2026-09-07 05:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ

2026-06-18

काठमाडौँ | गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद्को सामना गर्न सरकारले आवश्यक पूर्वतयारी पूरा गरेको बताएका छन्। बिहीबार मनसुन पूर्वतयारी तथा प्रतिकार्यको तयारी सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतको अनुभवका आधारमा यसपटक विपद् व्यवस्थापनका लागि प्रभावकारी तयारी गरिएको बताए।

उनले विपद्को समयमा नागरिकको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिइएको र विभिन्न टोलीहरू परिचालन गरिसकिएको जानकारी दिए। मन्त्री गुरुङले यसपटक मन्त्रीहरूको निरीक्षणभन्दा पनि जनताको सुरक्षा र उद्धारलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै आवश्यक परे हेलिकप्टरसहितका स्रोत–साधन परिचालन गर्ने योजना रहेको बताए।

उनले भने, ‘विगत लामो समयदेखि यही क्षेत्रमा काम गरेको हुनाले यसमा पूर्वतयारी राम्रै छ । त्यस अनुसार सुरक्षा निकायहरू पनि खटाइएको छ । त्यसअनुसार भिन्न भिन्न टोलीहरूलाई पनि निर्देशन दिएका छौं। यसपटक मन्त्रीको निरिक्षणभन्दा पनि जनताको सुरक्षाका लागि हेलिकप्टरदेखि लिएर सबैकुराहरू खटाइने योजना बनाइरहेका छौं ।’

उनले अघिल्ला सरकारले गरेका सकारात्मक कामलाई निरन्तरता दिँदै देखिएका कमजोरी सुधार गरेर अघि बढ्ने नीति लिइएको स्पष्ट पारे। विपद् व्यवस्थापनका क्षेत्रमा संस्थागत सुधार र समन्वयलाई थप प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो। गृहमन्त्री गुरुङले नागरिक सुरक्षा सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै गृह मन्त्रालयलाई प्रत्येक नागरिक, विशेषगरी महिलाहरूका लागि भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्न चाहेको बताए। उनले हरेक नागरिकको सुरक्षा र सेवाका लागि सरकार प्रतिबद्ध रहेको र प्रहरी संगठन अहिले पहिलेभन्दा बढी प्रभावकारी रूपमा काम गरिरहेको दाबी गरे।

उनले भने, ‘पहिलेको सरकारले गरेको राम्रा कामलाई प्रोत्साहन गरेर त्यसमा भएको कमी कमजोरीलाई पूर्ण गरि त्यसलाई पनि निरन्तरता दिँदै छौँ । गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ। हरेक नारीका लागि हामी आफ्नो परिवार भएर उभिन चाहान्छौं । हामी हरेक नागरिकको सुरक्षा र सेवाका लागि काम गर्छौ पहिलाभन्दा अहिले प्रहरी पनि प्रभावकारीरुपमा काम गरिरहेको छ।’

अपराध नियन्त्रणका विषयमा उच्च प्रहरी अधिकारीहरूसँग नियमित छलफल भइरहेको जानकारी दिँदै उनले कानुन कार्यान्वयनमा कुनै राजनीतिक पक्षपात नहुने स्पष्ट पारे। गलत कार्य गर्ने व्यक्ति जुनसुकै दल वा समूहसँग सम्बन्धित भए पनि कानुनी कारबाहीको दायरामा ल्याइने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित