2026-06-16 07:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई विदेश पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था पुनः स्मरण गराउँदै म्यानपावर कम्पनीहरूलाई पछिल्लो तीन महिनाको उडान विवरण तीन दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।

विभागले जारी गरेको सूचनामा वैदेशिक रोजगार व्यवसायीहरूले कामदारलाई विदेश पठाउँदा नेपालकै विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै विशेष कारणवश विदेशी विमानस्थल प्रयोग गर्नुपर्ने भए विभागको पूर्वस्वीकृति लिएर मात्र तोकिएको प्रक्रिया अनुसार उडान गराउन सकिने जनाएको छ।

पछिल्ला केहि महिना यता भारतको बाटो हुँदै नेपाली कामदार विदेश पठाउने प्रवृत्ति एकाएक बढेको पाइएको छ । म्यानपावर व्यवसायीहरूले नेपालबाट उडाउँदा टिकट महँगो पर्ने तर्क गर्दै आए पनि वास्तविकता भने श्रमिकसँग चर्को लागत असुलीलाई निरन्तरता दिन तथा लागत सम्बन्धी म्यानपावर बिरुद्धको उजुरी र जोखिम कम गर्न भारतीय विमानस्थल प्रयोग गर्ने क्रम बढ्दै गएको पाइएको छ । एक व्यवसायीले एअरपोर्टमा कामदारसँग म्यानपावरले अशुल्ने लागतबारे सोधपुछ बढेपछि म्यानपावर व्यवसायी डराएर भारतको बाटो कामदार लैजान बाध्य भएको बताए ।

वैदेशिक रोजगार क्षेत्रमा कार्यरत स्रोतहरूका अनुसार एजेन्ट तथा म्यानपावर कम्पनीहरूले आफूले पठाउने कामदारलाई समूहगत रूपमा एजेन्टकै जिम्मा लिएर भारत पुर्‍याउने गरेका छन् । कतिपय अवस्थामा कामदारलाई केवल ७ केजीसम्मको ह्याण्डक्यारी बोकेर घण्टौं सडक यात्रा गर्दै भारतका विभिन्न विमानस्थलसम्म पुर्‍याइने गरिएको गुनासो प्राप्त भएको छ । केही श्रमिकहरूले अतिरिक्त टिकट खर्च आफैं बेहोर्न तयार हुँदाहुँदै पनि नेपालकै विमानस्थलबाट उड्न नदिई भारतीय विमानस्थल प्रयोग गर्न बाध्य बनाइएको बताएका छन् ।

यसरी भारतको बाटो प्रयोग गर्दा नेपाललाई दैनिक १० करोडभन्दा बढी आर्थिक क्षति हुने गरेको अनुमान छ । नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान घट्दै जाँदा राष्ट्रिय अर्थतन्त्र, विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ शुल्क प्रत्यक्ष प्रभावित भएको बताइन्छ । त्यसो त टिकट शुल्कको नाम घन्टौं सडक यात्रा र बर्षा यामका कारण हुनसक्ने सम्भावित दुर्घटनाप्रति पनि व्यावसायी सामान्य संवेदनशील नभएको पाइएको छ ।

नेपालबाट यात्रु घट्दै जाँदा केही अन्तर्राष्ट्रिय वायुसेवाले उडान संख्या समेत कटौती गरेका छन् । स्रोतका अनुसार एअर अरेबियाले नेपालमा दैनिक चारवटासम्म उडान कटौती गरेको छ भने हिमालय एअरलाइन्स लगायतका कम्पनीहरू पनि यात्रु अभावका कारण देखाउदै उडान कटौती गरेको पाइएको छ । यसले नेपालको विमानस्थल र हवाई क्षेत्रलाई थप आर्थिक दबाबमा पारेको विश्लेषण गरिएको छ ।

यसैबीच, भारतबाट टिकट खरिद गर्ने क्रममा दैनिक करोडौं रुपैयाँ बराबरको कारोबार अनौपचारिक माध्यम अर्थात् हुण्डीमार्फत हुने गरेको आशंका समेत व्यक्त गरिएको छ । नेपालबाट भारत पुर्‍याएपछि कतिपय श्रमिकसँग सडक यात्राको क्रममै नेपाल वारीनै नगद अशुली गरिएको र कतिपयसँग बोर्डरपारी लगेर समेत रकम असुल्ने क्रम बढेको कामदारको गुनाशो छ ।

यस्ता गुनासा र वैदेशिक रोजगार क्षेत्रमा देखिएका बेथितिप्रति चासो व्यक्त गर्दै विभागले पछिल्लो तीन महिनामा वैदेशिक रोजगारमा पठाइएका कामदारहरूले कुन–कुन विमानस्थल प्रयोग गरी गन्तव्य मुलुक पुगेका छन् भन्ने विस्तृत विवरण माग गरेको हो।

विभागका अनुसार वैदेशिक रोजगार ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन, कामदारको आवागमन व्यवस्थापन, वैदेशिक रोजगार प्रक्रियामा पारदर्शिता कायम गर्ने तथा श्रमिकको हित संरक्षण गर्ने उद्देश्यले उक्त विवरण संकलन गर्न लागिएको हो।

विभागको पछिल्लो कदमले भारतको बाटो हुँदै हुने श्रमिक ओसारपसार, अतिरिक्त लागत असुली तथा त्यसबाट नेपालको अर्थतन्त्रमा परेको प्रभावबारे थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ