१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा सवै दलहरुले उमेदवार टुङ्गो लागाए (सुचिसहित)

१५ कार्तिक २०७४, बुधबार १०:११

प्रेम सुनार/कात्तिक १५, गुल्मी । ५ नम्वर प्रदेश अन्तरगत दोश्रो चरणमा  हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको लागि गुल्मीमा बाम गठबन्धन सहिचत सवै दलले उम्मेदवारको टुङ्गो लगाएका छन् । 

दुई निर्वाचन क्षेत्र र चार वटा प्रदेश  रहेको गुल्मीमा वाम गठबन्धनबाट नेकपा एमालेका सचिवद्धयः प्रदिपकुमार ज्ञवाली क्षेत्र नम्वर १ बाट र गोकर्णराज विष्ट क्षेत्र नम्वर २ बाट उमेदवारी दिने भएका छन् ।

उनिहरुका प्रतिष्पर्धीका  रुपमा नेपाली कांग्रेसले  १ नम्वर क्षेत्रबाट चन्द्र भण्डारीलाई र २ बाट चन्द्र केसीलाई उमेदवार खडा गरेको छ ।  गुल्मीमा बाम गठबन्धनबाट २ वटै प्रतिनिधी सभाको उम्मेदवार र २ वटा प्रदेश सभा  एमाले पाउने भएको छ । 

माओवादीले २ वटा प्रदेश सभा पाउने गरी गठबन्धनबाट उम्मेदवार बनेका छन् । क्षेत्र नम्वर १ को ‘क’ प्रदेशमा माओवादी केन्द्रका सुर्दशन बराल र ‘ख’ प्रदेशमा एमालेबाट कमलराज श्रेष्ठ उम्मेदवार सिफारिस भएका छन् । 

प्रदेश सभामा सिफारिस भएका यी दुवै जना  जना पूर्व संसद र प्रभावशाली नेता हुन् । गठबन्धनबाट क्षेत्र नम्बर २ को  प्रदेश सभा तर्फ एमालेबाट खड्ग केसी र माओवादीबाट दिनेश पन्थी सिफारिस भएको बाम गठबन्धनले जनाएको छ ।

काँग्रेसबाट प्रदेशका उमेदवार

 क्षेत्र नम्वर १ को ‘क’ प्रदेशमा नेपाली कांग्रेसले पृथ्वीबहादुर फौदार र ‘ख’ प्रदेशमा धनेन्द्र कार्की सिफारिस भएको नेपाली काँग्रेस गुल्मीका सभापती भुवन प्रसाद श्रेष्ठले जानकारी दिए ।  क्षेत्र नम्बर २ बाट ‘क’ प्रदेश सभा उमेदवार शालिक पन्थी र ‘ख’ प्रदेशमा छन्दबहादुर  पहराई सिफारिस भएको श्रेष्ठले जानकारी दिए ।

जनमोर्चाबाट

गुल्मीमा राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी छबिलाल सर्तुङ्गी सिफारिस भएका छन् । प्रदेश सभा तर्फ ओमेन्द्र कुँवर र टंक केसी सिफारिस भएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको लागी रामेश्वर खत्री सिफारिस भएका छन् । प्रदेश सभातर्फ हरि न्यौपाने र सुर्य थापा सिफारिस भएको पार्टीले जनाएको छ ।

नयाँ शक्तिबाट

नयाँ शक्ति पार्टी नेपालले पनि उम्मेदवारको टुङ्गो लगगाएको छ । पार्टीले क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी तेजेन्द्र थापा सिफारिस भएको नयाँ पार्टी नेपाल गुल्मीका सचिवालय संयोजक  जनक पन्थले जानकारी दिए ।

प्रदेश सभा तर्फ पदमबहादुर खत्री र ध्रुव कुवँर सिफारिस भएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको लागी गणेश कुवँर सिफारिस भएका छन् । प्रदेश सभा तर्फ सरोज गुरुङ्ग र धनश्याम पाण्डे सिफारिस भएको पन्थले जानकारी दिए ।

गुल्मीमा भोलि बिहिवार दिउँसो १ बजे पूर्व नेपाली काँग्रेस लगायतका अन्य दलले मनोनयन गरि सक्नु पर्ने र २ पछी बाम गठबन्धनले मनोनय दर्ता गर्ने मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । मनोनयन दर्ताका लागी कार्यकार्ता जिल्ला सदरमुकाम ल्याउने तयारी भइरहेको दलहरुले जनाएका छन् ।

प्रचण्डका ज्वाँई सहित केहि नेताहरु छुटे

मंगलबार साँझा सम्म आशावादी रहेका प्रचण्डका  ज्वाईचेला माओवादी केन्द्रका बुद्धि जिसी उमेदवार हुनबाट छुटेका छन् ।  प्रतिनिधी सभा उमे्दवारमा सिफारिस भएका उनि एमाले संगको बाँडफाँडमा दुवै प्रतिनिधी सभाको उमेदवार  एमालेले लिएमा माओवादी केन्द्रबाट प्रतिनिधी सभाको उमेदवार स्वतः प्रदेशको पाउने केन्द्रले नीति बनाएको भन्दै त्यही नीति अनुसार आफुले टिकट पाउने कुरामा आशावादी थिए ।  

तर, माओवादी केन्द्रले पाएको ४ नम्वर प्रदेशमा सुरु देखि नै सिफारिस भएका दिनेश पन्थीलाई केन्द्रले उमेदवारको अन्तिम टुङ्गो लगाएर पठाएको सो पार्टीका पोलिट्व्युरो सदस्य सुदर्शन बरालले बताए ।

जिसी जस्तै कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी उमेदवारका लागि सुरु देखि चर्चाका पात्र थिए । उनि पनि अन्तिममा आएर छुटेका छन् । कांग्रेसबाटै रुद्रमणि शर्मा भण्डारी, महेन्द्र भण्डारी, प्रेमनारायण भण्डारी श्रीप्रसाद भलामी लगायतका सुरु देखि चर्चा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल