2026-10-18 09:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

एसएलसी परीक्षामा ठुलो संख्यामा विद्यार्थी अनुपस्थित

प्रकाश धौलाकोटी/चैत २०, तेह्रथुम । यसवर्षको एसएलसी परीक्षामा तेह्रथुमका ८० बढी विद्यार्थी अनुपस्थित भएका छन् । परीक्षामा सामेल हुन आवेदन दिई परीक्षा दस्तुर समेत बुझाईसकेका विद्यार्थी नै ठुलो संख्यामा अनुपस्थित भएका हुन् ।

परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षामा ८२ र दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षामा ८० जना विद्यार्थी अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । नियमित र एक्जाम्टेड गरी यत्तिको संख्यामा विद्यार्थी परीक्षामा अनुपस्थित भएको जिल्ला शिक्षा अधिकारी खडानन्द पराजुलीले बताए ।

एसएलसी दिनका लागी फारम भरेका यति धेरै बिद्यार्थीहरु परिक्षामा सहभागी नहुनु आश्चार्य भएको भन्दै यसको कारण पत्ता लगाउनु जरुरी देखिएको जिशिअ पराजुलीले बताए । विद्यार्थीहरु परीक्षाको आवेदन दिएर बैदेशिक रोजगारीमा गएका कारण यत्तिका धेरै बिद्यार्थी अनुपस्थीत भएको हुनसक्ने उनले जानकारी दिए ।

यसवर्षको एसएलसी परिक्षामा तेह्रथुमबाट कुल ३ हजार १ सय ५८ जना बिद्यार्थी परीक्षामा सहभागी हुने भनिएपनि रेगुलर तर्फ १ हजार ९ सय ४२ र एक्जामटेड तर्फ १ हजार १ सय ३४ जना मात्र बिद्यार्थीं सहभागी भएका छन् ।

जिल्लामा यस बर्ष १५ वटा परिक्षा केन्द्रमा सामुदायीक तर्फ ४६ वटा सस्थागत तर्फ ६ वटा, प्राबिधीक धार र खुल्ला तर्फ एक एक वटा बिद्यालयहरुको सहभागी हुने परिक्षा शाखा अधिकृत लिला पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु