१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

२६ वर्षपछि जिल्ला अस्पताल खोटाङमा डेन्टल सेवा सुरु

१४ कार्तिक २०७४, मंगलवार १२:५०

चिसाङ शेर्पा/कात्तिक १४, खोटाङ । जिल्ला अस्पताल खोटाङमा डेन्टल सेवा सुरु गरिएको छ । 

सर्जन एञ्जिला श्रेष्ठलाई करारमा जिल्ला अस्पतालमा ल्याएर डेण्टल सेवा सुरु गरिएको हो । स्थापनाको २६ वर्षपछि जिल्ला अस्पतालमा विशेषज्ञ सहितको डेण्टल सेवा थालिएको जिल्ला अस्पतालका प्रमुख डा. रामबहादुर केसीले बताउनुभयो । 

२०४८ सालमा स्थापना भएको अस्पतालमा दाँतका समस्या भएका बिरामीको संख्या अधिक पाइएकाले करारमा विशेषज्ञ ल्याएर डेण्टल सेवा सुरु गरिएको हो । 

दाँतका बिरामीको अन्य चिकित्सकले सामान्य चेकजाँच गर्दैआएकामा विशेषज्ञमार्फत सेवा थालिएको अस्पतालले जनाएको छ । अस्पतालमा दाँतका रोगी धेरै आउने गरेकाले विशेषज्ञ सर्जन ल्याएर सेवा दिन थालिएको हो । 

डा. केसीले भन्नुभयो, हाललाई दाँत फुकाल्ने सेवा मात्र सुरु भए पनि केही समयपछि नै फिलिङ गर्ने र स्कीलिङ गर्ने उपकरण ल्याएपछि सम्पूर्ण सेवा सुरु हुन्छ ।’ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट