कात्तिक १४, गौशाला (रासस) | आउँदो मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि महोत्तरी जिल्लामा ११ वटा मतदान केन्द्र थप गरिएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १४, गौशाला (रासस) | आउँदो मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि महोत्तरी जिल्लामा ११ वटा मतदान केन्द्र थप गरिएको छ । "/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरी जिल्लामा ११ मतदान केन्द्र थपियो

१४ कार्तिक २०७४, मंगलवार ०३:०३

कात्तिक १४, गौशाला (रासस) | आउँदो मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि महोत्तरी जिल्लामा ११ वटा मतदान केन्द्र थप गरिएको छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा ४१५ मतदान केन्द्र कायम भएको महोत्तरी जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ११ मतदान केन्द्र थप गरिएको हो । 

अहिले महोत्तरीमा ४२६ वटा मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी पिंकी रायले बताउनुभयो । तर मतदानस्थल स्थानीय तहकै निर्वाचनका बेला कायम भएको २५८ वटा नै अहिले पनि कायम रहेको जिल्ला निर्वाचन अधिकारी रायले बताउनुभयो । 

जिल्ला निर्वाचन अधिकारी रायका अनुसार जिल्लामा थप हुने मतदान केन्द्रहरुमा मटिहानी नपाको धिरापुर प्रावि, रामगोपालपुर नपाको दोलाठी निमावि, लोहारपट्टि नपाको प्रावि फुलबरिया रहेका छन् । 

त्यस्तै, भंगहा नपाको सिंग्याही मावि, भगवतीपुर निमावि, बिपी स्मारक ज्ञानकुञ्ज अजगेवा, एकडारा गाउँपालिकाको नेरा प्रावि बेला रहेका छन् । 

त्यसैगरी, बर्दिबास नपाको वरडाँडा मावि, खयरमारा मावि, कृषि सेवा केन्द्र, नयाँबजार र गौशाला नपा पूर्वको स्वास्थ्य चौकीमा मतदान केन्द्र थप भएको जिल्ला निर्वाचन अधिकारी रायले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट