2026-09-03 11:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

टिकट नदिएको झोक: अखिल क्रान्तिकारीका युवाले युवासंघ गाउँ कमिटि अध्यक्षलाई चिर्पट हाने

टेक शाही | कात्तिक १८, सास (डोल्पा) | डोल्पा जिल्लाको मुड्केचुला गाँउपालिकाको कालिका गाँउमा यूवा सँघ गाउपालिकाका अध्यक्ष रुद्र शाही गम्भीर घाइते भएका छन् । शनिबार बेलुकि ४ बजे पछि अखिल क्रान्तीकारिका जिल्ला सदस्य टक्क शाहीले युवासँघ गाँउ कमिटिका अध्यक्ष रुद्र शाहीमाथि लुकेर आक्रमण गरेको स्थानियले जानकारि दिएका छन् । 

बाम गठबधनको टोली प्रचार प्रशारको लागि कालिका पुगेर कार्यक्रम सम्पन्न भएपछि अध्यक्ष एक्लै भएको मौका पारि दाउरा प्रहार गरेको नेकपा एमाले जिल्ला कमिटि डोल्पाका सदस्य लँक रोकायाले जानकारि दिए । उनले भने उनको आफ्नै  पार्टि माओबादि केन्द्रमा असन्तुष्टि भएका कारण निकै रुष्ट भएको र रुद्र शाहीसँग आपसि दुष्मनीयता भएको कारणले पनि त्यसरि लुकेर दाउरा प्रहार गरि गम्भीर घाइते बनाएको बताए । 

ठुलो जनमत सबै कालिकाबाट इल गाँउ तिर लागेपछि एक्लै भएको मौकामा रुद्र शाही माथि आक्रमण गरेका थिए । टाउकोमा चिर्पट हानेपछि ठुलो चोट लागेको उनि अचेत अबस्थामा रहेको रुद्रका आफनत्ले जानकारि दिएका छन् । उनको कालिका फेमिलि अस्पतालमा उपचार भइरहेको जानकारि प्रहरिले दिएको छ । 

मदिरा सेवन गरेर रुद्र माथि आक्रमण गरेका टक्क शाहीलाई भने प्रहरिले नियन्त्रण गरेको प्रहरि नायव उपरिक्षक हरि प्रसाद शर्माले जानकारि दिए । उनले भने घाइतेको उपचार भइरहेको छ,  बाहिरि चोट देखिएको छैन तर उनको अबस्था कस्तो छ भन्नेबारे एकिन गर्न नसकिएको बताए । निबर्तमान सदस्य धन बहादुर बुढाले आइतबार बिहान हेलिकप्टरबाट घाइते रुद्रको उद्धार गरिने अनका आफन्तलाई आस्वासन दिएका छन् । 

यता रुद्रका आफन्तले भने अब रुद्र बाच्ने आशा कमै भएको बताए । टाउकोमा चोट धेरै भएको र समयमा राम्रो अस्पतालमा लैजान नँसके पछि भगवान भरोसा रहेको आफन्तले बताए । बाम एकतामा सबै जनता उत्साहित भएको बेलामा टक्कले ब्यक्तिगत दुष्मनी बाम एकतामा जोड्ने प्रयास गरेको प्रचारमा रहेकी समानुपातिक सुचिमा रहेकी पदम कुमारि बोहोराले बताइन । साना तिना घटना हुने र यसले बाम एकतामा कुनै प्रभाब नपर्ने माओबादि केन्द्रका नेताहरुले बताएका छन । 

टक्क शाहीका आफन्तले माओबादि केन्द्रबाट प्रदेशसभामा टिकेट नपाएपछि उनले आफ्नै पार्टीभित्र द्धन्द गरिरहेको अखिल क्रान्तीकारिका केन्द्रीय सदस्य कमल शाहीले बताए । उनका अनुसार आफनाको नाम प्रदेशसभामा सिफारिस नभएर बिर बहादुर शाहीको नाम सिफारिस भएपछि काँग्रसमा प्रबेश गर्ने र बामलाइ सहयोग नगर्ने धम्की दिएको बताए । 

डोल्पाको निर्वाचन प्रदेश न. ‘ख’  मा माओबादि केन्द्रका बिर बहादुर शाहीले प्रदेश सभाका लागि प्रत्यक्षमा टिकेट पाएका छन् । उनि सँगै प्रतिनिधिसभाका प्रत्यक्ष टिकेट पाएका नेकपा एमालेका धन बहादुर बुढा पनि प्रचारप्रशारमा सँगै गएको नेकपा एमाले डोल्पाले जानकारि दिएको छ । 

स्थानिय तहको निर्वाचनमा पानि बाराबारको अबस्थामा रहेको क्षेत्रमा बाम एकतापछि प्रतिनिधिसभाका उम्मेद्धार र प्रदेश सभाका उम्मेद्धार एकै साथ निष्कीएका छन् । एकै टोली बनेर गाँउगाँउ आएको देख्दा मन दुखाएका कार्यकर्ता पनि हर्ष उल्लासका साथ नेताहरुको स्वागतमा लागेका छन् । बाम एकता निर्वाचनका लागि मात्र नभएर पार्टि एकताका लागि नै लैजानु पर्ने दुवै दलका कार्यकर्ता र जनताको नेतासँग माग रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट