2026-09-07 05:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली

2026-06-18

काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा नेतृत्व परिवर्तनको प्रश्नै नरहेको बताएका छन् । एमाले पार्टी जागरण अभियान कोशी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले नेतृत्वका सन्दर्भमा बाहिर भएका हल्लाहरू पानीका फोकाजस्तै भएको बताए । ओलीले आफूलाई जिम्मेवारी छोडेर भाग्छ कि भन्ने आशंका गर्न आग्रह गरे । ‘नेतृत्वका सन्दर्भमा बाहिर जे हल्लाहरू चलिरहेका छन्, ती हल्ला पानीका फोका जस्तै हुन्,’ उनले भने, ‘मलाई पार्टीको ११औं महाधिवेशनले देशमा सिर्जना भएका अफ्ठ्याराहरू, पार्टीका लागि आइपरेका अफ्ठ्याराहरूलाई पराजित गरेर आन्दोलनलाई पार लगाउन भनेर अध्यक्षको जिम्मेवारी दिएको हो । पार्टीलाई अध्यक्षको हैसियतमा हाँक्न महाधिवेशनले जिम्मेवारी दिएको हो । अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ ।’

अध्यक्ष ओलीले विधानमा व्यवस्था नभएको महाधिवेशन प्रतिनिधि परिषद् बैठक भन्दै केही मानिस उत्ताउलिएर बोल्दै हिँडेको बताउँदै त्यस्तो भ्रम र अन्यौल नपर्न नेता-कार्यकर्ताहरूलाई आग्रह गरे । ‘हाम्रो पार्टी फुटाउने प्रयास निरन्तर हुँदै आएको छ । यसपटक पनि छेउकिनारामा प्रयास भइरहेका छन् । त्यसलाई असफल पार्नुपर्दछ,’ उनले भने, ‘पार्टी आन्तरिक विवाद र झमेला निकाल्नेतर्फ होइन, आन्तरिक एकताको बाटोमा अगाडि बढ्नु आवश्यक छ ।’

एमाले खरानीको डल्लोजस्तो नभई सुदृढ र एकताबद्ध पार्टी भएको उल्लेख गर्दै उनले निकट भविष्यमा फेरि जित्ने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित