२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीले तोक्यो एमाले विनै निर्वाचन परिचालन समिति ?

२०७४, १४ कार्तिक मंगलवार १२:१२

प्रेम सुनार/कात्तिक १४, गुल्मी । नेकपा माआवेवादी केन्द्र गुल्मीको कार्तिक १३ र १४ गते जिल्ला पार्टी सचिवालय बैठक सम्पन्न गरेको छ । 

बैठकले अव हुन गई रहेको संघ र प्रदेशको निर्वाचनका लागि जिल्ला र प्रदेश तह सम्मका संयोजकहरु तोकेको छ । संघिय निर्वाचनका लागि क्षेत्र नम्वर १ मा  जिल्ला सहईञ्चार्ज युवाराज केसी तोकिएका छन् । क्षेत्र नम्वर २ मा निमबहादुर पाण्डे तोकिएका छन् । 

प्रदेश सभाका लागि एक नवर क्षेत्र क प्रदेशमा चित्रबहादुर केसी, ख प्रदेशमा मनिराम ज्ञवाली तोकिएका छन् । क्षेत्र नम्वर २ को क  प्रदेशमा खुमबहादुर थापा र ख प्रदेशमा ज्ञानकुमार बुढा तोकिएका छन् । सो पार्टीको प्रचार विभागले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी बैठकको निर्णय सार्वजानिक गरेको हो । 

वैठकका  सवै निर्णयहरु सार्वाजानिक गर्दै जिल्ला स्तरको वाम गठबन्धन र पार्टी एकतालाई प्रभावकारी बनाउन माओवादी केन्द्रको तर्फबाट जिल्ला ईञ्चार्ज दिनेश पन्थी, सह ईन्चार्ज सुदर्शन वराल , संयोजक विरबहादुर कार्की, सह ईन्चार्जद्धयः युवाराज केसी र बुद्धि जिसी तोकिएका छन् । 

बैठकले निर्वाचन आर्थिक समिति संयोजकमा संयोजक विरबहादुर कार्कीलाई तोकेको छ । युवा परिचालन समिति संयोजकमा वाईसियल जिल्ला ईन्चार्ज ताराबहादुर राना र शिक्षक कर्मचारी समन्व्य कमिटी संयोजकमा पुर्व सांसद टंकप्रसाद पोखरेल तोकिएका छन् ।                   

 गुल्मीका वाम शक्तिहरु विच बल्लै भो भेट

केन्द्र र अन्य जिल्लामा वामगठबन्धन विचको भेटघाट र छलफल हुन थालेको महिनौ भए पनि गुल्मीका वामगठबन्धन विचका नेताहरुको भेट भने आज सोमवार मात्रै भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्र गुल्मीका शिर्ष नेताहरु विच आज भेटघाट भई जिल्ला स्तरमा ५ सदस्यी संयुक्त निर्वाचन कमिटी निमार्ण गर्ने विषयमा छलफल भएको माओवादी केन्द्र गुल्मीका संयोजक विरबहादुर कार्कीले बताए ।

अहिले सम्म वामतालमेल विच औपचारिक छलफल हुनै पाएको थिएन नेता कार्कीले भने भोली देखि हामी जिल्ला र क्षेत्रिय स्तरको संयुक्त चुनाव परिचालन कमिटी गठन गर्ने प्रदेशमा १ मा  वराल सर्वसम्मत ४ मा दुवैको दावि

माओवादी केन्द्र गुल्मीले नेकपा एमाले संग तालमेल गर्दा यहाँको दुई प्रदेश सहित प्रतिनिधी सभा उमेदवार  दुई वटै एमाललाई दिने भएको छ भने दुई वटा प्रदेश मात्र उसले पाउने भएको छ । जस मध्ये क्षेत्र नम्वर १ को ख प्रदेशमा माओवादी केन्द्रका पोलिटव्यरो सदस्य एर्व पुर्व सांसद सुदर्शन वराल पार्टीबाट सर्वसम्मत भएका छन् भने उसले पाउने क्षेत्र नम्वर २ को ४ नम्वर प्रदेशमा भने सोही पार्टीका दुवै नेताहरुले दावि छाडेका छैनन ।

अहिले साँझ टुङ्गो नलागेको बेला सम्म दुवैले आ–आफुलाई टिकट पाउने विश्वास ब्यक्त गरेका छन् । संघ टिकट पाएका नेता बुद्धि जिसीले पार्टी केन्द्रमा संघको टिकट पाएका नेताले एमाले संघ ६०/४० को बाँडफाँड अनुसार त्यस्तो जिल्लामा संघको उमेदवार एमालले पाए माओवादी केन्द्रबाट संघको उमेदवारले स्वतः प्रदेश पाउने नीति बनेकोले त्यही नीति अनुसार आफु माथी न्याय हुने विश्वास ब्यक्त गरेका छन् । 

उता अर्का नेता दिनेश पन्थीले सुरु मै सोही प्रदेश पाएकोले सोही अनुरुप आफुले टिकट पाउने विश्वास ब्यक्त गरे ।  तर उनले केन्द्रले बनाएको उक्त नीति देशैभर लागु गरे माओवादी केन्द्रको एक वफादार सिपाहीको नातले स्वीकार गर्ने प्रतिकृया दिए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी