पढ्न करिब 2 मिनेट लाग्छ

दान बहादुर बुढा/कात्तिक १२, मुगु । बिकट हिमाली जिल्ला हुम्लामा प्रतेक बर्ष भोकमरी हुने भएको हुदा यस बर्ष पनि भोकमरी भएको हुम्लाका अधिकाङ्गस जनताहरु मुगु जिल्लामा रहेको खाद्यान्न सस्थानको चामलले हुम्ली जनता पालिंदै आएका छन ।

नेपाल सरकारले हुम्ली जनताको नाममा बर्षेनि करोडैको लगानिमा अनुदानको खाद्यान्न उपलब्ध गराएको भए पनि ठेकेदारहरुले समयमानै खाद्यान्न ढुवानि नहुदा हुम्ला जिल्लाको लल्लो भेगका जनताहरुले भोक भोकै मुगुको सदरमुकाम गमगढी बाट खाद्यान्न लिई पेट पालि रहेका छन ।

यो बर्ष आफ्नो खेत बारीमा लगाएको अन्न बाली खडेरीले गर्दा उत्पादन नभएको हुदा ५/६ पटक खसी ,बोका,भेडा बाट खाद्यान्न ढुवानि गरी आफ्ना सन्तानहरु बचाउर्ने गरेको छै भर्ने हामी हुम्लीहरुको मुख्य आय आजनको स्रोत भर्नेको भेडा खसी, बोका पाल्ले हो ।

हुम्लाको सिमीकोटमा चामल पाउदौन पाएमा ५,६ के.जी सम्म पाउनु पनि निकै गारो हुन्छ ,हामी जगरीबिको जनाताको समस्या ठूला बडा नेताहरुले बुझदौनन् आफै मात्र खार्ने गर्दा छन भन्दै आफ्नो दुख बताउ छन हुम्ला खार्पुनाथ गाँउ पालिका ३ राया गााउका ४५ बर्षका नाना रावलले बताएका छन ।

मुगुमा ३० केजीको चामलको १२सय सम्म प्रर्ने चामल हुम्लामा ३हजार ५ सय सम्म प्रर्ने भएको हुदा मुगु आएर चामल लिएको सरकेघाट गाँउ पालिका ४ हुम्लाका छत्त बहादुर फडेराले बताएका छन ।

मुगु सदरमुकाम गमगढी बाट हुम्लाको, श्रीनगर, क्लखे, राया, रोडीकोट, दार्मा, जैर र राया लगाएत दजनै गाँउ बस्तीका जनताहरुले मुगुबाट चामल भेडा ,खसी,खच्चर बाट ढुबानि गरी लिने गरेका छन ।

नेपाल खाद्यान्न सस्थान शाखा कार्यालयका केही महिना पहिले बजारको खाद्यान्न सस्तो भएको बिक्री कम हुने गर्दो थियो भने पछिलो समयमा हुम्ला जिल्लामा भोक मरी भएको हुदा खाद्यान्न सस्थान शाखा कार्यालय मुगुको चामल प्रतेक दिन १ सय कुन्टल भन्दा बढी खाध्यानन् बिक्री हुने गरेको छ भर्ने नेपाल खाद्यान्न सस्थान शाखा कार्यालय मुगुमा आ.व २०३।२०७४मा १७ हजार कुन्टल खाद्यान्न कोटा भए पनि १२ हजार कुन्टल खाद्यान्न बिक्री भई सकेको छ ।

अधिल्ला आ.वमा बाँकी रहेको ५ हजारकुन्टल खाद्यान्न मध्य हिजो आज ३७ सय कुन्टल बिक्री भई सकेको छ । भर्ने बाँकी १३ सय कुन्टल २,३ महिना सम्म पुग्र्ने नेपाल खाद्यान्न सस्थान शाखा कार्यालय मुगुका कार्यालय प्रमुख भरत खनियनले बताएका छन ।