2026-06-16 04:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पुनः बढ्दो क्रममा देखिएको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको जेठ २०८३ (मे १५ देखि जुन १४, २०२६) को तथ्यांक अनुसार एक महिनाको अवधिमा ६१ हजार ७२ जना नेपालीले श्रम स्वीकृति प्राप्त गरेका छन्। तीमध्ये ५३ हजार ६९८ पुरुष र ७ हजार ३७४ महिला रहेका छन्।

तथ्यांक अनुसार मलेसिया पुनः नेपाली श्रमिकको सबैभन्दा ठूलो गन्तव्य बनेको छ। एक महिनामै १४ हजार १९२ जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएका छन् । जसमध्य संस्थागत रुपमा मलेसिया रोजगारमा जानेको संख्या ८ हजार १७० जना रहेका छन् । त्यस्तै मलेसियापछि यूएईमा १२ हजार ४५५ (संस्थागत ३,३५१), कतारमा १० हजार २१० (संस्थागत २,१९८) र साउदी अरबमा ७ हजार ५१९ (संस्थागत २,५६५) जनाले श्रम स्वीकृति प्राप्त गरेका छन्।

चारवटा प्रमुख गन्तव्य—मलेसिया, यूएई, कतार र साउदी अरब—मा मात्रै ४४ हजारभन्दा बढी नेपाली केन्द्रित भएको देखिन्छ । यसले नेपाली श्रम बजार अझै खाडी मुलुक र मलेसियामै निर्भर रहेको स्पष्ट पार्छ ।

यता युरोपेली मुलुकप्रति पनि आकर्षण बढ्दै गएको देखिएको छ । जसमा रोमानियामा मात्र २ हजार ५१५ जनाले श्रम स्वीकृति लिएका छन् । रोमानियामा संस्थागत रुपमा जाने कामदारको संख्या शुन्य रहेको छ । तर व्यक्तिगत रुपमा गत महिना मात्र २ हजार १२६ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै जापानमा १ हजार ७५९ ले श्रम स्वीकृति लिएको मध्ये संस्थागत रुपमा २१६ जनाले श्रम स्वीकृति लिंदा व्यक्तिगत रुपमा १ हजार ४७ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै साइप्रसमा संस्थागत रुपमा ९१९ जनाले श्रम स्वीकृति लिंदा व्यक्तिगत जानेको संख्या ७ जना मात्र रहेको छ ।

नेपालभित्र पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा वैदेशिक रोजगारी अझै लाखौं युवाको मुख्य विकल्प बनिरहेको छ । नेताहरुले विदेशमा रहेकालाई फर्किन आग्रह गर्दै गर्दा वैदेशिक रोजगारमा जान भौतारिनेको संख्या तुलनात्मक रुपमा झनै बढेको छ ।

जेठ महिनामा हजारौंको संख्यामा नेपाली कामदारलाई नेपालको एअरपोर्टको बाटो छलेर घन्टौं सडक यात्रा गराई भारतको बिमानस्थल हुँदै वैदेशिक रोजगारमा बिभिन्न देश पठाइएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई