१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

खुकुरी प्रहार गरी भाइले गरे दाजुको हत्या

१४ कार्तिक २०७४, मंगलवार ०३:१७

कात्तिक १४, उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ स्थित घुम्नेमा सोमबार साँझ जग्गाको विवाद हुँदा आफ्नै सहोदर भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन् । 

इलाका प्रहरी कार्यालय रामपुरका अनुसार हत्या हुनेमा घुम्नेका ४५ वर्षीय बिसे सदा रहेका छन् भने हत्या गर्ने भाइ ३५ वर्षीय कृष्ण सदा रहेका छन् । 

इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलाका अनुसार घर बनाउनका लागि कृष्ण सदाले दाजुसँग जग्गाको कुरा गर्दै आएका थिए भने दाजुले तत्काल भाइको कुरामा सहमति दिएका थिएनन् । 

सोमबार साँझ ८ बजेतिर दाजुभाइ भेट भएपछि मादक पदार्थ सेवन गरेका दुवै दाजुभाइबीच झगडा शुरु भएको र कृष्णले दाजुलाई घरभित्रबाट खुकुरी निकालेर टाउकोमा प्रहार गरेपछि दाजुको घटनास्थलमा नै मृत्यु भएको थियो । 

भाउजू सुमनी सदाले भाइले दाजुलाई खुकुरी प्रहार गरेको छल्न खोज्दा सुमनीको पनि हातको पाखुरामा गम्भीर चोट लागेको र हाल उपचार भइरहेको इप्रका, रामपुरका प्रमुख सुवास राईले बताउनुभयो । 

दाजुको हत्यालगत्तै कृष्ण भने फरार रहेको र हाल प्रहरीले खोजी गरिरहेको प्रहरीले बताएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट