१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

गन्यापधुरा गाउँपालिकामा शिक्षामा सुधारको लागी प्रत्येक विद्यलायको भ्रमण

१५ कार्तिक २०७४, बुधबार ०४:०६

ललित बोहरा | कात्तिक १५, डडेल्धुरा | गन्यापधुरा गाउँपालिका डडेल्धुराको शिक्षामा गुणस्तर सुधारको लागी प्रत्येक विद्यलायको भ्रमण गर्ने योजना बनाएको गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताएको छन् । मंगलबार गणेशपुर माबि बडालमा भएको एक कार्यक्रममा उनले यस्तो धारण ब्यक्त गरेका हुन् ।

‘कार्यतालिका नै बनाएर गाउँपालिका भरीका सम्पूर्ण विद्यालयमा जनप्रतिनिधीको टोली अनुगमन गएर के कस्ता समस्या छन् बुझने र समस्याहरु समाधान तर्फ लाग्ने योजना बनाएका छौ’ अध्यक्ष मल्लले भने ।

जिल्ला शिक्षा कार्यालय डडेल्धुराले गन्यापुरा गाउँपालिकाको सदमुकाम बडालमा आयोजना गरेको स्थानीय तहबाट आर्थिक वर्ष २०७४/७५ मा संचालन हुने शैक्षिक कार्यक्रम सम्बन्धी जिल्ला तथा स्थानीय तका पदाधीकारी, कर्मचारी, प्रधानाध्यापक, सरोकारवालहरुको लागी गरेको १ दिन अभिमुखीकारणका कार्यशाला गोष्ठीमा उनले यस्तो जानकारी गराएका हुन् ।

स्थानीय तहमा जिल्ला शिक्षा कार्यालयबाट संञ्चालन हुने कार्यक्रम, कार्यक्रम कार्यान्वन गर्ने प्रक्रिया, सुचक बारे जानकारी, शिक्षक तलब भत्ता सम्बन्धी जानकारी, स्थानीय तहमा वित्तिय हस्तान्तरण भएका कार्यक्रमको बारेमा जानकारी गराउने उद्देश्यले कार्यशालाको आयोजना गरेको जिल्ला शिक्षा कार्यालय डडेल्धुराले जनाएको छ ।

अभिमुखीकारणमा जिल्ला शिक्षा कार्यालय डडेल्धुराका जिल्ला शिक्षा अधिकारी बसन्त खत्रीले जनप्रतिनिधि आइसकेपछि जिल्ला कार्यालयको काम सकिएको नभएर तपाईको विद्यालय नजिक आएकाले कुनै समयमा पनी गाउँपालिकाले अनुगमन गर्न सक्ने भएकाले शिक्षामा थप गुणस्तर सुधार आउनेमा आफू बिश्वत रहेको बताएका छन् । साथै जिल्ला शिक्षा अधिकारी खत्रीले शिक्षकहरुलाई हरेको बिषयमा जानकार रहन समेत आग्रह गरे ।

गन्यापधुरा गाउँपालिकामा अझैं पनि विभिन्न कारणले ५२ जना ६ वर्षदेखि १४ वर्ष उमेर समूहका बालबालिकाहरु विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालय डडेल्धुराको २०७३ साल सम्मको तथ्याङकामा उल्लेख छ । उक्त गाउँपालिकामा २६ सामुदायिक र ६ संस्थागत विद्यालय रहेका छन् ।

गन्यापधुरा गाउँपालिका २ का अध्यक्ष इन्द्रबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नवलबहादुर मल्ल, विशिष्ट अतिथि उपाध्यक्ष कमला ठगुन्ना रहेका थिए भने कार्यक्रममा गाउँपालिका रहेका सम्र्पूण विद्यालयका प्रधानाध्यापक, र सामुदायिक अध्ययन केन्द्रका प्रतिनीधीहरु सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट