२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा सवै दलहरुले उमेदवार टुङ्गो लागाए (सुचिसहित)

२०७४, १५ कार्तिक बुधबार १०:११

प्रेम सुनार/कात्तिक १५, गुल्मी । ५ नम्वर प्रदेश अन्तरगत दोश्रो चरणमा  हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको लागि गुल्मीमा बाम गठबन्धन सहिचत सवै दलले उम्मेदवारको टुङ्गो लगाएका छन् । 

दुई निर्वाचन क्षेत्र र चार वटा प्रदेश  रहेको गुल्मीमा वाम गठबन्धनबाट नेकपा एमालेका सचिवद्धयः प्रदिपकुमार ज्ञवाली क्षेत्र नम्वर १ बाट र गोकर्णराज विष्ट क्षेत्र नम्वर २ बाट उमेदवारी दिने भएका छन् ।

उनिहरुका प्रतिष्पर्धीका  रुपमा नेपाली कांग्रेसले  १ नम्वर क्षेत्रबाट चन्द्र भण्डारीलाई र २ बाट चन्द्र केसीलाई उमेदवार खडा गरेको छ ।  गुल्मीमा बाम गठबन्धनबाट २ वटै प्रतिनिधी सभाको उम्मेदवार र २ वटा प्रदेश सभा  एमाले पाउने भएको छ । 

माओवादीले २ वटा प्रदेश सभा पाउने गरी गठबन्धनबाट उम्मेदवार बनेका छन् । क्षेत्र नम्वर १ को ‘क’ प्रदेशमा माओवादी केन्द्रका सुर्दशन बराल र ‘ख’ प्रदेशमा एमालेबाट कमलराज श्रेष्ठ उम्मेदवार सिफारिस भएका छन् । 

प्रदेश सभामा सिफारिस भएका यी दुवै जना  जना पूर्व संसद र प्रभावशाली नेता हुन् । गठबन्धनबाट क्षेत्र नम्बर २ को  प्रदेश सभा तर्फ एमालेबाट खड्ग केसी र माओवादीबाट दिनेश पन्थी सिफारिस भएको बाम गठबन्धनले जनाएको छ ।

काँग्रेसबाट प्रदेशका उमेदवार

 क्षेत्र नम्वर १ को ‘क’ प्रदेशमा नेपाली कांग्रेसले पृथ्वीबहादुर फौदार र ‘ख’ प्रदेशमा धनेन्द्र कार्की सिफारिस भएको नेपाली काँग्रेस गुल्मीका सभापती भुवन प्रसाद श्रेष्ठले जानकारी दिए ।  क्षेत्र नम्बर २ बाट ‘क’ प्रदेश सभा उमेदवार शालिक पन्थी र ‘ख’ प्रदेशमा छन्दबहादुर  पहराई सिफारिस भएको श्रेष्ठले जानकारी दिए ।

जनमोर्चाबाट

गुल्मीमा राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी छबिलाल सर्तुङ्गी सिफारिस भएका छन् । प्रदेश सभा तर्फ ओमेन्द्र कुँवर र टंक केसी सिफारिस भएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको लागी रामेश्वर खत्री सिफारिस भएका छन् । प्रदेश सभातर्फ हरि न्यौपाने र सुर्य थापा सिफारिस भएको पार्टीले जनाएको छ ।

नयाँ शक्तिबाट

नयाँ शक्ति पार्टी नेपालले पनि उम्मेदवारको टुङ्गो लगगाएको छ । पार्टीले क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी तेजेन्द्र थापा सिफारिस भएको नयाँ पार्टी नेपाल गुल्मीका सचिवालय संयोजक  जनक पन्थले जानकारी दिए ।

प्रदेश सभा तर्फ पदमबहादुर खत्री र ध्रुव कुवँर सिफारिस भएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको लागी गणेश कुवँर सिफारिस भएका छन् । प्रदेश सभा तर्फ सरोज गुरुङ्ग र धनश्याम पाण्डे सिफारिस भएको पन्थले जानकारी दिए ।

गुल्मीमा भोलि बिहिवार दिउँसो १ बजे पूर्व नेपाली काँग्रेस लगायतका अन्य दलले मनोनयन गरि सक्नु पर्ने र २ पछी बाम गठबन्धनले मनोनय दर्ता गर्ने मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । मनोनयन दर्ताका लागी कार्यकार्ता जिल्ला सदरमुकाम ल्याउने तयारी भइरहेको दलहरुले जनाएका छन् ।

प्रचण्डका ज्वाँई सहित केहि नेताहरु छुटे

मंगलबार साँझा सम्म आशावादी रहेका प्रचण्डका  ज्वाईचेला माओवादी केन्द्रका बुद्धि जिसी उमेदवार हुनबाट छुटेका छन् ।  प्रतिनिधी सभा उमे्दवारमा सिफारिस भएका उनि एमाले संगको बाँडफाँडमा दुवै प्रतिनिधी सभाको उमेदवार  एमालेले लिएमा माओवादी केन्द्रबाट प्रतिनिधी सभाको उमेदवार स्वतः प्रदेशको पाउने केन्द्रले नीति बनाएको भन्दै त्यही नीति अनुसार आफुले टिकट पाउने कुरामा आशावादी थिए ।  

तर, माओवादी केन्द्रले पाएको ४ नम्वर प्रदेशमा सुरु देखि नै सिफारिस भएका दिनेश पन्थीलाई केन्द्रले उमेदवारको अन्तिम टुङ्गो लगाएर पठाएको सो पार्टीका पोलिट्व्युरो सदस्य सुदर्शन बरालले बताए ।

जिसी जस्तै कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी उमेदवारका लागि सुरु देखि चर्चाका पात्र थिए । उनि पनि अन्तिममा आएर छुटेका छन् । कांग्रेसबाटै रुद्रमणि शर्मा भण्डारी, महेन्द्र भण्डारी, प्रेमनारायण भण्डारी श्रीप्रसाद भलामी लगायतका सुरु देखि चर्चा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो