Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

गुल्मीमा माईक्रोबस दुर्घटना हुँदा सात जनाको मृत्‍यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक १३, गुल्मी । वुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो बस गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मीदरबार गाउँपालिका-४ मा दुर्घटना भएको हो । बुटवलबाट गुल्मी आउँदै गरेको बा ४ ख ५५०१ नम्बरको माईक्रोबस दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अनुराग द्विवेदीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनामा मृत्यु हुने र घाइतेहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

माइक्रो बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।