२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जबरजस्त सहमती बिनै ताला तोडे शैक्षिक हड्तालको घोषणा

१२ कार्तिक २०७४, आईतवार ११:५४

कात्तिक १२, कञ्चनपुर | कञ्चनपुरका तीन विद्यार्थी संगठनले शैक्षिक विकृती बिरुद्ध उठाएका माग पुरा नगर्दै शिक्षामा लागेको तालाबन्दी तोडे त्यसका बिरुद्धमा शैक्षिक हड्तालको घोषणा गरेका छन् । 

आइतबार महेन्द्रनगरमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अखिल छैटौँले संयुक्त पत्रकारसम्मेलन गर्दै तीन संगठनले शिक्षा कार्यालयमा लगाएको तालाबन्दी आफुहरुको सहमती बिनै खोले त्यसको बिरुद्धमा निजी विद्यालयमा शैक्षिक हड्ताल गर्ने घोषणा गरेका हुन् । 

अवैधानिक निजी विद्यालय बन्द लगायतका कञ्चनपुरको शैक्षिक सुधारका लागि शिक्षा, प्रशासन र विद्यार्थी संगठन विच भएको सम्झौता कार्यान्वनको माग राख्दै तीन विद्यार्थी संगठनले गत असोज तेस्रो सातादेखि शिक्षा कार्यालयमा तालाबन्दी गरेका थिए । आन्दोलनरत पक्ष संग वार्ता र माग सम्बोधन नगरिकनै शिक्षा कार्यालयमा लगाएको ताला तोड्ने काम भईरहेको भन्दै उनीहरुले षड्यन्त्र बिरुद्धमा घोर आपत्ती समेत प्रकट गरेका छन् । शिक्षा कार्यालयले आन्दोलनरत पक्षसंग वार्ता गर्न छाडेर समन्वय समितिसंग धाएर विद्यार्थी बिरुद्धमा माहोल सिर्जना गरेका कारण त्यसको प्रतिफल स्वय शिक्षा कार्यालय हुने समेत दावि गरेका छन् । 

अखिल छैटौँका केन्द्रीय सचिव महेश दत्त जोशीले कञ्चनपुरको समग्र शैक्षिक सुधारका लागि संयुक्त विद्यार्थी संगठनले चार बर्षदेखि निरन्तर आन्दोलन थाल्दै आएको बताउदै विद्यार्थी संगठनले उठान गरेका माग सम्बोधन नगरेरै ताला तोडे त्यसको शसक्त प्रतिकार गर्ने चेतावनी दिए । जनप्रतिनिधीहरुले जनसरोकारका विषयमा ध्यान दिनुको साटो शैक्षिक माफियाहरुलाई साथ दिएको उनको चेतावनी छ । ‘विद्यार्थी संगठनले शैक्षिक विकृतीका बिरुद्ध उठान गरेका माग सम्बोधन गरे मात्रै ताला खुल्छ, ‘उनले भने, ‘सत्ताको दाउमा जबरजस्त ताला तोडे त्यसको परिमाण स्वय जिम्मेबार निकायले भोक्नुपर्छ ।’ 

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष विरेन्द्र राज विष्टले गत बैशाखमा जेठ मित्रै विद्यार्थी संगठनले अघि सारेका शैक्षिक मुद्दा सम्बोधन गर्ने सम्झौता गरेपनि शिक्षाले शैक्षिक सत्र वितिसक्दा पनि विद्यार्थी संग गरेका सम्झौता उलङघन गरेको बताए । ‘हामी आन्दोलनपक्ष विद्यार्थी संगठन सित शिक्षा र प्रशासनले महिनादिन भित्रै माग सम्बोधन गर्ने सहमती गरेका थिए, ‘अध्यक्ष विष्टले भने, ‘तर शिक्षाले आज आएर हाम्रा शैक्षिक सुधारका माग फालिदिएको छ ।’ माग पुरा नगरे चरणबद्ध रुपमा आन्दोलन छेड्ने क्रान्तिकारीका अध्यक्ष विष्टले चेतावनी दिनुभयो । नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य विष्णू दत्त जोशीले शिक्षामा सरकारले लगाएको लगानी खेर गईरहेको बताउदै उक्त कार्य कञ्चनपुर शिक्षाले गरेको आरोप लगाए । 

निजी विद्यालयबाट अवैध अशुल, सामुदायिक विद्यार्थीको सुधारमा चासो नदिएका कारण शिक्षामा सरकारको लगानी खेर गईरहेका बिरुद्धमा आन्दोलन छेडिएको बताए । ‘जिल्ला शिक्षा कार्यालयको अवैध कामका बिरुद्धमा हाम्रो आन्दोलन हो, ‘उनले भने, ‘अवैध काम रोकिए आन्दोलन पनि रोकिन्छ ।’ 

सामुदायिक विद्यालयमा बषौँ वितिसक्दा पनि शिक्षक दरबन्दी पदपुर्ती नभएका कारण शैक्षिक गुणस्तर खस्किएको बताउदै उनले सुधारका लागि जिम्मेबार निकायलाई सुझाव दिनुभयो । संयुक्त आन्दोलनरत पक्ष विद्यार्थी संगठनले फरक विचारका जिल्ला समन्वय समितिका पदाधिकारीले आफ्नो आन्दोलन तुहाएर शैक्षिक विकृतीलाई प्रसय दिएको समेत दावि गरेका छन् । आन्दोलन पक्षले सहमतीय माध्यमबाट र विद्यार्थी संगठनले उठान गरेका मुद्दा सम्बोधन गरेर ताला खोल्न भूमिका निर्वाह गर्न समेत आग्रह गरेका छन् । 

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले सबै स्थानीय तहका प्रमुख र उप प्रमुखको बैठकबाट शिक्षामा लागेको ताला खोल्ने निर्णय भएको बताउदै आन्दोलन पक्षको उपस्थितीमा आईतबार खोल्ने बोलाएको बताए । ‘शिक्षामा लामो समयदेखि तालाबन्दी छ, ‘उनले भने, ‘तालाबन्दीले समस्याको हल हुदैन् ।’ आफुले आन्दोलन पक्षसंग तालापनी खोऔँ र माग पनि सम्बोधनका लागि आग्रह गरेपनि उनीहरु नै सहमतीमा नआएको बताए । नेपाल शिक्षक संघ र तीन विद्यार्थी संगठनले विभिन्न माग अघि सारेर शिक्षामा तालाबन्दीका कारण झण्डै २५ दिनदेखि यथावत छ । तालाबन्दीका कारण शिक्षाको काम ठप्प भएको छ । शिक्षा कार्यालय स्रोतका अनुसार तालाबन्दीका कारण समग्र कञ्चनपुरको शैक्षिक अवस्था बिग्रीदै जाँदा पनि सम्बन्धीत निकाय बेखबर छ । कञ्चनपुरका तीन विद्यार्थी संगठन नेवि संघ, अखिल क्रान्तिकारी र अखिल छैटौँको जिल्लाको समग्र शैक्षिक विकृती र शैक्षिक गुणस्तर सुधारका लागि जस्तोसुकै आन्दोलन संघर्ष गर्न पछि नपर्ने प्रतिबद्धता जाहेर गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की