Skip to content
Friday, July 17, 2026 Nepali Online Media

तीन किलो चरेससहित तीनजना पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कात्तिक १७, भीमदत्तनगर ।</b> प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आज कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया बजारबाट तीन किलो २०० ग्राम लागुऔषध चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।&nbsp;<br></p><p>लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भीमदत्तनगरबाट प्रहरी नायब निरीक्षक अंक बुढाको नेतृत्वमा खटिएको टोलीले अत्तरिया बजारबाट चरेशसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा स्थानीयवासी सरेशराम विक, गणेश भट्टराई र यज्ञबहादुर सिंह रहेको प्रहरी नायब निरीक्षक बुढाले बताउनुभयो ।&nbsp;</p><p>पक्राउ गरिएको अभियुक्त र चरेशसहित कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाएको ब्युरोले जनाएको छ । रासस</p>