२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा नागरिकता वितरणमा अति सुस्तता, सेवाग्राही रुष्ट

१९ कार्तिक २०७४, आईतवार ०६:३८

चिसाङ शेर्पा | कात्तिक १९, खोटाङ | जिल्ला प्रशासन कार्यालय दिक्तेलवाट वितरण हुने नागरिकता सेवा अत्यन्तै सुस्त हुंदा सेवाग्राहीहरु रुष्ट वन्ने गरेका छन् । नेपाली नागरिकता पाउन यथेष्ठ कागजी प्रक्रिया पुगेका व्यक्तिले समेत प्रशासनवाट नागरिकता पाउन एक दिन विताउँनुपर्ने वाध्यता रहेको छ । जसका कारण विकट गाउका स्थानीयहरु प्रत्यक्ष मर्कामा पर्ने गरेका छन् । उनीहरुको नागरिकता बनाउन दिन वित्ने गरेको छ ।

कार्यालय खुल्ने वितिक्कै रित पुर्याई नागरिकता फाँटमा नागरिकता पाउ भनि वडासचिव र वडाध्यक्षले तयार पारेका कागज पेश गर्दासमेत घण्टौ कुर्नुपर्ने समस्याले उनीहरु आजित भएका हुन् । जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटमा पर्याप्त कर्मचारी भने रहेको छ । 

नागरिकता वितरणमा प्रशासनको ढिलाई मात्रै नभई लापारवाही समेत हुने गरेको छ । रुपाकोट मझुवागढी नगरपालिका १५ वुईपाका सोनु श्रेष्ठको नाम नै गलत टाईपिङ हुंदा उहाँले नागरिकता भए वापत राज्यवाट पाउनुपर्ने सुविधावाट वञ्चित हुनुपरेको छ । उनले भने “प्रशासनमा नागरिकता लिन दिन नै गाल्नुपर्छ । कुर्दाकुर्दा वल्ल नागरिकता पाए काठमाण्डौ पुगेर हेर्दा स्पेलिङ नै गलत रहेछ । बेकम्मा भयो नागरिकता ।”

काठमाण्डौवाट श्रीमतीका लागि नागरिकता वनाउँन आएका ऐसेलुखर्क ३ का हेम प्रताप गुरुङको श्रीमती झर्ना गुरुङको नागरिकता ५ घण्टामा बन्यो । तर, १० वजे छोराका लागि नागरिकता पाउ भनि पेश गरेकोे कागज मिलेन भन्दै कर्मचारीले ३ वजे फर्काइदियो । जसोतसो कार्यालय बन्द हुनुभन्दा अगाडी नागरिकता बन्यो ।

वडा सचिव तथा अध्यक्षले रित पुर्याएको कागज हुंदैन भनेर फर्काउँदा उनीहरु अनावश्यक दुख झेल्न बाध्य भए । कि सचिव अथवा वडाध्यक्षले नै जान्दैन काम गर्न बद्लामा हामी मुछिन्छौ गुरुङले भने, “ऐन कानुन भन्ने चिज साना ठूलामा विभेद हुन्छ ? नेतासंग आएकाहरुका भने रोलक्रम मिचेरै भए पनि वन्दो रहेछ त । हामीभन्दा ढिला आउँछन अगाडी जान्छन् ।”

यि त प्रतिनिधिहरु पात्र मात्रै हुन् । जिल्ला प्रशासन कार्यलय परिसरमा यस्ता समस्या ग्रसित सेवाग्राहीहरु प्रशस्त भेटिने गरेका अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष ओम प्रकाश घिमिरेले वताए । “यस्तो प्रणालीको अन्त्य गर्न जरुरी छ । नेपाली नागरिकले नागरिकता पाउनु नै दिन विताउनु यो कहाँको प्रणाली हो ।” उनले थपे, कानुनमा सवै समान हुनुपर्छ ।   

“नेपाली नागरिकता पाउन आवाश्यक कागजी रित पुगेका व्यक्तिले १ घण्टाभित्र नागरिकता पाउछन् । प्राविधिक कारण वाहेक कर्मचारी कसैले ढिला गरे, अनावश्यक दुख दिए सहायक प्रजिअ र मलाई भन्न सक्नु हुन्छ ।” प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले भने, कुन कर्मचारीले ढिलासुस्ती गर्छन तुरुन्त कारवाही हुन्छ । 

चाडपर्वको मुखमा दिनमा २ सयदेखी ३ सयसम्म नागरिकता वितरण हुन्छ । अन्य समयमा दिनमा सरदर २५/३० वटा नागरिकता वितरण हुंदा नै ढिलासुस्तीको चरम मार जनातले खेप्नु परीरहेको छ । नगारिकता वितरण सुस्ततामाथी जानकारी गराउन कतीपय सेवाग्राहीलाई प्रमुख तथा सहायक प्रजिअको कार्यकक्ष नै थाहा नहुने र सुरक्षा कारण प्रहरीले जानसम्म नदिएको गुनासो छ । 

यद्यपी, खोटाङमा दिक्तेलका अलवा ईलाका प्रशासन कार्यालय खोटाङवजार र ऐसेलुखर्कवाट नागरिकता विरतण भईरहेको छ । त्यहाँ दुवै ठाउँमा कम्प्युटर अपरेटर नभए पनि भएका कर्मचारी व्यवस्थापन गरी नागरिकता वितरण भईरहेको सिडियोको भनाई छ । ईलाका प्रशासन कार्यालय खोटाङ वजारमा नासु एक जनाको पद रिक्त रहेको छ । 


तश्विरमा: जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटमा नागरिकता लिन वसेका सेवाग्राही हाई काट्दै । तस्विर:: चिसाङ शेर्पा/साझा सवाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो