१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा जिप दुर्घट्ना हुँदा ८ जना घाईते, ३ जनाको अवस्था गम्भीर

१५ कार्तिक २०७४, बुधबार १५:३९

चिसाङ शेर्पा/कात्तिक १५, खोटाङ । खोटाङमा बलेरो जिप दुर्घट्ना हुंदा ८ जना घाईते भएका छन् । 

हलेसी तुवाचुङ नगरपालिका – ११ राजापानीवाट यात्रु लिई महुरे आउँने क्रममा रुपाकोट मझुवागढी नगरपालिका विजयखर्क १५ को साविक वडा १ स्थित महुरे–फोक्सिङटार सडकको साँगुरे भञ्ज्याङमा बुधवार विहान साढे ९ वजे वा. १२ च ५०८५ नम्बरको वलेरो जीप दुर्घट्ना भएको हो । 

दुर्घट्नामा ३ जना यात्रुलाई टाउँको, नाक र हातमा ठुलो चोट लागेको छ । सहचालक सुवाश राईले जीप चलाउँदा साँघुरो घुम्ती सडकमा गाडी अनियन्त्रित भई दुर्घट्ना भएको वुईपा प्रहरी चौकीका असई पदम वहादुर वस्नेतले जानकारी दिनुभयो । गाडी सडकवाट अन्दाजी ५० मिटर तल खसेको छ । 

घाईते हुनेहरुमा हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीका २३ वर्षीय शिखर घिमिरे, ३३ वर्षीय कुमार कार्की र ४० वर्षीय गोपाल कार्की रहेका छन् । शिखरको टाउको, कुमारको हात र गोपालको नाकमा ठूलो चोट लागेको छ । अन्य घाईते हुनेमा 

५५ वर्षीय चक्रबहादुर सुयल, २८ वर्षीय राजन खत्री, ६३ वर्षीय टंक दाहाल, ४१ वर्षीय निरबहादुर खत्री, ५० वर्षीय होमनाथ कार्की रहेका छन् । घाईतेहरुको वुईपास्थित सनराईज हेल्थ केयर सेन्टरमा उपचार भईरहेको छ । 

चालकलाई समेत थाहा नदिइ बुलेरो चलाएर दुर्घटना गराउने सहचालक राईको सवारी चालक अनुमतीपत्र नरहेको पाइएको छ । उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी गरिएको जनाइएको छ । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट