2026-10-28 10:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड र केपीको हैसियतबारे यसो भने गोकर्ण विष्टले

प्रेम सुनार/कात्तिक १४, गुल्मी । नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण विष्टले बाम गठबन्धनले संघ र प्रदेशको निर्वाचनमा दुई तिहाई मत ल्याएर देशमा स्थाई सरकार निर्माण गर्ने बताएका छन् । 

मंगलबार गृहजिल्ला गुल्मीको सदरमुकाम तम्घासमा सञ्चारकमीहरुसँग कुाराकानी गर्दै नेता विष्टले यस्तो बताएका हुन् । बाम गठनन्धनको स्थाई सरकार त बन्ने तर  प्रचण्ड र के.पी. ओलि लगायतका शिर्ष नेताहरुलाई राष्ट्रपति, प्रधानमन्त्रि लगायतका पदमा ब्यवस्थापन गरिने जवाफ दिए । तर राष्ट्रपति र प्रधानमन्त्रि को–को बन्ने भन्नेबारे भने उनले खुलाउन चाहेनन् ।

आगामी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उमेद्धार रहेका विष्टले बाम तालमेल र एकता कसैका विरुद्ध नभई देशको आवश्यकता र जनचाहाना भएको बताए । उनले बाम एकता अधिनायकवादका लागि नभई लोकतन्त्रलाई थप मजबुत पार्न रहेको दोहो¥र्याए ।  उनले भने ‘अहिलेको बाम गठबन्धन कसैका विरुद्ध छैन्, यो देशको आवश्यकता र जनचाहना अनुसार निर्माण भएको गठबन्धन हो ।’

 उनले नेपालमा ब्यप्त गरिबीको अन्त्य, पिछडिएका जनताको आर्थिक स्तर माथि उकास्न, स्वरोजगारको सिर्जना तथा विकासका पूर्वाधारको समुचित विकास गरि समृद्ध र नयाँ नेपाल निर्माण गर्न बाम गठबन्धनको निर्माण गरिएको बताए । 

उनले निर्वाचन सम्पन्न भएलगत्तै पार्टी एकताको प्रक्रिया सुरु हुने र एकता भएरै छाड्ने ठोकुवा गरे । पार्टी एकताका लागि यतिका बर्षपछि आएर कम्युनिष्ट नेताहरुको बुद्धि पलाएको हो की वा उत्तर छिमेकीको सुझावमा  हो ? भन्ने पत्रकारको प्रश्नमा नेता विष्टले यो पूर्णत अर्गानिक र पहिलेदेखिको प्रयासबाट भएको दावि गरे । 

सदरमुकाम तम्घासमा मंगलवार विहान पत्रकारहरु संग कुराकानी गर्दै नेता विष्ट 

उनले थपे–‘ के.पी. ओली प्रधानमन्त्री हुनु भन्दा पहिले नै एकताको लागि वार्ता भइरहेको तर यसलाई बाहिरी शक्तिहरुले भाँड्ने देखेर बाहिर नल्याएको  जसलाई दशैमा आएर दुई शिर्ष नेताहरुले अन्तिम रुप दिनु भएको हो ।

जिल्लाको विकास निर्माणबारे अहिले क्षेत्र नम्बर २ गाभिएको रेसुङ्गा नगरपालिकाभित्रका सबै भित्रि सडक समेत कालोपत्रे गर्ने, धार्मिक एवम् पर्यटकिय स्थल रेसुङ्गाको विकासका लािग केबुलकार लगायतको सम्भाब्यता, यहाँको आवश्यकता र सम्भावनालाई अध्ययन गरि साझा रुपमा विकास गरिनुपर्ने बताए । 

उनले साविकको क्षेत्र नम्बर ३ र हालको क्षेत्र नम्बर २ का सबै स्थानका मोटरबाटाहरु कालोपत्रे गर्ने, प्रत्येक घरमा विद्युत र पानीको धारा पु¥र्याउने, रेसुङ्गा नगरपालिका भित्र टेक्नीकल कलेज खोल्ने, सुविधा सम्वन्न अस्पताल निमार्ण गर्ने र रेसुङ्गा क्याम्पसको स्तरबृद्धि गर्ने  प्रतिबद्धता समेत जनाए । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु