2026-07-06 03:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब यो देशमा रगत होइन पसिना बगाउनुपर्छ: हर्क साम्पाङ

2026-07-06

काठमाडौँ | श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क साम्पाङले व्यवस्था परिवर्तनको बहस सुनिन थालेको भन्दै त्यसतर्फ नसोच्न आग्रह गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा समय माग गरेर बोल्दै व्यवस्था र अवस्था परिवर्तनको नाममा धेरै आमाको कोख रित्याएको भन्दै फेरि त्यो अवस्थातर्फ लैजान नहुने बताए ।

“फेरि मुलुकमा सहिद हुनुपर्ने गतिविधि हामीबाट हुनुहुँदैन । बौद्धिक, विद्धान व्यक्तिहरू त्यसतर्फ सोचिरहनु भएको छ भने म अनुरोध गर्न चाहन्छु, त्यसतर्फ नसोचौँ,” उनले भने । साम्पाङले अब देशमा रगत होइन पसिना बगाउनुपर्ने धारणा राखे । “अब यो देशमा रगत होइन पसिना बगाउनुपर्छ । व्यवस्था परिवर्तन गरेर मात्रै हाम्रो जीवनस्तर उकासिन सकेन । रगत होइन पसिनाको क्रान्ति गर्नुपर्छ । काम गर्नुपर्छ,” उनले भने ।

साम्पाङले यही देशमा भविष्य भेट्नका लागि विदेश जानुपर्ने सिलसिलाको अन्त्य गर्नुपर्ने बताए । संविधान संशोधन गर्दा संघीयता, समावेशी र धर्मनिरपेक्षताको आधारभूत संरचना तलमाथि गर्न खोजियो भने देशमा दुर्घटना निम्तिने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो