लोकेन्द्र प्रशाद जोशी | कात्तिक १६, दार्चुला । देशकै सातौं धाम मानिने दार्चुलाको प्रमुख धार्मिक पर्यटकीय तिर्थस्थल मालिकार्जुनमा कार्तीक शुक्ल त्रियोदसिका दि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी | कात्तिक १६, दार्चुला । देशकै सातौं धाम मानिने दार्चुलाको प्रमुख धार्मिक पर्यटकीय तिर्थस्थल मालिकार्जुनमा कार्तीक शुक्ल त्रियोदसिका दि"/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

राष्ट्रकै सातौं धाम मालीकार्जुन शैल्य सिखरमा बुधबार पुजन जात्रा

१६ कार्तिक २०७४, बिहीबार १३:४३


लोकेन्द्र प्रशाद जोशी | कात्तिक १६, दार्चुला । देशकै सातौं धाम मानिने दार्चुलाको प्रमुख धार्मिक पर्यटकीय तिर्थस्थल मालिकार्जुनमा कार्तीक शुक्ल त्रियोदसिका दिन पूजन जात्रा लागेको छ । लेकम क्षेत्रको मालिकार्जुन गाउँपालिकामा पर्ने शैल्यशिखर धाममा प्रत्येक वर्ष असार शुक्ल त्रयोदशी र कार्तीक शुक्ल त्रयोदसिका दिन पूजन जात्रालाग्ने गर्दछ ।

हिन्दू धर्मावलम्वीहरुको आस्थाको धरोहर मानीने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा ब्रतवन्ध गरेका पुरुषहरुले १५ दिन अघिदेखी नै शुद्ध भएर जाने प्रचलन छ ।

शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात् शिव–पार्वतीको मुख्य वासस्थान रहेको मानिन्छ । शिखर धामको पवित्र मनले दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पूण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र निसन्तानलाई सन्तान प्राप्त हुने जनविश्वास छ ।

यस वर्षको शिखर धामको दर्शन गर्न सयौ श्रद्धालु भक्तजनहरु शिखर तर्फ गएका छन । शिखर धामको दर्शन गर्न बुधबार नै नेपालका विभिन्न जिल्लाका साथै उत्तराखण्ड भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु मालिकार्जुन पुगेका थिए । जात्रामा बत्ति बाल्न तथा पुजाआराधाना गर्नका लागी हरेक बर्ष हजारौ मानिसहरु शैल्यसिखर पुग्ने गरेका छन ।

मालीकार्जुन देबताको किम्वदन्ती अनुसार शैल्यसिखरका ८ ओटा रानीहरु रहेको र लेकमका बिभिन्न स्थानमा उनिहरुको वासस्थान रहेको छ । रानिहरुको बसोबास हुने सबै मन्दीरमा शुक्रबार अर्थात चतुदर्शी तिथिमा भब्य जात्रा लाग्ने गरेको छ । मालीकार्जुन गाउँपालीकाको मड मन्दीर, लेकम गाउँपालीका ५ मैखोली, ६ उचाकोट, २ गराडि लगायतका स्थानहरुमा मालीकार्जुनको बसोबास रहेको छ ।

यसैबिच शुक्रबार लाग्ने मालीकार्जुन मन्दीर मड जात्रामा हजारौ मानिसहरु सहभागी हुने अनुमान गरिएको छ । दमाहा बाजा, ब्यपार, खेलहरुको मुख्य आकर्षण रहेको यो जात्रामा दार्चुला बैतडी भारतको पिथौरागढबाट समेत मानिसहरु एब. भक्तजनहरु आउने गर्दछन् ।

विभिन्न ठाउँहरुबाट दमाहा बाँजा सहित मानिसहरु जात्रामा आउने गर्दछन् । यसरी आउने दमाहा बाँजा बजाउन मानिसहरुबीच प्रतिस्पर्धा नै हुने गर्दछ । रातभर दमाहा बजाएर विहानी पख सबै बाँजाहरुबीच प्रतिस्पर्धा गराई पहिलो तथा दोस्रो भनेर मन्दिरका मुखियाले विजयी भएको घोषणा गर्ने समेत चलन रहेको छ । मालिकार्जुनको जात्रामा रिठाचौपाता गाविसबाट आउने दमाहा बाँजा हरेक वर्ष प्रथम हुन्छ भने मालिकार्जुनकै दोस्रो । यसैगरी रिठाचौपाताको जयपूर मन्दिरमा लाग्ने जात्रामा मालिकार्जुनको दमाहा पहिलो हुन्छ ।


रातभरी जात्रा हेरेर सनिबार बिहान प्रसाद ग्रहण गरी मानिसहरु घर फर्कन्छन् । भने कोहीले बिहानी पख ठाडो खेल, ढुस्को तथा देउडा खेल्ने गर्दछन् ।

यसरी मनाइने जात्राको ऐतिहासिक, सांस्कृतिक तथा धार्मीका महत्वका साथै ब्यापारिक दृष्टिकोणले पनि महत्व थप बढाएको छ । जात्रलाई आफन्तजनसंग भेटघाट गर्ने अवसरका रुपमा पनि लिने गरिन्छ । तर, पछिल्लो समय जात्राको मौलिकता केही कम हुँदै गएको पाको पुस्ताका नागरिकहरुको भनाइ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य