमा बामपन्थी उमेदवारको अगाडी चुनावी मैदानमा आउनु नेपाली काङग्रेसको औपचारिकता मात्र भएको पाठकको भनाई थियो ।

१ नम्बर क्षेत्रको प्रदेशसभा ९क० का उमेदवार ईन्द्रलाल सापकोटाले बामपन्थीहरुको बहुमत रहेको देशमा अल्पमतमा रहेको नेपाली काङग्रेसले सत्ता सञ्चालन गर्दा देशमा राजनीतिक अस्थिरता बढदैं गएको बताए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, वडा नम्बर ४ का वडा अध्यक्ष ध्रुव केसी, नेकपा माओवादी केन्द्रका नेता कुमार विक्रम क्षेत्री, राष्ट्रिय जनमोर्चाका नेता तिलक थापा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

शुक्रबारनै संयुक्त बाम गठबन्धनले प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन सम्पर्क कार्यालयको स्थापना तथा उद्घाटन गरेको छ ।

निर्वाचन परिचालन कमिटिका जिल्ला संयोजक रामजीप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यालय स्थापना तथा उद्घाटन कार्यक्रममा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा संयुक्त बाम गठबन्धनका उमेदवार देबेन्द्र पौडेल, नेकपा एमालेका केन्द्रिय सदस्य मनकुमारी केसी, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य लक्ष्मी बास्कोटा लगाएताले बोलेका थिए ।

यसैवीच आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा संयुक्त बामपन्थी उमेदवारहरुलाई विजयी गराउनुपर्ने भन्दैं शुक्रबार बागलुङमा शिक्षक कर्मचारीहरुको संयुक्त भेला सम्पन्न भएको छ ।

भेलाले नेपाल राष्ट्रिय शिक्षक संघका जिल्ला अध्यक्ष गोविन्दबहादुर भण्डारीको संयोजन, एकिकृत अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मोहमद अजीज र अखिल नेपाल शिक्षक संघका नेत्रदत्त ढकालको सह–संयोजनमा २ सय ५१ सदस्यीय मतदाता शिक्षा परिचालन कमिटि गठन गरेको छ । त्यस्तै भेलाले अध्यक्ष भण्डारीकै संयोजकत्वमा १५ सदस्यस्य सचिवालय सदस्य समेत गठन गरेको छ ।

कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संघका जिल्ला अध्यक्ष गोविन्द भण्डारीको अध्यक्षता, एकिकृत अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मोहमद अजीजको स्वागत तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व सह–सचिव थानेन्द्र प्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड