2026-09-12 06:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ट्राफिक नियमसम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न

सरोज यादव/कात्तिक १६, सर्लाही । बिद्यालय जाने माध्यमिक स्तरका छात्रछात्राहरुले समेत ट्राफिक नियम तथा व्यवस्थापन सम्बन्धि जानकारी पाउन भन्ने उदेश्यका साथ ट्राफिक प्रहरी कार्यालय मलंगवाले हिजो सदरमुकाम मलंगवा वडा न -८ स्थित एपेक्स माविका छात्रछात्राहरुलाइ एक दिने प्रशिक्षण दिएको छ ।

एपेक्स माविको कक्षा ९ र १० का ५५ जना छात्रछात्राहरु लाई बिध्यालयमै गएर प्रशिक्षण दिएको हो ।  

अहिलेका नयाँ पुस्ताका किशोर – किशोरीहरु दुई चक्के वाहन चलाउँदा ट्राफिक नियमको बेवास्ता गर्दै  जथाभावी रुपमा र तिब्र गतिमा चलाउने गरेका छन् र सबैभन्दा बढी दुर्घटना उनिहरु बाटै हुने गरेको छ ।

त्यसैले यस्तो गल्ती नगर्न ,यदी गरेमा के कस्तो सजायको ब्यवस्था रहेको छ र सवारीसाधन चलाउँदा तथा पैदल हिंडदा अपनाउनु पर्ने सावधानीको बारेमा धेरै भन्दा धेरै जानकारी दिने उदेश्य लिएर उनिहरुलाइ प्रशिक्षण दिएको ट्रा. प्र.कार्यालय मलंगवाका इन्चार्ज एवम् प्रहरी नायव निरिक्षक समतलाल साहले बताउनुभयो । 

यस किसिमको प्रशिक्षण पहिला पनि मलंगवा नगरपालिका क्षेत्र भित्रका बिध्यालयहरुमा दिइसकेको ले आगामी दिनमा पनि यसलाई निरन्तरता दिंदै जाने उहाले भन्नुभयो । 

प्रशिक्षण ट्रा. प्र का. मलंगवाका इन्चार्ज सई साह र ट्राफिक प्रहरी जवान राकेश सिंहले दिनुभएको थियो । यसै अभियान अन्तर्गत गत मंगलबार मलंगवा नगर क्षेत्रमा ट्राफिक नियम तथा सन्देश लेखिएको पर्चा समेत बाँडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन