2026-07-07 04:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली

2026-07-07

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पार्टी एकता नहुने बताएका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले वामपन्थी शक्तिहरूको एकता भन्दै पार्टी एक हुने विषय अहिले तत्काल सम्भव नभएको जिकिर गरे ।

ओलीले भनेका छन्, ‘पार्टी एकता हुँदैन । तर, मिल्न खोज्ने र पार्टीमा आउनेहरूलाई स्वागत छ ।’ ओलीले नेकपा संयोजक प्रचण्डबारेसमेत टिप्पणी गरेका छन् । ‘प्रचण्डचाहिँ बालेनजीको भक्तिगानमा लागेर उम्किन खोज्या छन्,’ ओलीले भने ।

एमालेले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनबारे सुझाव संकलन गर्दै छ । सोही क्रममा आज पार्टीले सल्लाहकार परिषद्का सदस्यहरूमाझ सुझाव संकलन गरिरहेको हो ।

यसअघि विभिन्न प्रदेश, मातहत कमिटीसँग एमालेले सुझाव संकलन गरिसकेको छ । वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित कार्यदलले उक्त काम गरिरहेको छ । आज अन्तिम सुझाव संकलन गरेको कार्यदलले अब २५ असारमा प्रतिवेदन लेखनका लागि बैठक बस्ने कार्यसूची तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड