२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

जापानमा रहेका गल्कोटवासीले पठाए एउटै विद्यालयलाई २३ लाख भन्दा बढि सहयोग

२०७४, १३ कार्तिक सोमबार ०९:५३

प्रेम सुनार/कात्तिक १३, गुल्मी । बागलुङको एक विद्यालयको लागि जापानमा रहेका गल्कोटवासीबाट मात्रै २३ लाख भन्दा बढी आर्थिक सहयोग संकलन भएको छ । 

हिरक महोत्सव मनाउन गइरहेको गल्कोट नगरपालिका वडा नं ८ काँडेवासमा रहेको जनजागृति माध्यमिक विद्यालयको लागि जापानमा विभिन्न शहरमा रहेका यस क्षेत्रका व्यक्तिहरुबाट मात्रै २३ लाख १८ हजार रुपैया रकम संकलन भएको विद्यालयका शिक्षक सोमलाल सापकोटाले  जानकारी दिए । शिक्षक सापकोटा अहिले जापानमा रहेका छन् ।


२०१४ सालमा स्थापना भएको विद्यालयले आफ्नो ६० बर्ष प्रवेश गरेको अवसरमा आँउदो माघ महिनाको १० देखि १४ सम्म विद्यालयले हिरक महोत्सव मनाउन गइरहेको छ । हिरक महोत्सवलाई लक्षित गदै विद्यालयले हाल जापानका विभिन्न स्थानहरुमा आर्थिक संकलन अभियानलाई समेत अगाडी बढाइरहेको विद्यालयका शिक्षक सापकोटाले जानकारी दिए ।विद्यालयका पूर्व विद्यार्थीहरु हाल जापानका विभिन्न ठाँउहरुमा रोजगारीको शिलशिलामा कार्यारत यस क्षेत्रका झण्डै १ दर्जन भन्दा बढी नेपालीहरुबाट बोल र नगद सहयोग रकम प्राप्त भएको शिक्षक सापकोटाले बताए ।

जनजागृति माविमा हाल कक्षा १२ सम्म सन्चालन भैरहेको र ४ सय ६५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक तेजेन्द्र बहादुर बुढाथोकीले  बताए ।

प्रअ बुढाथोकीका अनुसार जापानमा रकम संकलन अभियान जारी रहेको छ, दुईरतिन दिन भित्र शिक्षक सापकोटा जापानबाट फर्केपछी संकलन भएको रकम बारे थाहा हुने बताए ।

यहि २०७४ साल भदौ २० गते विद्यालय व्यावस्थापन समितिका अध्यक्ष वेदिलाल सापकोटाको अध्यक्षतामा विद्यालयको हिरक महोत्सव मनाउन तयारी भेला सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै